Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गौतम स्कुलको बद्मासी, शिक्षिकाको कुटाईबाट १२ वर्षीय बालकको देब्रे कानको जाली फुट्यो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ५, २०८१
गौतम स्कुलको दादागिरी, संचालक लामाले अभिभावक सन्दिपलाई दिए ज्यान मार्ने धम्की

वीरगंज (पर्सा), ५ असोज । वीरगंजको गौतम स्कुलमा अध्ययनरत एकजना बालकलाई शिक्षिकाले कुट्दा बालकको कानको जाली फुटेको घटना बाहिरिएको छ । गौतम स्कूलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालक आर्जन राउत कुर्मीलाई गत बुधबार शिक्षिका निधी गुप्ताले कुट्दा देब्रे कानको जाली फुटेको हो ।

कापीको पाना च्यातिएको निहुँमा कक्षाकोठामै शिक्षिका गुप्ताले आर्जनलाई कुटपिट गरेकी थिइन् । शिक्षिका गुप्ताले गालामा जोडले थप्पड हिर्काउँदा देब्रे कानको जाली फुटेर रगत बगेको बालक आर्जनका बुबा रामबाबु राउत कुर्मीले बताए । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा नयाँ टोल बस्ने रामबाबुका अनुसार बुधबार शिक्षकको कुटाइबाट घाइते भएका आर्जनले घरमा आएर घटनाबारे जानकारी गराउँदा कानबाट रगत बगि रहेकोले त्यही दिन नेशनल मेडिकल कलेजमा उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएका थिए ।

त्यस पश्चात थप उपचारका लागि वीरगंजकै चर्चित डाक्टर बिके झाको क्लिनिकमा चेकजाँच गराउँदा आर्जनको कानको जाली फुटेको बताएको रामबाबुले जानकारी दिए । मेडिकल कलेजका चिकित्सकले कानको जाली नै फुटेको भनेपछि स्कुलले नमानेपछि स्कुलकै शिक्षक कर्मचारीहरुको रोहबरमा डा. बिके झासँग चेकजाच गराइएको थियो । मेडिकल कलेजमा लागेको उपचार खर्च १ हजार ४ सय ३४ रुपैयाँ स्कुल व्यवस्थापनले नै तिरेको विद्यार्थीका बुवा रामबाबुको भनाई छ । तर फुटेको कानको जाली निको हुन कम्तिमा तीन चार महिना लाग्ने भएपछि अब लाग्ने उपचार खर्च स्कुलले व्यहोर्न आलटाल गरेको रामबाबुको भनाई छ ।

छोरा आर्जनलाई पिट्ने शिक्षिकालाई कारबाही हुनुपर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गर्दै बुबा रामबाबुले अभिभावक संघ पर्सामा निवेदन दिएको र आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा पनि उजुरी दिने रामबाबुको भनाई छ । स्कुल व्यवस्थापनले यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएको पनि रामबाबुको भनाई छ । तर छोरालाई यसरी कुट्ने शिक्षिकालाई कानुन अनुसार कारबाही सहित छोराको कान पूणर् रुपमा निको नभएसम्म त्यसमा लाग्ने सबै उपचार खर्च स्कुलले व्यहोर्ने गरि अभिभावक संघको रोहबरमा लिखित कागज गरिदिन बुवा रामबाबुको माग छ ।

यता अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले स्कुललाई शिक्षा ऐन र नेपालको कानुन अनुसार कारबाहीको लागि संघले पनि आइतबार वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिने बताए । स्कुलका संचालक सोनाम लामाले भने अभिभावकको सर्त मान्न स्कुल व्यवस्थापन तयार रहेको बताए । उनले भने,‘उपचारमा लाग्ने उपचारको व्यवस्थापन र त्यसमा लाग्ने खर्च स्कुलले व्यहोर्न तयार छ । यदि अभिभावकले लिखित रुपमै कागज गर्नुपर्छ भन्नुहुन्छ भने हामी त्यो पनि गर्न तयार छौं । तर यो अभिभावक र स्कूल बीचको आपसी कुरा भएकाले यसमा अभिभावक संघ वा अरू कुनै समूहको हस्तक्षेप हामीलाई स्वीकार्य हुँदैन ।’

उनले अभिभावकले चाहेमा घाइते बालक आर्जनलाई थप उपचारको आवश्यकता परेमा काठमाडौं लगेर पनि उपचार गराउन आफू तयार रहेको बताए । लामाले घटनामा संलग्न शिक्षिकाले नैतिक जिम्मेवारी लिएर आफै राजीनामा दिएर गइसकेको पनि बताए । साथै घटना भएको दिन स्कुलमै प्राथमिक उपचार दिने स्कुलमा कार्यरत महिला स्वास्थ्यकर्मीले पनि राजीनामा दिएको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि