Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बहुमत सांसदले जितेन्द्र सोनललाई संसदीय दलको नेता छानेपछि (लोसपा) मा विवाद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३०, २०८१
बहुमत सांसदले जितेन्द्र सोनललाई संसदीय दलको नेता छानेपछि (लोसपा) मा विवाद

कलैया (बारा), ३० भदौ । मधेश प्रदेशमा बहुमत सांसदले जितेन्द्र सोनललाई संसदीय दलको नेता छानेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चर्किएको छ । पार्टी विधान विपरीत दल नेता बनेको भन्दै अध्यक्ष महन्थ ठाकुरले सोनललाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभा संसदीय दलमा लोसपाका ९ सांसद छन् । संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि प्रदेशसभाले १८ वैशाख २०८१ मा शर्मालाई निलम्बन गरेको थियो ।

त्यसयता लोसपा संसदीय दल नेताविहीन छ । उपनेता उपेन्द्र महतो छन् । लामो समयसम्म दल नेता नहुँदा समस्या भएको भन्दै बहुमत (५) सांसदको बैठक १४ भदौमा बस्यो र, सोनललाई दलको नेता चुन्यो । जेष्ठ सदस्य जयनुल राइनको अध्यक्षमा बसेको बैठकमा रमेश पटेल, रामबाबु यादव, रमिता प्रधान र सोनल सहभागी थिए । उपनेता महतोसँगै रानी शर्मा तिवारी र रुपा यादव भने उपस्थित भएनन् ।

बैठकले सोनललाई दल नेता चयन गर्दै प्रदेशसभा सचिवालय र सभामुखलाई जानकारी गराउने निर्णय गर्‍यो । निर्णय गरेको १२ दिनपछि राइनले सभामुखलाई पत्र लेखेर संसदीय दलको नेता चयनबारे जानकारी गराए । सभामुख रामचन्द्र मण्डलले उपनेता महतोलाई सोधे, तर उनले दल नेता चयन विधान विपरीत भएकाले मान्यता नदिन आग्रह गरे । २७ भदौमा लिखित रुपमा पत्र नै बुझाए ।

महतोका अनुसार विधानमा दल नेता निलम्बनमा भएको अवस्थामा उपनेताको अध्यक्षतामा बैठक बस्ने व्यवस्था छ । दल नेता चयनका लागि प्रदेश समितिले निर्वाचन समिति बनाउने र २ वर्षसम्म दल नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने जस्ता प्रावधान संसदीय दलको विधानमा छ ।

संसदीय दलका नेता शर्मालाई दोषी ठहर गर्ने अदालतको फैसला विभेदकारी भएको दलको निष्कर्ष रहेकाले निलम्बन हुँदा पनि नहटाएको उनको दाबी छ । ‘निलम्बन भएकै कारण दल नेताबाट हटाउनु अन्याय हुन्छ’ लोसपा संसदीय दलका उपनेता महतोले अनलाइनखबरसँग भने, ‘तर जितेन्द्र सोनलजीले महत्वकांक्षा राखेर संसदीय दलको विधान विपरीत स्वघोषित दल नेता बन्नुभयो ।’

तर बहुमत सांसदले प्रदेशसभा सचिवालयलाई सोनललाई दलको नेता बनाउने आफूहरुको निर्णयलाई मान्यता दिन दबाव दिए । त्यसपछि उपनेता महतो लगायतले पार्टीको केन्द्रीय नेतृत्व गुहारे । केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आइतबार मधेश प्रदेशसभाका सभामुखलाई पत्र लेखेर अभिराम शर्मालाई नै दल नेतामा निरन्तरता दिन आग्रह गरेका छन् ।

साथै उनले सोनललाई स्पष्टीकरण सोधेका छन् । पार्टी अनुशासन परम्परा र विधान विपरीत आफूखुसी संसदीय दलका नेता घोषणा गरेको भन्दै पत्रमा भनिएको छ, ‘तपाईँमाथि अनुशासनको कारबाही किन नगर्ने भन्ने यो पत्र प्राप्त भएको ३ दिनभित्र सो को कारण खुलाई लिखित जवाफ मागिएको व्यहोरा जानकारी गराउँदछु ।’ चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने ठाकुरको चेतावनी छ ।

बहुमतबाट संसदीय दलको नेता बनेका सोनलले भने पार्टी अध्यक्ष ठाकुरसँग परामर्श गरेर नै निर्णय लिएको दाबी गरेका छन् । १० महिनादेखि संसदीय दल नेतृत्वविहीन भएपछि बहुमत सदस्यहरु बसेर निर्णय गरेको भन्दै उनले भने, ‘ठाकुरजीलाई पनि बताएका थियौं । उहाँले सकेसम्म मिलाएर जानुस्, नभए ठीकै छ भन्नुभएको थियो । अहिले स्पष्टीकरण किन सोध्नुभयो थाहा भएन ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि