• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३ असोज / संविधान दिवसको अवसरमा पर्साका ६ जना विभिन्न मानपदवी अलङकार तथा पदवीबाट विभूषित भएका छन् । यसवर्ष दिवसको अवसरमा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट करिब हजार जना विभूषण घोषण गरिएको हो । जसमध्य पर्साका ६ जना रहेका छन् ।
प्रसिद्ध प्रबल जनसेवा श्री पदकबाट वीरगंजका स्वतन्त्र सेनानी स्व. मेघराज उपाध्याय सम्मानित भएका छन् भने सुप्रबल जनसेवा श्रीबाट व्यवसायी तथा समाजसेवी मुरलीधर रुंगटा सम्मानित भएका छन् ।
यसैगरी प्रबल जनसेवाश्री पदकबाट वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, उद्योगी व्यवसायीहरु अशोक कुमार वैद्य, दिपेन्द्र कल्वार तथा वीरगंज हेल्थ केयर अस्पतालका संचालक डा. अबुल हैस अन्सारी सम्मानित भएका छन् ।
यस्तै जनसेवाश्री पदकबाट नारायणी अस्पताल वीरगंजकी नर्सिङ अधिकृत हेमा थापा सम्मानित भएकी छन् ।







प्रतिक्रिया दिनुहोस् !