Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मधेस प्रदेशसभाका सदस्यको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०७९
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मधेस प्रदेशसभाका सदस्यको माग

जनकपुर, १९ जेठ / मधेस प्रदेशका प्रदेशसभा सदस्यले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउन माग गर्नुभएको छ । आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उहाँहरूले निजगढ विमानस्थलको विषय मधेस प्रदेशको आर्थिक समृद्धि र जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिएकाले निर्माण काम अघि बढाउन माग गरेका हुन् ।
“प्रस्तावित निजगढ विमानस्थल मधेस प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ”, प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भन्नुभयो, ‘‘निजगढ विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक समृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ ।”
प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले व्यापक अध्ययनबाट पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा उपयुक्त हुने निष्कर्षका साथ निर्माण गर्ने योजना तयार भएको उल्लेख गर्दै निजगढ विमानस्थलको काम अघि बढाउन माग गर्नुभयो । “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका क्रममा पर्यावरणीय संरक्षणको कुरा पनि उठ्यो”, मन्त्री महतोले भन्नुभयो, “तर विमानस्थल निर्माण गर्दा धेरै रुख काटिन्छ, पर्यावरणमा असर पर्छ भन्ने कुरालाई जसरी भयावह बनाइएको छ वास्तविक रूपमा त्यस्तो छैन ।”
नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मन्त्री महतोले भन्नुभयो, “विनाश नगरी विकास हुँदैन, नभत्काई नयाँ बन्छ ? त्यसैले विकास गर्न केही विनाश गर्नुपर्छ ।” मधेस प्रदेशको लाइफलाइनका रूपमा रहेको निजगढ विमानस्थल निर्माणका लागि थोरै जङ्गलै फडानी गरेर भए पनि काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेशको आर्थिक समृद्धि, रोजगारी र पहिचानसँग प्रत्यक्ष जोडिएको निजगढ विमानस्थल निर्माणका लागि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य दिलीप साहले निजगढ विमानस्थल मधेस प्रदेशको मेरुदण्डका रूपमा रहेकाले यसलाई जसरी पनि अघि बढाउनुपर्ने माग गर्नुभयो । उहाँले निजगढ विमानस्थल निर्माण भएपछि मधेस प्रदेशको विकास र समृद्धिको यात्राले गति लिने विश्वास व्यक्त गर्नुभयो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि