Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्व मन्त्री रायको हत्यामा संलग्न दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १४, २०८१
पूर्व मन्त्री रायको हत्यामा संलग्न दुईजना पक्राउ

मलंगवा (सर्लाही), १४ साउन । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा पक्राउ परेका शंकास्पद दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार पत्रकार सम्मेलन गरेर राय हत्यामा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सर्लाही कबिलासी नगरपालिका–३ का २५ वर्षीय रामउजैन राय र चन्द्रनगर नगरपालिका–१ रतनपुर बस्ने ४६ वर्षीय बीरेन्द्र राय रहेका छन्। प्रहरीले पक्राउ गरेको रामउजैन पूर्वराज्यमन्त्री राज्यको घरमा काम गर्ने व्यक्ति हुन् ।

पूर्वमन्त्री रायको हत्या भएलगत्तै प्रहरीले रामउजैनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। घटना भएको राति रायको घरमा सुतेका उनले नै पूर्वमन्त्री रायको हत्याबारे आफन्तलाई जानकारी गराएका थिए । रामउजैन सुतेको तन्ना, गन्जी र हाफ पाइन्टमा रगतको दाग देखिएपछि उनी प्रहरीको शंकाको घेरमा परेका थिए।

‘अनुसन्धानका क्रममा घटनास्थलमा फेला परेको धारिलो हतियार फर्सा, रामउजैन सुतेको तन्नामा रगतजस्तो रातो पदार्थ लागेको, सेता गन्जी, हाफ पाइन्टसमेतको आधारमा घटनाको निष्कर्षसम्म पुग्यौं,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने । रामउजैनले बीरेन्द्र रायले भनेपछि पूर्वमन्त्री रायको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको श्रेष्ठले जानकारी दिएका छन् । जग्गासम्बन्धी मतभिन्नताका कारण वीरेन्द्रले पूर्वराज्यमन्त्री रायको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चन्द्रनगर–१ स्थित रायको पक्की घर भएको जग्गा आफ्नो रहेको र जग्गा ओगटेर घर बनाएको भन्दै रामउजैनलाई प्रयोग गरेर हत्या गर्न लगाएको प्रहरीले जनाएको छ। बीरेन्द्रले दुई लाख रूपैयाँ र व्यवसायका लागि एउटा फर्मसमेत बनाइदिने प्रलोभन दिइ रामउजैनबाट पूर्वराज्यमन्त्री रायको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए । बीरेन्द्रको उक्साहट र प्रलोभनमा परी आफू एक्लैले राय सुतेको मौकाछोपी हत्या गरेको रामउजैनले प्रहरीसमक्ष बयान दिएका छन् ।

८० वर्षीय पूर्वभूमिसुधार राज्यमन्त्री रायको चन्द्रनगरस्थित आफ्नो निवासमा राति सुतिरहेको बेला साउन ७ गते हत्या भएको थियो । प्रहरीले राति १ बजे राय मृत फेला परेको सूचना पाएको थियो। तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग भएको धारिलो घरेलु हतियार (फर्सा) बरामद गरी रायको घरमा काम गर्ने रामउजैनलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि