वीरगंज (पर्सा), १८ असोज । पर्साकाे कालिकामाई गाउँपालिकामा विकास विराेधिहरुकाे याेजना विफल भएकाे छ । कालिकामाई गाउँपालिकाकाे १० औं गाउँ सभा भदाै ३० गते सम्पन्न भएपनि गाउँ सभा नभएकाे आफवाह फैलाउनेहरुकाे याेजना विफल भएकाे हाे । गाउँपालिकाकाे विकास विराेधीहरुकाे याेजना विफल भएकाे र गाउँपालिकाकाे खाता संचालनमा आएकाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले वताए । गाउँपालिकाकाे खाता संचाल भएकाे शिक्षक, कर्मचारीकाे तलब पनि पठाइसकिएकाे अध्यक्ष गुप्ताले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार ३० गतेकाे गाउँ सभाकाे बैठक बस्नु अघि नै गाउँ सभाकाे विराेधमा रहेका र म्यानुट बुक च्यात्नेहरुले लिखित सहमती नै गरेका थिए । तर एक जना विकास विराेधी व्यक्तिका कारण पछि गाउँ सभामा बैठकमा म्यानुट बुक च्यात्नकाे साथै बैठक बहिस्कार गर्न समेत पुगेका थिए । पछि गाउँ सभा बहुमतले सम्पन्न भएपछि विकास विराेधीहरु मिडियामा गएर गाउँ सभा नभएकाे अफवाहा फैलाएका थिए ।
अध्यक्ष गुप्ताले भने ” गाउँ सभा नभएकाे भए नेपालीहरुकाे महान चाँड दशैंमा शिक्षक, कर्मचारीहरुले तलब कसरी खुवाउन सकिन्थियाे ? जनप्रतिनिधिकाे समेत तलब भत्ता कसरी खुवाउन सकिन्थ्याे र समाजिक सुरक्षा भत्ता कसरी वितरण गर्न सकिन्थयाे ? विकास निर्माणकाे काम कहिलेदेखि सुरु हुन्थ्याे ? के गाउँ सभा गर्नु गल्त हाे ? उनले प्रश्न समेत गरे ।
प्रतिक्रिया दिनुहोस् !