Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भागबण्डामा अवैध नियुक्ति गरिएका वीरगंज महानगरका साढे ४ सय कर्मचारीको जागिर चट्ट !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८०
वीमनपाद्वारा सञ्चार माध्यमको सुचिकृतका लागि म्याद थप

वीरगंज (पर्सा), २७ भदौ । वीरगंज महानगरपालिकाले गैर कानुनी रूपमा भर्ना गरेका करिब ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ । महानगरपालिकाको आवश्यकता र औचित्य भन्दा पनि मेयर, उपमेयर र प्रशासकीय अधिकृतको भागबन्डामा गरिएको अवैध नियुक्तिको छानबिन अख्तियार र सतर्कता केन्द्र दुवैले सुरु गरेकाले पनि यो कदम चालिएको बुझिएको छ। दुवै अनुसन्धान निकायका अधिकारहरूले महानगरपालिकामा पटक पटक छापा मारी विभिन्न ठेक्कापट्टा र कर्मचारी नियुक्तिका फाइलहरू लगेपछि सम्भावित कारबाहीबाट बच्न रातारात कर्मचारी खारेजीको सूचना जारी गरिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले मङ्गलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई बर्खास्त गरेका हुन् ।उनले जारी गरेको सूचनामा विभिन्न मिति र पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई आजैको मितिदेखि कामकाजमा नलगाउने गरी बर्खास्त गरिएको जनाइएको छ । स्थानीय निर्वाचन पछि फेरिएको मेयर राजेशमान सिंहको नयाँ नेतृत्वले आर्थिक भारको कारण देखाउँदै पूर्व मेयर विजय सरावगीले गरेका लगभग २ सय कर्मचारीहरूको नियुक्ति खारेज गरेको थियो । तर सङ्घीय र प्रादेशिक चुनाव अगावै रातारात महानगरपालिकाले लगभग तीन सय भन्दा बढी कर्मचारीहरूको नियुक्ति ६०/४० को भागबन्डामा मेयर र उपमेयरका मान्छेहरूको ठाडो नियुक्ति गरिएको थियो ।

महानगरपालिकाका बोर्ड सदस्यहरूले त्यसको व्यापक आलोचना गरेका थिए । जनता समाजवादी पार्टीबाट विद्रोह गर्दै मेयर राजेशमान सिंहका भतिजा रूपेशमान सिंह प्रादेशिक चुनावमा लडेकाले चुनाव जिताउन नगरप्रमुखले आफ्नो अख्तियारको दुरुपयोग गर्दै अवैध नियुक्ति देखि शिक्षकहरूको सरुवा लगायत विभिन्न अभियानहरू चलाएका आरोप कतिपय वडा अध्यक्षहरूको समेत रहेको छ । साथै गैर कानुनी रूपमा कर्मचारी भर्ना गरिएको कारण आन्तरिक राजश्वबाट वार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

आफन्त र कार्यकर्तालाई जागिर खुवाउने केन्द्र बनाउँदै गरिएको तजबिजी नियुक्तिको विरोध भएपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले नियुक्ति लुकाउने कर्मचारीहरूलाई विभिन्न वडाहरूमा डोर खटाएका थिए । आयोग र केन्द्रले वीरगंज महानगरपालिकासँग पटक पटक कर्मचारी भर्ना सन्दर्भमा जवाफ मागे पनि कर्मचारी भर्ना गर्नुपर्ने कारण खुलाउन नसकेको अख्तियार अनुसन्धान आयोग स्रोतले जनाएको छ । जथाभाबी कर्मचारी भर्ना गरेको भन्दै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई सतर्कता केन्द्रले कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने सुइँको पाएपछि एक हप्ताको काठमाडौँ भ्रमणका फर्किएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले मङ्गलवार अचानक दैनिक ज्यालादारी र डोर हाजिरमा काम गर्दै आएका कर्मचारीलाई सेवाबाट बर्खास्त गरेका हुन् ।

वीरगंज महानगरपालिकाको आन्तरिक आय घट्दो क्रममा रहेको छ। त्यसमाथि दरबन्दी नभएको ठाउँमा दैनिक ज्यालादारी र डोर हाजिर गराउने गरी कर्मचारी भर्ना गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको समेत आलोचना हुँदै आएको थियो । महानगरपालिकाको सूचनाबाट नगर प्रहरी, दमकल, सरसफाइ, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखा समेत विभिन्न पदमा कार्यरत करिब ४ सय ५० जना कर्मचारी सेवाबाट हटाइएको महानगर स्रोतले जनाएको छ । दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई मात्र मासिक १ करोड ५० लाख रुपैयाँ तलबमा खर्च हुने गरेको महानगरपालिकाले जनाएको छ ।

हटाइएको मितिबाट डोर हाजिर प्रमाणित गर्ने कर्मचारीले कुनै कर्मचारी राखेको खण्डमा त्यस्ता कर्मचारीको तलब सुविधा प्रमाणित गर्ने पदाधिकारीको निजी सम्पत्तिबाट तलब भत्ता बेहोर्न सूचनामा भनिएको छ । वीरगंज महानगरपालिकाले बेहोर्दै आएको अनावश्यक व्ययभार कम गर्न यस्तो निर्णय लिन परेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि