Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दरबन्दी अनुसार कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १३, २०८०
दरबन्दी अनुसार कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

वीरगंज (पर्सा), १३ असोज । लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुन्नीलाल प्रसादले जानकारी दिए । प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भएपनि हाल दुई जना प्राविधिक जनशक्तिसहित चार जना कर्मचारी मात्र कार्यरत छन् ।

कार्यालयमा एक जना वरिष्ठ कृषि विकास अधिकृत, एक जना अर्थविज्ञ, एक जना बाली विकास अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना कृषि प्रसार अधिकृत र एक जना बागवानी विकास अधिकृतको दरबन्दी भएपनि हाल वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यालय प्रमुख मुन्नीलाल प्रसाद मात्र कार्यरत रहेका छन् । यस्तै प्राविधिक सहायक तीन, लेखापाल एक, खरिदार एक, कार्यालय सहयोगी तीन र हलुका सवारी चालक एकजनाको दरबन्दी रहेकोमा स्थायी एक जना र करारमा एक जना गरी दुई जना कार्यालय सहयोगी मात्र कार्यरत रहेको कार्यालय प्रमुख मुन्नीलाल प्रसादले बताए । एक जना हलुका सवारी चालकलाई करारमा राखिएको छ ।

कार्यालयमा तत्काल बाली संरक्षण, योजना, बागवानी विकास अधिकृतको पदपूर्ति आवश्यक भएको उनले बताए । ती पदको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न र आवश्यक कृषिसम्बन्धी परामर्श दिन समस्या भएको कार्यालय प्रमुखको भनाई छ । जिल्लाका कतिपय क्षेत्रमा धानबालीमा गवारो किराको प्रकोप देखिएपनि कर्मचारी अभावका कारणसम्बन्धी क्षेत्रमा पुगेर आवश्यक परामर्श सेवा पुर्‍याउन कठिनाइ भएको उनले बताए । यस्तै कार्यालयमा लेखापाल नहुँदा आर्थिक कारोबार गर्न समस्या भइरहेको र समय समयमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बोलाएर काम गर्ने गरेको उनको गुनासो छ ।

त्यस्तै बाली संरक्षण अधिकृत नहुँदा विषादी पसल खोल्न इजाजत दिने एवं त्यस्ता पसलको नवीकरण गर्ने काम अवरुद्ध भएको प्रमुखले बताए । सीमित जनशक्तिका बाबजुत कार्यालयको कामसँगै धानबालीमा देखिएको रोग किराको समस्या नियन्त्रण गर्न किसानको खेतखेतमा पुगिरहेको उनको भनाइ छ । कार्यालयमा देखिएको जनशक्ति अभावबारे प्रदेश मन्त्रालय तथा कृषि निर्देशनालयमा पटकपटक जानकारी गराएर कर्मचारी माग गरेपनि हालसम्म पदपूर्ति नभएको उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि