Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०८१
पर्सा क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न

वीरगंज (पर्सा), २९ भदौ । पर्सा क्रिकेट संघको २०८०/०८१ को वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष पर्सा क्रिकेट संघका अध्यक्ष इन्जिनियर मनीष सिंह थिए भने प्रमुख अतिथिको रूपमा मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष श्री सुवास जायसवालले सहभागिता जनाएका थिए ।

कार्यक्रममा डाक्टर बासुदेव लाल कर्णले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य डाक्टर हिरालाल राउतले दिनुभएको थियो । कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो । पहिलो सत्रमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो, जसमा विभिन्न सदस्यहरूलाई सम्मानित गरिएको थियो। पर्सा क्रिकेट संघले इन्जिनियर मनीष सिंहलाई क्रिकेट संघ नेपाल (CAN) अन्तर्गत राष्ट्रिय क्रिकेट विकास समितिमा मनोनित गरिएबापत सम्मान गरियो ।

साथै, श्री मुर्तुजा हवारीलाई राष्ट्रिय छनोट समिति सदस्य र श्री दाउद अन्सारीलाई क्रिकेट संघ नेपालको क्रिकेट प्रतियोगिता समितिमा सदस्यका रूपमा चयन भएकोमा सम्मानित गरियो । यसैगरी, खेलाडी रञ्जित कुमारलाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक डेब्यु गरेबापत विशेष सम्मान प्रदान गरियो । सो क्रममा एक बर्षका दौरान सह्राणिय कार्य गरेवापत संघमा आवद्ध विभिन्न उपसमितीका संयोजक ज्यूहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका दौरान, पर्सा क्रिकेट संघका लामो समयदेखि प्रशिक्षक रहँदै आएका उमेश उपाध्यायले क्रिकेटको प्रवद्र्धन गर्नु आवश्यक रहेको र यस दिशामा क्रिकेट संघ नेपाल सही मार्गमा अघि बढिरहेको बताउनुभयो । प्रमुख अतिथि श्री सुवास जायसवालले पर्सा क्रिकेट संघले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै संघलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दोस्रो सत्रमा, डाक्टर बासुदेव लाल कर्णले प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने बाबुजान अन्सारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । यसरी प्रस्तुत प्रतिवेदनलाई उपस्थित सम्पूर्ण सदस्यज्यूहरुले सौहार्दपूर्ण वातवरणमा अनुमोदन गरि कार्यक्रम सफल बनाउनु भयो । कार्यक्रमको अन्त्यमा अध्यक्ष इन्जिनियर मनीष सिंहले समापन मन्तव्यका साथ आगामी योजना प्रस्तुत गर्नुभयो । सिंहले क्रिकेट विकासका विभिन्न चुनौतीहरूको चर्चा गर्दै पर्सा क्रिकेटलाई अर्को स्तरमा लैजान सबै सदस्यहरूको साथ र सहकार्यले मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले प्रदेशस्तरीय संवाद र खेलकुद मन्त्रीसँग समन्वय भइरहेको जानकारी दिँदै, खेलकुद सम्बन्धी विधेयक पारित भएकोमा मधेश प्रदेशका खेलकुद मन्त्रीलाई बधाई समेत दिनुभयो। उक्त विधेयकले प्रदेशको खेलकुदको भविष्यलाई उज्जवल बनाउने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी सबै सदस्यहरूले यस वर्षको वार्षिक साधारण सभालाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि