Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

त्रिशूलीमै बग्यो सर्लाहीका जितेन्द्र रामको सपना, परिवारलाई काजकिरिया गर्ने चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ८, २०८१
त्रिशूलीमै बग्यो सर्लाहीका जितेन्द्र रामको सपना, परिवारलाई काजकिरिया गर्ने चिन्ता

रामनगर (सर्लाही), ८ साउन । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८,नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्‍यो। नदीमा बससँगै धेरैको जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका-३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो ।

जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू घर आउँदै गरेको परिवारलाई जानकारी गराएका थिए । परिवारसँगको त्यही संवाद जितेन्द्रको अन्तिम संवाद बन्यो । करिब आठ वर्ष पहिला पनि उनी वैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । २८ वर्षका उनको श्रीमती दुई छोरी र एक छोरा छन् ।

आर्थिक संकटबाट गुज्रिरहेको जितेन्द्रको परिवारमा यस घटनाले ठूलो बज्रपात गराएको छ । पाँच धुर घडेरीमा बनेको फुसको घरमा उनका बुबा, ठूलोबुबा र आफ्नो समेत गरी १७ जनाको परिवारले मुस्किलले ओत लागेको छ । भतिजोले विदेशबाट कमाएर परिवार पाल्छु भनेको ठूलो बुबा सरपलाल महरा सम्झन्छन् ।

पीडित परिवार अझै उनीहरु फर्किने आशमा बसिरेका छन् । बेपत्तामध्ये बरहथवा नगरपालिका-३, माझी टोलाका १८ वर्षका रमित कुशवार माझी र जितेन्द्र रामको मात्र शव फेला परेको हो । रामनगर गाउँपालिका-३, का रामा दास र कविलासी नगरपालिका–८, का रवीन्द्र साहको अझै अत्तोपत्तो छैन । यतिका दिन भइसक्दासमेत फेला नपरेका उनीहरु जीवित फेला पर्ने परिवारले आश मारिसकेका छन् ।

बेपत्ता रामा दासको बुबा शुक्रबार मात्र मलेसियाबाट चितवन आएर छोराको लास भेटिने आशमा कुरिरहेका छन् । उनी १० वर्षदेखि मलेसियामा रोजगारीको सिलसिलामा थिए भने उनका दाजुसमेत वैदेशिक रोजगारीको लागि मलेसियामै छन् । गाउँघरमा ट्र्याक्टर जोत्ने लगाएको काम गर्ने रामा पनि पछिल्लो समय राम्रो कमाईको लागि भन्दै वैदेशिक रोजगारीको तयारीमा थिए ।

उनलाई मेनपावर कम्पनीले कागजात मिलाउन भन्दै काठमाडौँ बोलाएको आमाले बताइन् । घटनाको जानकारी पाए लगत्तैबाट मुर्छा परेकी उनले मलीन अनुहारमा छोराको लासमात्र भए पनि खोजी दिन आग्रह गरे । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएको परिवार जितेन्द्रको मृत्युपछि थप संकटमा परेको छ ।

बरहथवा नगरपालिका-३, रमित कुश्वार माझीको परिवारमा पनि आँखा ओभानो छैन । परिवारका जेठा छोरा गुमाउनु पर्दा असह्य पीडा भएको बुबा रवीन्द्र कुश्वार माझीले बताए । गाउँमा मेलापात गरेर बसिरहेका रमित गत तिहार पछिमात्र साथीको पछि लागेर काठमाडौँ गएका थिए । त्यसपछि पनि उनी धेरै पटक घर आउनेजाने गरेका थिए । त्यस दिन पनि गाउँमा आफन्त पर्नेको विवाहमा सरिक हुन भनेर रमित बस चढेका थिए ।

सुरुमा सर्लाहीका लागि टिकट काटेका कविलासी नगरपालिका-८, निवासी २४ वर्षका रवीन्द्र साहलाई पनि काउन्टरवालाले रौतहटको बसमा चढाई दिएका थिए। रवीन्द्रका परिवार अझै बेहोसमै बरबराइरहेका छन् । परिवारका केही सदस्यले चितवनको अस्पताल कुरेको हप्तादिन बढी भइसक्यो । यता सास वा लासको अत्तोपत्तो नहुँदा परिवारमा थप पीडा भएको छ ।

गत असार २८ गते झिसमिसेदेखि एकनासले सामाजिक सञ्जालमा पहिरोसँगै त्रिशूलीमा बस खसेको समाचार आइरह्यो । जितेन्द्रको परिवारको कानमा पनि उक्त घटनाको सूचना पर्‍यो । पहिले उनीहरु अन्योलमा परे । पछि सोधीखोजी गर्दा जितेन्द्र सवार बस पनि खसेको पुष्टि भयो ।

घरमा रुवावासी सुरु भयो । के गर्ने न कसो गर्ने अन्योलबीच जितेन्द्रका ठूलोबुबा सरपलाल महरा चितवन दुर्घटनास्थलतर्फ लागे । घटनाको दोस्रो दिन जितेन्द्रको शव त्रिशूलीमा फेला परेको खबर उनले पाए । लगत्तै उनीहरु लास राखेको भरतपुर अस्पताल पुगे । दुई दिनसम्म पानीले ढाडिएको लास चिन्न गाह्रो हुने अवस्था भइसकेको थियो ।

जितेन्द्रको हुलियासँग मिल्दोजुल्दो हुलियाको रौतहटकै एक युवकको समेत ‘रेकर्ड’ भएपछि प्रहरीलाई समेत शव चिन्न गाह्र्रो भयो । त्यसपछि उताको समेत परिवारलाई प्रहरीले अस्पताल झिकायो । त्यसबेला जितेन्द्रका ठूलोबुबाले आफ्नो भतिजो र रामा दासले २७ गते राति बनाएको अन्तिम टिकटक भिडियो प्रमाणका रुपमा पेस गरे ।

प्रहरीले समेत भिडियोमा भएको कपडा तथा जुत्ताबाट जितेन्द्रको शवको यकिन सनाखत गर्‍यो । प्रहरीले शव दिएपछि उनलाई अर्को आपत् आइलाग्यो । भतिजोको शव ल्याउन शववाहनले १७ हजार मागेपछि उनी छाँगोबाट खसेजस्तै भए । गोजीमा एक बोतल पानी किन्ने पैसा नभएका उनका लागि त्यति ठूलो रकम पहाड बनेर उभियो ।

शवसँगै बसेर रुँदै गुहार मागेको सरपलाल बताउँछन् । एक व्यक्तिले शववाहनलाई सर्लाहीसम्म आइपुग्नका लागि तेल हाल्न भनेर ८ हजार दिएपछि उनी रातारात भतिजोको शव लिएर सर्लाही पुगेका थिए । अब काजक्रिया कसरी गर्ने चिन्ताले परिवारलाई सताएको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि