Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कागज किर्ते गरि नागरिकता हात पारेका गैरनागरिक निरन्जन अग्रवाल प्रहरी हिरासतमा !

पैसाको आडमा मुद्दा तामेलीमा राख्न लगाउँदै उम्किदै आएका अग्रवालको नालीबेली....

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०८१
कागज किर्ते गरि नागरिकता हात पारेका गैरनागरिक निरन्जन अग्रवाल प्रहरी हिरासतमा !

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २४ साउन । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित स्वीट मार्ट फुड इन्डिस्ट्रिजका संचालक निरन्जन अग्रवाल । ठाकुरराम बहुमुखी क्याम्पसको पश्चिम पट्टि सडक छेउमै च्वीङ्गम उद्योग संचालन गरेका उद्योगी अग्रवाल वर्षै पिच्छे नागरिकता काण्डमा मुछिदै आएका छन् । भारतीय नागरिक अग्रवाल २०६२/०६३ मा घुम्ती टोली मार्फत नागरिकता हात पारेका अग्रवाल पटक पटक फर्जी कागजातको आधारमा नागरिकता लिएको भनेर मुद्दामा मुछिदै आएका हुन् ।

अग्रवाल भारतीय नागरिक भएपछि नेपाली नागरिकता, सवारीचालक अनुमति पत्र समेत प्राप्त गरेका छन् । जसको कारण वर्षैपिच्छे उनले फर्जी नागरिकता लिएको भनेर उजुरी पर्ने गरेको र प्रहरी थुनामा परेर छुट्ने गरेका छन् । यो निरन्तरको काम भइसकेको छ । यहाँका केही व्यक्तिहरुले उनीमाथि मुद्दा दिने, प्रहरीले अनुसन्धानको लागि समात्ने र पुनः छाड्ने गरेको छ । यदि उनी फर्जी कागजातको आधारमा नागरिकता एवं सवारीचालक अनुमतिपत्र लिएका छन् भने पटक पटक कारवाहीबाट किन उन्मुक्ति पाउँदै आएका छन् ?
यदि ऐन नियम कानून टेकेर नागरिकता एवं सवारीचालक अनुमति पत्र लिएका छन् भने पटक पटक प्रहरीले किन पक्राउ गरि रहेका छन त ? यसबारे हाम्रो खोजबिन यसप्रकार छ ।

को हुन निरन्जन अग्रवाल ?
भारतको राजस्थान सरदार सहर (चुल) मा जन्मिएका व्यक्ति हुन् निरन्जन । बीरगंजका प्रतिष्ठित किराना व्यापारी स्व. अजय अग्रवालको आदर्श किरानामा काम गर्न राजस्थानबाट ल्याइएको मजदुर निरन्जनको मुल बसोबास भारतको राजस्थान रहेको राजस्थानको सरदार सहर उपखण्ड प्रशासनको (मजिस्ट्रेट) कार्यालयले मुल बसोवासको बिषयमा प्रमाणित गरेको छ ।

सन् २०१९ मे महिनाको ६ तारिखमा उनले छायाँकपी पनि लिएका छन् । त्यति मात्र होइन उनको ०५१ साउन ५ गते यातायात ब्यवस्था कार्यालय बीरगंजबाट लिएको सवारी चालक अनुमति पत्रको नागरिकता नम्बरको खण्डमा (इन्डियन) उल्लेख छ । उनले दिएको बिवरणको आधारमा (इन्डियन) लेखिएको कुरा तथ्यपूणर् नै छ ।

त्यतिमात्र कहा हो र, त्यही सवारी चालक अनुमति पत्रमा उनको भारतीय पासपोर्टको नम्बर ई. १४५६१५७ समेत लेखिएको छ । पासपोर्ट बाहक अग्रवालको यो बिवरण यातायात ब्यवस्था कार्यालयका कर्मचारीले बिना कागजात पक्कै भरेको होइन । वर्षौंदेखि नजरानाको भरमा जोगिँदै आएको विवादास्पद नागरिक निरञ्जन अग्रवाल पुनः तेस्रो पटक प्रहरी हिरासतमा पुगेका छन् ।

अब लागौ निरञ्जनको सवारी चालक प्रमाण पत्र र त्यसमा भेटिएको फरक फरक जन्ममिति …
अग्रवालले मिति ०५१ साल साउन ५ गते भारतीय पहिचान सहित यातायात ब्यवस्था कार्यालय नारायणीबाट (ए. समुहको) सवारी चालक अनुमति पत्र लिएका छन् । त्यसमा उनको जन्म मिति २०३२ साउन ३ गते जन्मेको भनेर मिति उल्लेख छ । नागरिकता नम्बरको ठाउँमा (इन्डियन) प्रष्ट लेखिएको छ । त्यसको साथसाथै राहदानी नम्बरको ठाउँमा (ई. १४५६१५७) प्रष्टसँग लेखिएको छ । जब उनी २०६३ साल फागुन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मको आधारमा नागरिकता हात पारेका छन् । उनले लिएको नेपाली नागरिकतामा आफ्नो जन्म मिति २०३६ फागुन १७ गते उल्लेख गरेका छन् ।

२०६२ साल चैत मसान्तमा अध्यावधिक गरिएको मतदाता नामावलीमा निरन्जनको जन्म मिति २०३२ असार १० गते उल्लेख छ भने २०७९ सालको निर्वाचनसम्म अध्यावधि गरिएको मतदाता नामावलीमा उनको जन्म मिति २०३६ फागुन १७ गते उल्लेख छ । माथि उल्लेख गरिएको कागजातहरुमा छुट्टा छुट्टै जन्म मितिहरु राखिएको छ, जुन कुनैपनि एक अर्कासँग मेल खादैन । अग्रवालले जति चलाखी गरेपनि यसपटक उनले गरेको फर्जी कामको पर्दाफास भएको छ ।

कागजातलाई आधार मान्ने हो भने, अग्रवाल नेपाली नभई भारतीय नागरिक रहेको पुष्टि हुन्छ । उनले पेश गरेको दोश्रो पटकको सवारी चालक अनुमति पत्रमा उल्लेख भएको जन्म मिति २०३६ फागुन १७ गतेदेखि सवारीचालक अनुमतिपत्र जारी मिति २०५१ साउन ५ गतेसम्म गणना गर्दा उनको उमेर जम्मा १४ वर्ष ४ महिना १८ दिन मात्र देखिन्छ । पहिलो र दोश्रो पटकको सवारी चालक अनुमति पत्रको जन्म मिति हेरेपछि अग्रवालले गरेको फर्जी कार्यको पुष्टि हुन्छ ।

दुई पटक मुद्दा तामेलीमा
जिल्ला प्रशासन कार्यालय पर्साले अग्रवालको नागरिकता सम्बन्धी दुई पटक मुद्दा तामेलीमा राख्न अनुमति दिएको छ । तत्कालीन वीरगंज उपमहानगरपालिका वडा नं. ३ छपकैया निवासी राजकिशोर सिंहको छोरा सन्तोष कुमार सिंहले २०७० जेठ २ गते अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको निवेदन उपर छानविन गरि जिल्ला प्रशासन कार्यालय पर्साले २०७० साउन ०३ गते तामेलीमा राख्ने निर्देशन दिएको थियो ।

यसैगरि सोही विषयमा जिल्ला पर्सा तत्कालीन वीरगंज उपमहानगरपालिका-६ कुम्हालटोल बस्ने वृजकिशोर पंडितले २०७१ जेठ ९ गते अग्रवालको नागरिकता छानविनको लागि दिइएको उजुरी निवेदन उपर छानविन गरि २०७१ कात्तिक २३ गते पुनः दोश्रो पटक तामेलीमा राख्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको देखिन्छ ।

तामेली के हो ?
तामेलीमा राखेको बिषयलाई महत्वका साथ उठाइएको छ । तामेलीको अर्थ अनुसन्धान गर्नै नपर्ने भन्ने लाग्दैन । कानून जानकारका अनुसार तामेलीमा राख्ने भनेको अनुसन्धान गरेको अनियमितताको फाइल पेन्डिङमा राख्ने हो । भविष्यमा उक्त फाइलमाथि फेरि कारबाही अघि बढाउन सकिन्छ । अनुसन्धान गर्ने कार्यालयमा अनुसन्धानका कुरालाई तामेलीमा राख्न सक्ने अधिकार हुन्छ तर त्यो न्यायीक निरुपणको अन्तिम कुरा भने होइन ।

किन पटक पटक उजुरी ……
झुठा विवरण पेश गरि तथ्य व्यवहोरा ढाँटी जिल्ला प्रशासन कार्यालयबाट २०६३ फागुन १३ गते जन्मको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गर्न सफल भएका अग्रवाल विरुद्ध दुईवटा सन्तोष कुमार सिंह र वृजकिशोर पंडितले दिएको छानविन सम्बन्धी उजुरीको मुद्दा तामेलीमा राखिएपछि पुनः तेश्रो पटक नरेश ठाकुर हजामले उजुरी दिएका छन् ।

सन्तोष कुमार सिंहले २०७० जेठ २ गते, वृजकिशोर पंडितले २०७१ जेठ ९ गते र नरेश ठाकुर हजामले २०७६ फागुन २६ गते एउटै विषयमा उजुरी दिएका हुन् । एउटै व्यक्तिको नागरिकता छानविन सम्बन्धी दुईवटा मुद्दा तामेलीमा राखिएको अवस्थामा तेश्रो पटक ५ वर्ष अगाडि २०७६ फागुन २६ गते वीरगंज महानगरपालिका वडा नं. २५ बस्ने नरेश ठाकुर हजामले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयले पुनः तेश्रो पटक अग्रवाललाई पक्राउ गरेको हो ।

मिसिल प्रमाण प्रतिलिपी कहा गयो त ?
जिल्ला प्रशासन कार्यालय पर्साले २०७१ कात्तिक २३ गते नागरिकता धारक अग्रवालले आफ्नो जन्मदर्ता, बसोबासको सिफारिस, निजको नाममा रहेको जग्गा जमिन, लालपुर्जा, निर्वाचन आयोगको मतदाता नामावली सहितका कागजातहरुमा बुवा, आमाको नाम समेत उल्लेख रहेकोले गैर नेपाली नागरिकको प्रमाण आधार नभएकोले दुई पटक तामेली आदेश दिएको छ ।

तर त्यही जिल्ला प्रशासन कार्यालय पर्साले २०७६ पुस १० गते नागरिकताधारक अग्रवालको नागरिकता नं. ना.प्र.नं. ३४१०२२/७९ को सक्कल मिसिल र प्रमाण प्रतिलिपी फाइल खोजतलास गर्दा फेला नपरेको पत्र पर्सा जिल्ला अदालतमा पठाएको छ । नक्कली नागरिकताधारी निरञ्जनको मिसिल र प्रमाण प्रतिलिपीको फाईल नै हराउनुले प्रशासन मथि नै थप शंका उत्पन्न गरेको छ । यसबारेमा गहन अनुसन्धान हुनु जरुरी छ ।

बर्षैपिच्छे उजुरी तर किन हुदैन फैसला
त्यसो त अनुसन्धान पश्चात संकलन गरेको मिसिल, प्रमाण प्रतिलिपीको आधारमा हेर्ने हो भने, अग्रवालको नागरिकता नक्कली हो भनेर प्रमाणित गर्छ । तैपनि करिव करिव बर्षैपिच्छे उनको नागरिकतालाई लिएर उजुरी दिने, पक्राउ पर्ने अनि छुट्ने गरेको घटनाले के प्रष्ट पार्छ भने, यो सबै मिलोमितोमा भएको खेल हो ।

एउटाले उजुरी गर्ने अर्कोले पक्राउ गर्ने र अन्तमा उनको मुद्धालाई तामेलीमा राखेर छाड्ने । यो घटनामा स्थानीय सञ्चारकर्मी लगायत प्रहरी प्रशासन समेतको मिलोमित्तो हुने गरेको देखिन्छ । होईन एउटै ब्यक्तिको मुद्दालाई बर्षैपिच्छे फरक फरक ब्यक्तिले उजुरी दिएर पक्राउ गराउनु पर्ने अनि मुद्दा चलाउने र छाड्नुलाई कसरी लिने त ? झन अहिले पछिल्लो समयमा आएर मिसिल, प्रमाण प्रतिलिपीहरुनै नभेट्नुले यो मुद्दा गैरनाकरिकलाई कारवाही गराउने भन्दा पनि त्यसको आडमा आफ्नो घर चलाउने धन्दा बनाएको प्रष्ट हुन्छ ।

दुई पटक प्रमुख जिल्ला अधिकारीको निर्देशनले तामेलीमा राख्ने निणर्यले माथि उल्लेख भएका तथ्यलाई बिस्थापित गर्ने आधार छैन । तर २०७६ फागुन २६ गते सरकारी न्यायधिवक्ताको कार्यालय मार्फत उनी बिरुद्ध उजुरी दर्ता भएको थियो । प्रहरीले त्यही उजुरीका आधारमा नयाँ शिराबाट अनुसन्धान शुरु गरेपछि रकमको भरमा जे पनि गर्न सकिन्छ भन्ने भाष्य परिर्वतन हुन्छ भन्ने विश्वास बढेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवाल विरुद्धको नागरिकता मुद्दामा आइतबार पुनः तीन दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि