वीरगंज (पर्सा), २१ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेजले उपचारको नाममा सर्वसाधारणसँग गर्ने गरेको खेलवाड विरुद्ध प्रहरी प्रशासन एक्सनमा आएपछि अहिले कलेले प्रहरी प्रशासनलाई फकाउन तर्फ अग्रसर भएको छ । कलेजका प्रबन्ध निर्देशक (एम.डी.) एमडी शहनवाज हुसेनले विभिन्न कार्यक्रम गरेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखलाई सम्मान गर्ने, प्रहरी कर्मचारीहरुसँग नजिकिने तथा प्रहरीका हाकिमहरुको चाप्लुसी गर्ने कामतर्फ केन्द्रित भएको देखिएको छ ।
नेशनल मेडिकल कलेजको ल्याबबाट गुणस्तरहीन केमिकल बरामद भएसँगै स्वामित्वको बारेमा दाजुभाई (डा. जैनुद्दिन अन्सारी एवं बसरुद्दीन अन्सारी) बीच विवाद चर्किएपछि कलेजले आफ्नो रणनीति परिवर्तन गरेको थियो । कलेजमा विवाद उत्पन्न हुँदा सहयोग पुग्ने हेतुले कलेजले प्रहरी प्रशासनसँग नजिकिन थालेको बताइएको छ । कलेज अध्यक्ष डा. जैनुद्दिन अन्सारीका छोरा एवं एम.डी. शहनवाज हुसेन म्याद नाघेको केमिकलसहित पक्राउ परेपछि अझ बढी प्रहरी प्रशासनसँग सम्बन्ध बढाउन थालिएको कलेजका कर्मचारीहरु बताउँछन् ।
उनका त्यसका पछिल्लो २ घटनाक्रमले त्यसको पुष्टि गर्छ । त्यो घटना हो, यसअघि सशस्त्र प्रहरी बल पर्सासँग कलेजले गरेको एक सहमति । साउन ८ गते कलेजका एम.डी. शहनवाजले बारा र पर्साका सशस्त्र प्रहरी प्रमुखसँग एक सम्झौता गरे । जुन सम्झौतामा उनले अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सशस्त्र प्रहरी र परिवारलाई भारी मात्रामा छुट दिने सम्झौता गरे । यो समझदारी पत्रमा सशस्त्र प्रहरी प्रमुख र कलेजले संयूक्त रुपमा हस्ताक्षर गर्यो । त्यसपछि अर्को घटना हो, सोमबार अर्थात् (आज) को । नेशनल मेडिकल कलेजले नेपाल प्रहरीसँग सम्बन्ध बनाउनको लागि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा नेशनल मेडिकल कलेजले बाल सुधार केन्द्रमा स्वास्थ्य परीक्षणको आयोजना गरेको छ, जहाँ १३५ जनाको चेकजाँच गरिएको थियो । यहाँ अनौठो लाग्दो विषय के हो भने अन्य कार्यक्रममा सहभागिता नजाउने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल प्रमुख अतिथि थिए भने नेपाल प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलको पनि उपस्थिति थियो ।
यि उदाहरणले कलेजले एकाएक प्रहरी प्रशासनसँगको नजिकि बढाई रहेको बुझिन्छ । प्रहरीसँग नजिकिएर गोरख धन्दा गर्ने नेशनल मेडिकल कलेजको योजना रहेको आशँका गर्न थालिएको छ । सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्ने कसैको अधिकार छैन ? तर नेशनल मेडिकल कलेज विगत लामो समयदेखि एम.बि.बि.एस. पढ्ने विद्यार्थीहरुलाई प्रयोगात्मकको रुपमा विरामीहरुलाई प्रयोग गर्ने गरेको कारण विभिन्न घटनाहरु हुने गरेको र पटक पटक विवादमा पर्दै आएको छ । राजनीतिक पहुँच र पैसाको आडमा पटक पटक उम्किँदै आएको मेडिकल कलेजका एम.डी.लाई अहिलेका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले हत्कडी लगाएपछि उनीसँग नजिकिन एम.डी.ले चाप्लुसी गर्न तल्लिन भएका छन् ।
प्रहरी उपरीक्षक ढुँगेल पर्सामा हाजिर हुने वित्तिकै एम.डी.लाई हत्कडी लगाएपछि गोरखधन्दा केही दिनको लागि बन्द भएको थियो तर प्रहरी प्रशासनसँग नजिकिएपछि नेशनल मेडिकल कलेजमा पुनः त्यही गोरखधन्दाले प्रयस पाउने हो कि ? भन्ने प्रश्न उब्जिएको छ । म्याद गुज्रिएको औषधी ल्याबाबट बरामद भएपछि प्रहरी उपरीक्षक ढुँगेलले एम.डी. हुसेनलाई हत्कडी लगाएर मेडिकल कलेजबाट लगेपछि व्यापक बद्नामी भएको थियो । तर पैसा र पावरको पहुँचमा विभिन्न अस्वस्थ्यताको नौटंकी गरि अस्पतालमै रमाए । त्यस पश्चात प्रहरी उपरीक्षक ढुँगेलको मेडिकल कलेजमा डर त्रास बढेपछि उनीसँग नजिकिनको लागि एम.डी.ले चतुर बुद्धि प्रयोग गरि विभिन्न कार्यक्रम गर्न थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस् !