Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२१ वर्षीय उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०७९
२१ वर्षीय उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित

वीरगन्ज (पर्सा), ४ जेठ / पर्साको कालिकामाई गाउँपालिकामा पर्सा जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छो उम्मेदवार २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहनुभएका गुप्ता आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मत अन्तरले पराजित गरी निर्वाचित हुनुभएको हो ।
यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार सहानी खातुनलाई १११ मत अन्तरले पराजित गरी नेपाली कांग्रेसकी राजमतीदेवी बरैनी निर्वाचित हुनुभएको छ । पाँचवटा वडा रहेको उक्त गाउँपालिका तीन वटा वडाध्यक्ष जनता समाजवादी पार्टी (जसपा), एउटामा नेकपा एमाले र एउटामा कांग्रेसले जितेको छ ।

ठोरीको अध्यक्ष र उपाध्यक्षमा एमालेका श्रेष्ठ र रेग्मी निर्वाचित
पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा एमालेकै गोकुलीकुमारी रेग्मी निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार पदमलाल (पिएल) श्रेष्ठलाई ७२० मतान्तरले पराजित गर्दै लालबहादुर विजयी बन्नुभयो । लालबहादुरले चार हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले तीन हजार ३२९ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामाङलाई एक हजार २१६ मतले पराजित गर्दै एमालेकी रेग्मी निर्वाचित बन्नुभयो । रेग्मीले चार हजार २५९ मत पाउँदा तामाङले तीन हजार ४३ मत प्राप्त गर्नुभयो ।

पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसका चौधरी विजयी
पर्साको पटेर्वासुगौली गाउँपालिकामा नेपाली कांग्रेसका दिनेशकुमार चौधरी थारू निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरिनारायण चौधरीलाई एक हजार २०० मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । दिनेशले पाँच हजार १४४ मत प्राप्त गर्नुभयो भने हरिनारायणले तीन हजार ९४४ मत गर्नुभयो । दिनेश गत स्थानीय तहको निर्वाचनमा ८२ मतले हरिनारायणसँग पराजित हुनुभएको थियो । यसैबीच उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता महतो दोहोरिनुभएको छ । महतोले चार हजार ४४४ मत पाउनुभयो भने नेकपा एमालेकी मन्तुरा देवीलाई ४३१ मत मात्र प्राप्त भयो ।

पर्सागढी नगरपालिकाको नगरप्रमुखमा र उपप्रमुखमा एमाले उम्मेदवार विजयी
पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार गोकर्ण पाठक निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार लोकनारायण यादवलाई दुई हजार ८९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठक निर्वाचित हुनुभएको हो । पाठकले छ हजार ६२४ मत गर्नुभयो भने यादवलाई तीन हजार ७३३ मत प्राप्त भयो । यसैगरी नगर उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार पूजा चौधरी निर्वाचित हुनुभयो । पूजाले सात हजार ६१६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले तीन हजार ४३० मत प्राप्त गर्नुभयो ।

धोवनी गापाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेका विजयी
जिल्लाको धोवनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार महन चौहान र उपाध्यक्ष पदमामा नेपाली कांग्रेसकी उम्मेदवार मन्दुदेवी विजयी बन्नुभयो । सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार चौहानले नेपाली कांग्रेसका उम्मेदवार वशिष्टनारायणलाई २० मतको अन्तरले र कांग्रेसकी मन्जुले जसपाकी प्रियङ्कादेवी यादवलाई ५६६ मत अन्तरको फराकिलो अन्तरले विजयी बन्नुभयो । चौहानले तीन हजार ९१ मत र वशिष्टनारायणले तीन हजार ७१ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा मञ्जु देवीले तीन हजार १४३ मत र प्रियङ्का देवीले दुई हजार ५७७ मत मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिनुभयो ।

जिराभवानी गापामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी
पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजय बन्नुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेसका अनोज चौधरी अध्यक्षमा र उपाध्यक्षमा रेखा चौधरी विजयी बन्नुभयो । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रामप्रीत महतोलाई एक हजार २६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी अध्यक्ष पदमा निर्वाचित हुनुभयो । चौधरीले चार हजार ५६० मत पाउनुभयो भने महतोले तीन हजार २९९ मत पाउनुभयो ।
यसैगरी उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसकी चौधरीले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेवी थरूनीलाई एक हजार ७४५ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि