Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जल्दै गरेको बालिकाको शव प्रहरीको नियन्त्रणमा, घटनामा संलग्न तीनजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १६, २०७९
जल्दै गरेको बालिकाको शव प्रहरीको नियन्त्रणमा, घटनामा संलग्न तीनजना पक्राउ

वीरगन्ज (पर्सा), १६ असार / पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित ढोङ्गी खोलाको मसानघाटबाट जल्दै गरेकाे एक बालिकाकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे छ । विषादी सेवनका कारण वालिकाको मृत्यु भएको घटनाको सूचना प्रहरीलाई नदिई बुधबार राति १० बजे गोप्य रुपमा अन्त्यष्टी गर्न लागिएकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे हाे । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको संयुक्त प्रहरी टोलीले ढोङ्गी खोलाको मसानघाटमा पुग्दा जल्दै गरेको शव बेवारिसे छोडी मलामी गएका व्यक्तिहरु भागी फरार भएको तथा प्रहरी टोलीले जल्दै गरेको शव नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
बाँसको प्रयोग गरी चिताबाट निकाली जल्न बाँकी रहेको शवको जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले वताए । मसानघाट स्थित ढोङ्गी खोला पुलमा रोकी राखेको अवस्थामा शव लैजान प्रयोग गरिएका ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. का मो.सा. थान-२ समेत बरामद गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । घटना सम्बन्धमा छानविन गर्न एक १८ बर्षिय बालिका सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । मृतककी परिवारकी एक बालिकासहित बहुदरमाई नगरपालिका ७ निवासी ४० बर्षिय आशा देवी र साेही ठाउँ निवासी ५० बर्षिय उर्मिला देवीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मृतक वालिका प्रेम सम्बन्ध रहेकोमा असन्तुष्ट भएका परिवारका सदस्यहरुले मृतक बालिकाले ३/४ दिन पहिला आफ्नो प्रेमीलाई आफ्नै घर नजिक बोलाई लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा मृतककी आमाले देखी घरपरिवारको सदस्यहरू मिली मृतकलाई निर्घात कुटपिट गरेका थिए । साथै मृतक बालिकालाई घरबाट बाहिर आउन-जानमा कडाई गरेकोमा मृतकले आफ्नै पसलमा विक्री गर्न राखिएको बिषादी ल्याएर सेवन गरेको जानकारी पाइसक्दा समेत उपचार गर्न नलगी कोठामा थुनी राखेका कारण मृत्यु भएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।
मृतकका परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई दुईटा मोटरसाइकलमा लोड गरी उक्त शवलाई ढोङ्गी खोलाको किनारमा रहेको मसानघाटमा लगी जलाएको खुल्न आएको हुँदा निजहरू विरुद्ध ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले वताए । साथै उक्त घटनामा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा निजहरूलाई तदारुक्ताका साथ खोजतलास भइरहेको समेत जानकारी गराए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि