Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रधानमन्त्री, मुख्यमन्त्री सहित संवैधानिक निकायका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ : डा. राउत

जिम्मेवारी दिएर मात्र हुँदैन, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८१
प्रधानमन्त्री, मुख्यमन्त्री सहित संवैधानिक निकायका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ : डा. राउत

वीरगंज (पर्सा), १० असोज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिएका छन् । वीरगंजमा आयोजित जनमत पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले प्रदेश सरकारलाई दिइएको जिम्मेवारी पुरा गर्न अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिएका हुन् । मात्र जिम्मेवारी दिएर मात्र हुँदैन उनले भने ‘संघले प्रदेशलाई जिम्मेवारी दिएपनि अधिकार विहीन बनाएको हुँदा विकास निर्माणका कार्यहरु हुन सकेको छैन ।’

संविधान संशोधनको विषयमा बोल्दै अध्यक्ष राउतले वर्तमान सरकारले संबिधान संशोधनको नाममा साना दललाई सिध्याउने योजना बनाएको आरोप लगाए । बन्दुक तेर्साएर जारी गरिएको संविधानको विरुद्ध मधेशका जनताहरु अहिलेपनि कालो दिवस मनाउने गरेको उनको भनाई छ । संविधान संशोधनको एजेण्डा लिएर ठूला दलहरु सम्मिलत बनाइएको सरकार साना दलहरुलाई सिध्याउने योजना सहित संविधान संशोधन गर्न चाहेको राउतको भनाई छ । २०७२ सालको संविधानले मधेशलाई दुई खण्डमा विभाजन गरेकोले अन्य प्रदेशमा मधेशका जनताहरु मथि दमन भइरहेकोले २२ जिल्लाका मधेशलाई सिंगो प्रदेश नभएपनि दुई प्रदेशमा सिमांकन गर्ने गरि संविधान संशोधन गर्नुपर्ने बताए ।

यस्तै उनले मधेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र नभएको हुँदा प्रतिनिधिसभामा मधेशीहरुको उपस्थिति न्यून रहेको बताए । मधेशमा ५४ प्रतिशत जनसंख्या रहेपनि निर्वाचन क्षेत्र २० प्रतिशत मात्रै भएको हुँदा प्रतिनिधि सभामा मधेशीहरुको उपस्थिति न्यून रहेको भन्दै अध्यक्ष राउतले जनसंख्या र भाषाको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने माग गरे । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री भए राजनीतिक अस्थिरता अन्त्य हुनुका साथै मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री भए ५ वर्षसम्म पुरा कार्यकाल काम गर्न सक्ने भन्दै अध्यक्ष राउतले ठूला राजनीतिक दलहरुले आफू खुसी सरकार बनाउने र ढाल्ने परिपाटीको अन्त्य पनि हुने र राजनीति स्थिरता कायम हुने उनको भनाई छ । राजनीतिक स्थिरता कायम भए देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने भएको हुँदा कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको पद जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग गरे । यसको साथसाथै संवैधानिक निकायका प्रमुखहरु पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुनपर्ने जनमत पार्टीको माग गरेको बताए । संवैधानिक निकायका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुँदा कुनै दल वा नेताको प्रभावमा नपरि स्वतन्त्र रुपमा निष्पक्ष निणर्य गर्न सक्ने भएको हुँदा मुलुकमा मौलाएको भ्रष्टाचारको पनि अन्त्य हुने बताए ।

जनमत पार्टी पर्साका ईन्चार्ज माधव कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य करिमा बेगम, पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि