Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

टिकट पाए उम्मेदवार, नपाए अन्तर्घात

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०७९
टिकट पाए उम्मेदवार, नपाए अन्तर्घात

वीरगंज (पर्सा), २३ भदौ / पर्सामा संगठनात्मक रुपमा नेपाली कांग्रेस सबै दलभन्दा बलियो राजनीतिक दल हो । तर पनि निर्वाचनमा सँधै हार्छ । त्यसको मुख्य कारण अन्तरकलह नै हो । सुरुमा टिकटको दाबेदारी गर्ने र टिकट नपाएपछि अन्तर्घात गर्दै आफ्नै पार्टीको उम्मेदवारलाई हराउने पुरानै रोगले ग्रसित छ, नेका पर्सामा ।
पहिलो जनआन्दोलन पछि भएको २०४८ को चुनावमा पर्साको चारै क्षेत्रमा नेपाली कांग्रेस विजय भएको थियो । तर २०५२ सालमा भएको मध्यावधि प्रतिनिधि सभाको चुनावमा ‘रूख नहेरौँ, मुख हेरौँ,’ नारा लगाउदै नेका केन्द्रिय सदस्य आत्माराम ओझालाई हराइयो । उहाँको उम्मेदवारीको विरोधमा कांग्रेसी एक समुह खुलेरै लाग्यो र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजीव पराजुलीलाई विजय पनि गराए । त्यसपछिको सबै चुनावमा पार्टी भित्रको अन्तरघाती चुनावी रणनीतिको कारण नेपाली कांग्रेस पर्सामा एक दुई सिट हार्दै आएको छ । हरेक निर्वाचनमा टिकट पाए उम्मेदवार नपाए घात अन्तर्घातको नीतिले गर्दा नै २०७४ सालमा भएको संघीय र प्रदेशको चुनावमा नेका पर्साले ऐतिहासिक हार बेहोर्नु पर्यो ।
यस पटक पनि उम्मेदवारीलाई लिएर नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । मुख्य रुपमा प्रतिनिधिसभाको पर्सा क्षेत्र नम्बर २ को उम्मेदवारीलाई लिएर विवाद चुलिएको हो । संस्थापन पक्षका केन्द्रिय सदस्य अजय चौरसिया र इतर पक्षका सहिद पुत्र राजेन्द्र बहादुर अमात्यको दाबेदारीको कारण पार्टीमा विवाद बढेको हो । भदौ १६ गते क्षेत्र नम्बर २ का –पार्टीको दुबै (क र ख) प्रदेश समितिले संस्थापन पक्षका केन्द्रिय सदस्य अजय चौरसियालाई पाखा लगाउदै प्रतिनिधिसभाको उम्मेदवारको लागी इतर पक्षका राजेन्द्र बहादुर अमात्यको एकल नाम सिफारिस गरे थियो । परिणाम स्वरुप १७ गते बसेको क्षेत्रीय समितिको बैठकले इतर समुहका अमात्यको नामलाई पाखा लगाउदै केन्द्रिय सदस्य अजय चौरसियाको एकल नाम सिफारिस गरेको छ ।
यो उम्मेदवारीको सिफारिसलाई लिएर संस्थापन र इतर समुह बीच विवाद चुलिएको छ । अधिकार बाहिर गएर प्रदेश समितिका दुबै अध्यक्षले संघीय उम्मेदवारको बारेमा गरेको सिफारिसका कारण विवाद बढेको बताउनु हुन्छ जिल्ला सभापति जनार्दन सिंह क्षेत्री । सभापति सिंहले जिल्ला कार्यसमितिको बैठकमा सङ्गठनका सबै पदाधिकारीलाई केन्द्रिय सर्कुलरबाट स्पष्ट जानकारी गराइएको बताउनु भयो । उहाँले केन्द्रिय सर्कुलर अनुसार पार्टीका सबै अग्रज पदाधिकारीको सहभागितामा सके सहमति नभए सबैको नाम सिफारिस गर्ने आफूले सुझाव समेत दिएको बताउनुभयो । तर जानी, जानी बदमासी गरिएको बताउँदै सभापति सिहले भन्नुभयो, ‘दुबै प्रदेश अध्यक्षहरूको बदमासीले यो विवाद सिर्जना भएको हो, केन्द्रिय सदस्य, महाअधिवेसन प्रतिनिधि लगायतका पदाधिकारीलाई बैठकमा पनि नबोलाउने ,प्रदेश सभाको उम्मेदवारको मात्रै सिफारिस गर्ने अधिकार रहेको समितिले बाहिर गएर संघको उम्मेदवारको सिफारिस गर्ने मिल्दै, मिल्दैन । ’
इतर पक्षमा रहेका सहिद पुत्र राजेन्द्र बहादुर अमात्य २०७४ सालमा पनि क्षेत्र नम्बर २ बाट टिकट पाउन दावा पेश गर्नु भएको थियो । पार्टीले टिकट नदिएको कारण अमात्य र उहाँका समर्थकहरू पर्सामा पार्टीलाई हराउन अन्तर्घाती रणनीति अपनाउँदै उम्मेदवारको विरोधमा खुलेरै लागेको आरोप लाग्दै आएको छ । आफू पहिला संविधानसभामा निर्वाचित भएकोले क्षेत्र नम्बर २ मा आफ्नो दाबी रहेको नेता राजेन्द्रबहादुर अमात्यको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘संगठनमा जसको जहाँ पकड छ, त्यस अनुसार सिफारिस भएको हो, कुनै विवाद छैन । ’ पार्टीले टिकट दिए चुनाव लड्ने, नदिए घरमा बस्ने अमात्यले बताउनुभयो ।
संविधानको घोषणा पछि २०७४ सालमा भएको स्थानीय चुनाव देखि प्रदेश र संघीय सबै चुनावमा नेपाली कांग्रेस पर्साले ऐतिहासिक हार बेहोर्नु पर्यो । जसको मुख्य कारण अन्तर्घात नै भएको जिल्ला देखि केन्द्रसम्म नेता समेत जानकार छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि