Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज नाका हुँदै भारततर्फ हुने मानव बेचबिखन कार्य रोकिएन

५ महिनाको अवधिमा ७७ जना महिला तथा बालबालिकाको उद्धार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०७९
वीरगन्ज नाका हुँदै भारततर्फ हुने मानव बेचबिखन कार्य रोकिएन

वीरगन्ज (पर्सा), १९ जेठ / वीरगन्ज स्थित नेपाल–भारत सीमाबाट ५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । माइती नेपालले यस वर्षको सन् २०२२ को जनवरी देखि मे महिनाको अन्त्य सम्ममा ७७ महिला तथा बालबालिकाको उद्धार गरेको हो ।
जोखिम पूर्णरुपमा भारत जान लागेको अवस्थामा सीमामा खटिएका माइती नेपालका सीमा पहरेदारहरुले उनीहरुलाई उद्धार गरेका हुन् ।माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार, पछिल्लो ५ महिनाको अवधिमा उद्धार गरिएका ७७ जना मध्ये १८ वर्ष सम्मका २७ र १९ वर्ष माथिको उमेरका ५० जना छन् ।
पछिल्लो ५ महिनाको अवधिमा माइती नेपालले नेपाल र भारत प्रहरीको समन्वयमा भारतको रक्सौलबाट ५, सिक्टाबाट १, मुम्बईबाट १२ र मोतिहारीको बालिका गृहमा रहेका ८ महिला तथा बालबालिकालाई उद्धार गरी नेपाल फर्काएको छ । तीमध्ये मोतिहारीको बालिका गृहबाट ल्याइएका चेलीहरु त्यहाँको विभिन्न आर्केष्ट्रामा नृत्य गर्ने पेसामा संलग्न थिए ।
यस अवधिमा प्रहरीलगायत विभिन्न संस्थाबाट २२ जना समस्यामा परेका महिला तथा बालबालिकालाई गृहको संरक्षणमा ल्याइएको छ । ती मध्ये १८ वर्ष मुनिका ९ र १८ वर्ष माथिका १३ जना थिए । गृहले यस अवधिमा १६ वर्षीया नाबालिकाको हकमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता गराएको छ । उक्त मुद्दामा आरोपी पुरुष पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन् ।
त्यसैगरी, गृहले यस अवधिमा जबरजस्ती करणीका २ मुद्दा दर्ता गराएको छ । ३५ वर्षीय पुरुष र ४२ वर्षीया महिलाउपर मुद्दा दर्ता गराइएको पौडेलले बताइन् । यसबाहेक २ जना पुरुषउपर गृहले अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गराएको छ । १४ वर्षीया बालिकाउपर उनीहरुले यो अपराध गरेको र तीमध्ये १ फरार रहेको पौडेल बताउँछिन् । यस अवधिमा गृहमा घरेलु हिंसासम्बन्धी पीडित १६ जनाको निवेदन परेकोमा उनीहरुलाई आवश्यक सहयोग पु¥याइएको छ ।
त्यसैगरी, हराइरहेका २८ जनाको खोजतलासका लागि गृहमा निवेदन परेकोमा तीमध्ये २० जना फेला परेको पौडेलले बताइन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि