वीरगंज (पर्सा), ३१ असोज / प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को (२) का उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले सोमबार वीरगंज महानगरपालिकाको वडा नं. १६ इनार्वामा भेटघाट गरेका छन् ।
लौरौ चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका सर्राफले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको इनार्वामा मतदाताहरुसंग भेटघाट गर्दै आफुलाई मतादन गर्न आग्रह गरेका हुन् । उनले आफु सधै जनताको सेवा गरेको र जनताको सुख, दुःखमा साथमा रहेकोले आफ्नो चुनाव चिन्ह लौरोमा मतदान गर्न आग्रह गरेका हुन् ।
भेटघाटको क्रममा मतदाताहरुले आफुलाई मतदान गर्न एकदम उत्साहित देखिएको उम्मेदवार सर्राफले वताए । यस क्षेत्रमा यसअघिको निर्वाचनमा निर्वाचित मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारको अलावा केही नगरेको आरोप लगाउँदै सर्राफले आफु निर्वाचित भए भ्रष्टाचारहीको ठेगान लगाउने वताए ।
उम्मेदवार सर्राफले भेटघाटको क्रममा आफ्नो जिवन समाज सेवा र संघर्षमा समर्पण गरेकोले आफुसंग अरु उम्मेदवारको सरह आर्थिक खर्च गर्ने अवस्था नरहेको वताउँदै मुठिदान गरेर भएपनि चुनाव जिताउन आग्रह गरेका हुन् ।
यसअघि आइतबार पनि उम्मेदवार सर्राफले वीरगंज महानगरपालिकाको वडा नं. १५ भेडिहायीमा मतदाता भेटघाट गरेका थिए । त्यहाँ पनि भेटघाटको क्रममा आफुलाई मतदान गर्न मतदाता उत्साहित देखिएको उम्मेदवार सर्राफले वताए ।
भेटघाटमा इन्जिनियर गजेन्द्र दास, समाजसेवी जगदिश साह, युवा नेताहरू संजय पटेल, भागिरिथ साह, सत्युग साह, समाजिक अभियन्ता किसन कुमार, ओम साह, अभियन्ता चन्दन साह लगायतको पनि सहभागिता रहेको थियो ।







प्रतिक्रिया दिनुहोस् !