Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समुद्रमा डुबेको छ २ करोड टन सुन ! आखिर किन निकालिंदैन ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १८, २०८०
समुद्रमा डुबेको छ २ करोड टन सुन ! आखिर किन निकालिंदैन ?

एजेन्सी । पृथ्वीका समुद्रहरुको गहिराइमा केवल रहस्यमयी जीवजन्तु वा मुगा मात्रै छैनन्,त्यहाँ सुन पनि डुबेको छ । अमेरिकी सरकारी विभाग राष्ट्रिय सामुद्रिक सेवाका अनुसार समुद्रको पिँधमा थोरै होइन २ करोडभन्दा पनि बढी सुन त्यत्तिकै बसिरहेको छ । यसको मूल्य ८ सय ट्रिलियन डलरभन्दा धेरै पर्दछ । समुद्रमा रहेको सुन यतिधेरै छ कि यसबाट विश्वमा अमेरिका जस्ता कैयन् शक्तिशाली देश बनाउन सकिन्छ । वास्तवमा समुद्रको पानीमा करोडौं टन सुन र अन्य बहुमूल्य धातुहरू डुबेको अवस्थामा छ । त्यसका अलावा दुर्घटनाग्रस्त जहाजदेखि मानिसहरुले आस्थाका कारण फ्याँकेका सिक्का लगायतका वस्तुहरु समुद्रको पिँधमा जम्मा भैरहेका छन् ।

कुन जहाजमा कति सुन थियो ?
सन् १६४१ मा बेलायतको रोयल मर्चेन्ट नामक पानीजहाज खराब मौसमका कारण कर्नवाल नजिकैको समुद्रमा डुब्यो । सन् २०१९ मा सो जहाजको माथिल्लो हिस्सा त भेटियो तर सो जहाजको पिँधको हिस्सा कहिल्यै पनि फेला परेन । डुब्ने बेलामा उक्त जहाजमा एक लाख पाउण्ड सुन भएको बताइन्छ ।

त्यस्तै पोर्चुगलको कार्गो जहाज दी ला मेरले झण्डै एक दशकसम्म उपनिवेशका मुलुकहरुबाट सुन तथा अन्य बहुमूल्य वस्तुहरु बटुलेर पोर्चुगल पुर्‍याउने काम गरेको थियो । १६औं शताब्दीको सुरुवातमा प्रशान्त महासागरमा एक दुर्घटनाको सिकार हुँदै यो जहाज समुद्रको गहिराइमा विलिन भयो । एक अनुमान अनुसार सो पानी जहाजमा त्यसबेला कार्गोको रुपमा २ अर्ब डलर मूल्यको सुन राखिएको थियो ।

डुबेको सुनको मूल्य कति ? 

अमेरिकाको नेशनल ओसनिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसनका अनुसार समुद्रमा कति परिमाणमा सुन वा अन्य बहुमुल्य सामान खसेको छ भनेर यकिन भन्न गाह्रो छ । तथापि समुद्रमा डुबेका ठूला जहाजहरुको आधारमा यसको गणना गर्ने गरिन्छ । के भन्ने गरिन्छ भने समुद्रमा आजसम्म डुबेको सबै सुनलाई निकालेर यदि बेच्ने हो भने अमेरिकाको जत्रो अर्थतन्त्र भएका कैयन् देश खडा गर्न सकिन्छ ।

तर अनौठो कुरा त के भने समुद्रमा डुबेको सुन तथा अन्य बहुमूल्य वस्तुहरुमध्ये अधिकांश चाहिँ तत्कालीन शक्तिशाली मुलुकहरुले आफ्नो उपनिवेशमा रहेका मुलुकबाट लुटेका हुन् ।

आखिर किन निकालि्दैन समुद्रमा डुबेको सुन ?
यहाँनेर प्रश्न उठ्नु स्वभाविकै हो कि, जब यतिधेरै सुन समुद्रको पिँधमा यत्रतत्र पोखिएको छ र त्यो कुरा दुनियाँलाई थाहा पनि छ भने त्यसलाई किन निकालिंदैन त ? वास्तवमा समुद्रको पिँधबाट सुन निकाल्नुका विभिन्न व्यवहारिक कठिनाइहरु छन् । पहिलो कुरा त समुद्रको कुन भागमा कति सुन जम्मा भएको छ भन्ने यकिन रुपमा कसैलाई थाहा छैन । यदि त्यसरी सुन भएको ठाउँ पत्ता लागिहाल्यो भने पनि समुद्रको त्यतिधेरै गहिराइमा पुग्न सजिलो छैन ।अनि पुगिहालियो भने पनि एउटा ठूलो जटिलता अगाडि आउनेछ ।

सुन समुद्रको पिँधमा बाहिरै छ भन्ने पनि हुँदैन, ठूलो चट्टानले थिचिएको अवस्थामा पनि हुनसक्छ । साथै सयौं वर्षदेखि रहेको सो सुनमा मुगा पनि बनिसकेको हुनसक्छ । यस्तोमा त्यो सुनलाई निकाल्नका लागि उत्खनन् गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रियाका लागि कति समय लाग्दछ, त्यो थाहा छैन । त्यतिधेरै समयसम्म समुद्रमा हजारौं मिटरमुनि बस्न सम्भव हुँदैन । यदि मेसिनलाई उक्त काम सुम्पिने हो भने पनि अचानक आउने तूफान वा माछाले त्यसलाई बिगार्नेछन् ।

सुन पत्ता लगाउने उपकरण
समुद्रमा कुनकुन ठाउँमा सुन छ भन्ने कुरा पत्ता लगाउने कोसिस धेरैपटक भयो । समुद्रमा काम गर्ने विभिन्न संस्थाहरुले लगातार यस क्षेत्रमा काम गरिरहेका छन् । सबैभन्दा पहिले १९औं शताब्दीमा ब्रिटिस चर्चका पादरी तथा गणितिज्ञ फोर्ड जर्नेगनले एउटा उपकरण बनाए । गोल्ड एक्युमुलेटर नामको उक्त टूलका बारेमा उनको दाबी थियो कि पारो तथा बिजुलीको सहयोगमा हामीले समुद्रमा लुकेको सुन खोज्न र बाहिर निकाल्न समेत सक्दछौं ।

जर्गेननले एक कम्पनी पनि स्थापना गरे, जसको नाम थियो इलेक्ट्रोलाइड मरिन साल्ट्स । कम्पनीले जोडतोडसँग आफ्नो विज्ञापन पनि गर्‍यो । सो कम्पनीमा धेरै लगानीकर्ताहरुले पैसा खन्याए पनि । समुद्रमा सुनको कथित खोज तथा उत्खनन पनि चल्यो । तर लगानीकर्ताहरुको लगानी बालुवामा पानी भयो । समुद्रको पिंधमा सुन फेला पार्न सकिएन ।

पेटेन्ट समेत भैसकेको छ
सन् १९०० मा लण्डनस्थित एकजना लगानीकर्ता हेनरी क्ले ले समुद्रको पिँधबाट सुनको उत्खनन सम्बन्धमा प्रतिलिपि अधिकार दर्ता गरे । उक्त पेटेन्टको नाम मेथड अफ एक्स्ट्रेक्टिंग गोल्ड फ्रम सी वाटर राखिएकेा थियो । तर त्यो पेटेन्ट पनि बेकार सावित भयो । समुद्रको गहिराईमा जाने कोसिस त निरन्तर भैरहेकै छ तर सुन फेला पार्नमा भने ठूलो सफलता मिल्न सकेको छैन । विज्ञहरुका अनुसार समुद्रको पिँधबाट सुन निकाल्न जतिधेरै खर्च हुन्छ त्यो पैसाभन्दा कम मूल्यमान त बजारमै सुन किन्न सकिन्छ ।

समुद्रको पिँधबाट सुन निकाल्न सजिलो नहुनुको अर्को कारण पनि छ । पृथ्वीमा महासागर तथा समुद्रमा रहेको पानीको परिमाणको तुलनामा सुनको परिमाण नगन्य जस्तै हो । अर्थात् समुद्रको १० करोड टन पानीमा केवल १ ग्राममात्रै सुन छ । अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स नामक जर्नलमा यस्तो दाबी गरिएको हो । त्यसैले शक्तिशाली मुलुकहरुको प्रयासका बाबजुत पनि समुद्रबाट सुन निकाल्न सकिएको छैन । तथापि सुन खोज्ने कामचाहिं चलिनै रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि