Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिकामा निर्लज्ज भ्रष्टाचार, ‘विकास कागजमा, बजेट अध्यक्ष र अधिकृतको घरमा’

महालेखा परीक्षक बार्षिक प्रतिवेदनको अधिकाँश शिर्षकमा अनियमितता ठहर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १९, २०८०
छिपहरमाई गाउँपालिका अध्यक्ष र अधिकृतको बद्मासी, इन्धन र डिपिआरमा मात्रै एक करोड उडाए

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १९ असोज । पर्साको छिपहरमाई गाउँपालिका भ्रष्टाचारको अखडा बनेको छ । गाउँपालिका अध्यक्ष मनोज गुप्ता स्थानीय तहको प्रथम निर्वाचनमा विजयी भएदेखि ५ वर्षको कार्यकारमा खुलेयाम भ्रष्टाचार गरेका छन् भने दोश्रो पटक गाउँपालिका प्रमुखमा विजयी भएदेखि झनै गाउँपालिकामा लुटतन्त्र मच्चाएका छन् । उनको पहिलो तथा दोश्रो कार्यकालमा संचालित विकास निर्माण कार्यदेखि सबै शिर्षकमा भ्रष्टाचार भएको महालेखा परीक्षक प्रतिवेदनले पुष्टि गरेको छ ।

आ.व. २०७८/०७९ को महालेखा परीक्षकको बार्षिक प्रतिवेदनको शुरुवाती शिर्षकदेखि नै अन्तिम शिर्षकसम्मको अधिकाँशमा भ्रष्टाचार, अनियमितता, जथाभावी खर्च भएको ठहर गरेको हो । प्रतिवेदनको क्रमशः शिर्षकहरु बैंकिङ्ग हिसाब बिवरण, बजेट पेश पारित र अख्तियारी, योजनाको प्राथमिकीकरण, अबण्डा बजेट, गत विगतको भुक्तानी, योजना तथा बजेट कार्यान्वयन, आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रवाह, आर्थिक सहायता, वित्तिय विवरणको याथार्थता, दोहोरो सुबिधा, कर्मचारी अन्य सुविधा, लघु उद्यम विकास कार्यक्रम, मसलन्द खरिद, करार सेवा, डिपिआर, वडा कार्यालय संचालन खर्च, भ्रमण अभिलेख एवं प्रतिवेदन, विविध खर्च, इन्धन खर्च, सर्मत सम्भार खर्च, गैर सरकारी सँस्था मार्फत खरिद, सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम, दररेट फरक पारी भुक्तानी, ग्राइभेल कार्य, कोटेशन मार्फत टुक्रे खरिद, बोरिङ्ग चापाकल खरिद, कन्यादान, ठेक्का प्रतिस्पर्धा लगायतका अधिकाँश शिर्षकमा भ्रष्टाचार भएको पाइएको हो ।

आ.व. २०७८/०७९ मा गाउँपालिकाको बजेटमा अध्यक्ष मनोज गुप्ता र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह लुटतन्त्र नै मच्चाएका छन् । महालेखा परीक्षकको प्रतिवेदनलाई आधार मानि केही शिर्षकका उदाहारणहरु समेटिएको छ । ‘योजना तथा बजेट कार्यान्वयन’ शिर्षकमा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ मा पालिकाले मध्यकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था रहेकोमा पालिकाले सो बमोजिमको मध्यकालीन खर्चको संरचना तयार गरेको छैन । साथै दीगो विकासको लक्ष्यलाई स्थानीय तहमा आन्तरिकीकरण गर्न आवधिक योजना तयार गरी लागू समेत नगरेको उल्लेख गरिएको छ ।

यसैगरि आर्थिक वर्षको अन्त्यमा अत्याधिक पुँजीगत खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि कायमै रहेको देखिएको छ । पालिकाको कुल पुँजीगत खर्च १४ करोड ७४ लाख रुपैयाँ भएकोमा प्रथम चैमासिक (साउन, भदौ, असोज, कात्तिक) मा २ करोड ६९ लाख रुपैयाँ, दोश्रो चैमासिक (मंसिर, पुस, माघ, फागुन) मा ४ करोड ३३ लाख रुपैयाँ, तेस्रो चौमासिक (चैत, वैशाख, जेठ, असार) मा ७ करोड ७१ लाख र असार महिनामा मात्रै ३ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । वर्षातको खर्च उच्च रहेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ । यसैबाट अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको असारे विकास र त्यसमा भएको भ्रष्टाचारको पुष्टि गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार १० करोड रुपैयाँ भन्दा बढी रकमको वस्तु, निर्माण, परामर्श लगायत खरिद गर्दा खरिद गुरुयोजना तयार गर्नुपर्नेमा पालिकाले १६ करोड ७४ लाख रुपैयाँको खरिद गरेकोमा खरिद गुरुयोजना तयार नगरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ तथा पालिकाको विनियोजन ऐन, २०७८ को दफा २ अनुसार यस वर्ष थपघट समेत कार्यपालिकाको निणर्यबाट ५ करोड ३० लाख रुपैयाँ रकमान्तर गरेको छ । उक्त रकम वजेटको तुलनामा ९.६१ प्रतिशत हुन्छ । आर्थिक वर्षको अन्तमा रकमान्तर गर्ने परिपाटीमा सुधार हुन सकेको छैन । उल्लेखित अवस्थाका कारण पालिकाको वित्तीय व्यवस्थापन कुशल नभएको महालेखा परीक्षक प्रतिवेदनले पुष्टि गरेको छ ।

‘वित्तीय विवरणको यथार्थता’ शिर्षकमा पनि अध्यक्ष गुप्ता र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहले बद्मासी गरेको पाइएको छ । उनीहरुको मिलोमतोमा आ.व. २०७८/०७९ मा करिब ८ करोड खर्च रकमको लेखा सुत्रमा नराखेको लेखा परीक्षक प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाको आर्थिक कार्यप्रणालीको लेखाङ्कन गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोगमा रहेको छ । पालिकाले आर्थिक कारोवार लेखा गर्दा सुत्रको प्रयोग गरी सम्पूर्ण आर्थिक कारोवारको गर्नुपर्दछ भने सोही प्रणालीबाट स्थानीय तहको वित्तीय विवरण स्थानीय सरकारको कोषको प्राप्ति र भुक्तानीको एकीकृत वार्षिक प्रतिवेदन (म.ले.प.फा.नं २७२) तयार गर्नुपर्छ । तर पालिकाले सामाजिक सुरक्षा तथा संरक्षणको ७ करोड ९१ लख २३ हजार ३३० रुपैयाँ र एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको गरिबसँग विसेश्वर कार्यक्रमको ४ लाख ६४ हजार गरि ७ करोड ९५ लाख ८७ हजार ३३० रुपैयाँ सुत्रमा लेखा नराखेको पाइएको छ । जसले गर्दा सुत्र प्रणालीवाट तयार भएको वित्तीय विवरण समेत पूर्ण नहुँदा वित्तीय विवरणले पालिकाको यथार्थ आर्थिक अवस्थाको चित्रण हुन सकेको छैन ।

यसरी नै अध्यक्ष गुप्ता र अधिकृत साहले ‘करार सेवा’ शिर्षकमा पनि बद्मासी गरेका छन् । करार कर्मचारीको नाममा कर्मचारी आवश्यकता नै नभएको ठाउँमा कार्यकर्ता भर्ति गरि एक वर्षमा करिब २ करोड रुपैयाँ सिध्याएका छन् । अध्यक्ष गुप्ता र अधिकृत साहले भागवण्डामा पालिकामा विभिन्न १४ पदमा १ सय ३६ जना कर्मचारी करारमा नियुक्त गरी वर्षभरीमा १ करोड ९९ लाख ४५ हजार खर्च गरेका छन् । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर अध्यक्ष र अधिकृतले ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ भनेझै भ्रष्टाचारको ताण्डव नै मच्चाएका छन् ।

अर्कोतर्फ ‘मर्मत सम्भार खर्च’ मा पनि अध्यक्ष र अधिकृतले खुलेरै बद्मासी गरेका छन् । आफ्नो मनोमानी रुपमा मर्मत सम्भारको शिर्षकमा लाखौं रकम हिनामिना गरेका छन् । पालिकाको सवारी साधन मर्मत गर्दा त्यसको पुष्टि हुने अभिलेख समेत नराखी आफ्नो मनोमानी रुपमा मर्मत सम्भार खर्च शिर्षकमा करिब २८ लाख रुपैयाँ सिध्याएका छन् । यसमा पनि अध्यक्ष र अधिकृतले बद्मासी गरेको पुष्टि हुन्छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३६ ( ५ ) मा खर्चको पुष्टयाई सहित लेखा राख्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले यो वर्ष सवारी साधन मर्मत शिर्षकबाट १९ लाख ९८ हजार रुपैयाँ तथा मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन शीर्षकबाट ७ लाख ९८ हजार रुपैयाँ गरि २७ लाख ९६ हजार रुपैयाँ खर्च लेखेको छ । जबकी मर्मतबाट फिर्ता प्राप्त पार्टपूर्जा दाखिला गर्ने गरेको छैन । साथै मर्मत अभिलेख समेत नराखेको पाइएको छ ।

यि त उदाहारण मात्रै हुन्, खोकलो विकासको नारा धन्काउँदै हिँड्ने अध्यक्ष गुप्ता र अधिकृत साहले पालिकाको विकास भन्दा पनि आफ्नो विकास मज्जाले गरेका छन् । ‘पालिकाको विकास कागजमा, विकासे बजेट घरमा’ भनेर गाउँपालिकाका बुद्धिजीवी युवाहरु विरोध जनाउन थालेका छन् । दुई कार्यकालको अवधिमा अध्यक्ष गुप्ताले पालिकाको करोडौं बजेट लुटेका छन् नै त्यसलाई अझै दुधको साक्षी विरालो भएझै अधिकृत देवनाथ साहले सघाएका छन् । भ्रष्टाचारको मामिलामा चतुर मानिएका अधिकृत देवनाथ साह जुन पालिकामा गएपनि अध्यक्षसँग मिलेर बाँडीचुँडी खाउ भनेझै करोडौं लुट्ने गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि