Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने नगर प्रमुख सिंहको दावी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८१
संघीय सरकारले बजेटमा वीरगंजसँग पुनः विभेद गर्यो : मेयर सिंह

वीरगंज (पर्सा), २१ भदौ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने दावी गरेका छन् । रेडियो बीरगंज तथा टिभी बीरगंजद्वारा आयोजित जनता जानेके चाहता कार्यक्रममा विशेष कुराकानी गर्दै मेयर सिंहले बीरगंजको शिक्षामा माफियातन्त्र हावी हुन खोजेको हुँदा बाहिरबाट आएर बीरगंजको शैक्षिक अवस्थालाई विगार्ने गिरोहलाई नछाडिने चेतावनी दिए ।

आफू कानुन विपरित काम नगर्ने र कानुन हातमा लिनेलाई कुनै हालतमा नछाडने प्रतिबद्ध व्यक्त गर्दै जनताको राजस्वबाट तलब खाने शिक्षकले पार्टीको राजनीति गरेर शैक्षिक क्षेत्रलाई धारासायी बनाउने अधिकार नभएको बताए । शैक्षिक क्षेत्रको सुधारको सुरुवात भएको बताउदै नगर मेयर सिंहले ४०/५० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी फेल हुने, १५/२० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी पास हुने अवस्था कसरी भयो यसको अन्त्य गरिने बताए ।

आफूले २७ महिना ९ दिन काम गरेको र यस अवधिमा बीरगंजको सरसफाई, सौन्दर्यकरण, हरियाली बीरगंज, शंकराचार्य गेटदेखि गण्डक सम्मको अवस्थामा आमूल परिवर्तन इको पार्कको निर्माण जस्ता धेरै काम गरेको दावी गरे । उनले वातावरण प्रयावरण जोगाउन महानगरपालिकाले काम गरिरहेको बताउदै प्रदुषित सिर्सिया नदीलाई स्वच्छ बनाउन फोहोर मिसाउने उद्योगलाई कडा कारवाही सहित जरिवाना गरिएपछि अहिले सिर्सिया नदीको अवस्थामा सुधार आएको दावी गरे ।

मेयर सिंहले बीरगंजको माटोलाई उर्वर बनाउने जिम्मा वीरगंजवासीकै भएको बताउदै आफूले गरेका राम्रा कामको पनि विपक्षिहरुले आलोचना गरेको र आलोचना र अवरोधबाट आफू कहिल्यै पछाडी नहटने पनि दाबी गरे । मेयर सिंहले बीरगंजको बजार क्षेत्र र ग्रामिण क्षेत्रलाई छुट्याएर समानुपातिक रुपमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य चौकी लगायत विकास निर्माणलाई अगाडी बढाएको दावी गर्दै आफूले बोलेको कुरा पुरा गर्ने र पुरानो बसपार्कको ठेक्का समेत खारेज गरि सकेको बताए ।

उनले हाल वीरगंज महानगरपालिकाले आन्तरिक रुपमा ८० करोड राजस्व उठाई रहेको बताउदै संघिय सरकारको विभेदको शिकार महानगरपालिका बनेकोमा आक्रोश व्यक्त गरे । बीरगंज महानगरपालिका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत बोर्ड सदस्यहरुमा कुनै विवाद नरहेको बताउदै आफूले चुनाव ताका गरेका प्रतिबद्धता र वाचालाई जुनसुकै हालतमा पनि पुरा गरेरै छाडने दावी पनि गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि