Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्राविधिक शिक्षा आजको आवश्यक्ता : अध्यक्ष यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०७९
प्राविधिक शिक्षा आजको आवश्यक्ता : अध्यक्ष यादव

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २२ भदौ / जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको बताए । मधेश विश्व विद्यालय स्थापना उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले अहिलेको वैज्ञानिक युगमा प्राविधिक शिक्षाको बढि माग रहेकोले सामान्य शिक्षा भन्दा पनि आजको शिक्षाको आवश्यक्तालाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए ।
यस विश्व विद्यालयबाट उत्पादन भएको विद्यार्थीहरु कहिँ पनि भौतारिनुपर्ने अवस्था नरहोस् भन्ने खालको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाई थियो । विकसित मुलुकहरुमा काम गर्न जाँदा डिग्री भन्दा पनि कुन काम सक्ने क्षमता बढि अर्थ राख्ने गरेकोले यहाँका शिक्षालाई पनि डिग्री भन्दा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने विश्वविद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताए ।
यस मुलुकमा सरकारले संचालन गरेको सरकारी स्कुल, कलेजहरुको हालत के छ ? समय अनुसार परिवर्तन हुन सक्यो कि सकेन ? भन्ने अनुगमन गर्ने हो भने यहाँको स्कुलहरुमा अहिले आधारभुत शिक्षाहरु ध्वस्त भइसकेका छन्, सरकारी विद्यालयह बर्बाद भइसकेका छन्, यहाँबाट उत्पादित बालबालिकाहरुसँग डिग्री ठूलो तर काम गर्न सक्ने केही छैन भन्दै यादवले हाम्रो मुलुकमा सबैभन्दा कमजोर शिक्षा क्षेत्र नै रहेकोले यो मुलुकको भविष्य के हुने हो भन्ने सहजै अनुमान लगाउन सकिने बताए ।
कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले धेरै चुनौतिकाबीच वीरगंजमा मधेश विश्वविद्यालयको स्थापना भएको बताए । मधेश विश्वविद्यालय स्थापना हुनु आफैमा चुनौति थियो, यहाँ विश्व विद्यालय हुनुपर्छ भनेर हामी देशका ठूलठूला राष्ट्रिय नेताहरुको चौकठमा गएर गुहारेका छौं, तर कसैले सुनेन, मधेश आन्दोलनको अगुवाई गर्ने उपेन्द्र यादवले यसको पहल गरे, जसको परिणाम अहिले वीरगंजले विश्व विद्यालय पाएको बताए ।
भोलिका दिनमा यसलाई कसरी संचालनमा ल्याउने, हामीसँग आफ्नो जग्गा छैन, यस्ता धेरै चुनौतिहरु छन्, तर मधेश सरकारले एउटा असर व्यक्तिलाई जिम्मेवारी दिएको छ, मलाई विश्वास छ, उहाँको देनले यो सबै समस्याको समाधान हुने बताए । वीरगंजमा बनेका नारायणी रंगशाला, नारायणी अस्प्ताल, ठाकुरराम बहुमुखी क्याम्पस लगायत विभिन्न संस्थाहरु यहाँको जनताको सहयोगले बनेको छ, र मधेश विश्वविद्यालय पनि यहाँको जनताको सहयोगले नै स्थापित हुने विश्वास व्यक्त गरे ।
गुठी सँस्थानको जग्गा धेरै छ, तर त्यहाँ माफियाहरुको रजगज छ, वनको पनि धेरै जग्गा छ तर त्यो पनि माफियाहरुको चँगुलमा छ, हामी विश्व विद्यालय स्थापनाको लागि जग्गाको व्यवस्थामा छौं, उपकुलपतिको योगदान र यहाँको नागरिकहरुको सहयोगले पक्कै यो विश्वविद्यालय स्थापित हुने बताए । यहाँ ठेक्का नपाएपछि मुद्दा दिने ठेकेदारहरुको प्रचलन नै बढेको छ, आफूलाई ठेक्का नपाएपछि मुद्दा हालिदिने जस्ता कामले गर्दा विकास निर्माणका कामहरु ठप्प भएका छन् तर यहाँ उपस्थिति विद्वान व्यक्तित्वहरुको सहकार्यमा अगाडि बढ्यो भने पक्कै मधेश विश्व विद्यालय अन्य विश्व विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।
नेपाल भन्दा ६० हजारको करिबमा विद्यार्थीहरु अध्ययनको लागि विदेश गइरहेका छन्, हामीहरु तिनीहरुलाई राम्ररी गुणस्तरीय शिक्षा दिन सके यो विद्यार्थीहरुलाई रोक्न सकिन्छ यसतर्फ प्रदेश सकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताए । यहाँ हामी मेडिकल कलेजको स्थापना गर्न सकि रहेका छैनौं, मेडिकल शिक्षा अध्ययनको लागि यहाँका विद्यार्थीहरु बाहिर जाने गरेकोले यहाँ त्यस्ता गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
यसरी नै कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश विश्वविद्यालयका कुलपति लालबाबु राउत गद्दीले वीरगंज विश्व विद्यालयको स्थापना २५ वर्षको सपना पुरा भएको बताए । उनले २०५४ सालदेखि नै वीरगंजमा विश्वविद्यालयको स्थापना हुनुपर्छ भनेर विभिन्न पक्षबाट संघर्ष हुँदै आएकोमा राजनीतिक पहुँच पुग्न नसकेको स्थापना हुन नसकेको भन्दै हाल आएर २५ वर्षको संघर्षको सपना पुरा भएको बताए ।
वीरगंज विश्व विद्यालय स्थापनाको लागि तत्कालीन अवस्थामा हरिखेतान बहुमुखी क्याम्पसका प्रधानाध्यापक डा. भगवान यादव लगायत विभिन्न राजनीतिक दलका स्तरबाट प्रयास नगरिएको होइन, तर त्यो कुरा सुनिएन, त्यसको वास्ता गरिएन् भन्दै यहाँको जनताको चाहना छ, शिक्षाको अवस्थाको सुधार होस्, सायद त्यसैले पर्साका तत्कालीन गाविस देखि उद्योगी व्यवसायीहरुले सहयोग गरेका थिए तर त्यो जस्ताको त्यस्तै रह्यो, त्यत्रो ठूलो संघर्षपछि हाल आएर त्यो सपना पुरा भएको बताए ।
उनले यो प्रदेश प्राविधिक शिक्षाको हब बन्नुपर्छ, यहाँका लाखौं युवाहरु सीप विना नै विदेशिने क्रम पनि बढ्दो छ । यहाँ हामी विभिन्न किसिमका प्राविधिक शिक्षा दिन सक्यौ भने यहाँको शिक्षाको अवस्थामा सुधार आउने थियो भन्दै आजको वैज्ञानिक युगको माग अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको रुपमा स्थापित हुने बताए ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वाञ्चल युनिभरसिटिका पूर्व उपकुलपति डा. रामअवतार यादव, पश्चिमाञ्चल युनिभरसिटिका पूर्व उपकुलपति उपेन्द्र कोइराला, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले आआफ्नो शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मधेश विश्व विद्यालयमा उपकुलपतिमा नव नियुक्ति प्राध्यापक डा. दिपक शाक्यलाई मुख्यमन्त्री लालबाबु राउत गद्दीले नियुक्ति पत्र समेत प्रदान गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि