• अनिल तिवारी
वीरगंज (पर्सा), २० फागुन / भारतको नयी दिली र बैगरुमा जी २०को बैठक सम्पन्न भएको छ ।बुध र बिहिबार सम्पन्न भएको बैठक भारतको अध्यक्षतामा सफलता पुर्वक सम्पन्न भएको हो । बैठकमा आमन्त्रित जी २० समुह देशका सदस्यहरू र बहुपक्षीय संगठन सहित ४० देशका प्रतिनिधिहरू भाग लिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २०को बैठक व्यक्त गरेको सम्बोधन भाषणले सपूर्ण वैश्वीक शक्तिहरुको ध्यान केन्द्रित गरेको छ ।बिदेश तथा अर्थ मन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको भेलाबाट पश्चिमी शक्तिहरू र युक्रेनलाई लिएर रुस–चीन गठबन्धन बीचको बढदै गएको तीव्र मतभेद कम हुने विश्वास व्यक्त गरिएको छ ।
परराष्ट्र मन्त्रीहरूले घट्दो आर्थिक वृद्धि, बढ्दो मुद्रास्फीति, वस्तु तथा सेवाको न्यून मांग र खाद्यान्न, इन्धन एवम मलको मूल्यवृद्धिसँगलाई कसरी न्यून गर्ने बिषयबारे विभिन्न उपायको धारणाहरु व्यक्त गरेका थिए । भारतको दक्षिणी सहर बेङ्गलुरुमा आयोजित बैठकमा भारतले रुस–युक्रेन युद्धबाट विश्व अर्थतन्त्रमा परेको असर न्यून गर्ने बिषय बारे समेत गहन छलफल भएको थियो ।
यसैबीच जी–२० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल स्वदेश फर्कनुभएको छ । नेपाल जी–२० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।







प्रतिक्रिया दिनुहोस् !