Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तीनवटा पालिका बाहेक पर्साका अन्य पालिकाहरुमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३०, २०७९
तीनवटा पालिका बाहेक पर्साका अन्य पालिकाहरुमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न

• हरिशंकर शर्मा
वीरगन्ज, ३० वैशाख / स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदान पर्सा जिल्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । पर्साको १४ वटा स्थानीय तहमध्ये छिपहरमाई गाउँपालिका पोखरीया नगरपालिका तथा बहुदरमाई नगरपालिका बाहेक अन्य पालिकामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको हो । वीरगन्ज महानगरपालिकाको ३२ वटा वडामध्ये ३ नम्बर वडाको मालपोत कार्यालय स्थित मतदान केन्द्रमा सामान्य विवाद भएको थियो भने जिराभवानी गाउँपालिका, पोखरीया नगरपालिकामा पनि विवाद भएको थियो ।
वीरगन्ज महानगरपालिकामा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र तोकिएकोमा वीरगन्ज महानगरपालिका वडा नं. ३ मालपोत कार्यालयमा रहेको मतदान केन्द्रमा सामान्य विवाद भएको थियो । जसपाबाट महिला सदस्यका उम्मेदवार बरकतुन नेसाले मतदातासँगै गएर मत खसाल्न लगाएको भन्दै नेपाली काँग्रेसका सदस्य उम्मेदवार तनवीर अन्सारीले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो । विवादलाई तत्कालै त्यहाँ खटेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले साम्य पारेको थियो ।


शुक्रबार भएको मतदानमा वीरगन्ज महानगरपालिकामा करिब ७० प्रतिशत मात्रै मत खसेको छ । वीरगन्ज महानगरपालिकामा कुल १ लाख २४ हजार ६ सय ४७ जना मतदातामध्ये ९४ हजार ३ सय २४ जनाले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनका लागि बनाइएको थियो । महानगरको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरगन्ज – १४ पिपरा स्थित नृसिंह माविको भवनलाई मतगणनास्थल तोकेको छ । मतगणना गरिने कोठाहरुमा ८ फिट अग्लो तार जाली सहितको बार लगाइएको छ ।
यस्तै निर्वाचन आयोगको निर्देशन अनुसार मतगणना हुने र मतपेटिका भण्डार गर्ने सबै कोठाहरुमा गरि कुल ८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । ३२ वटा वडा रहेको महानगरको मतगणनाका लागि निर्वाचन कार्यालयका तर्फबाट प्रत्येक कोठामा ६÷६ जना गरि जम्मा २४ जना गणक खटाइने बताइएको छ । पर्सा जिल्लामा १ लाख ९१ हजार ५ सय ३७ जना पुरुष तथा १ लाख ४८ हजार २ सय ८३ महिला तथा अन्य १६ जना गरि जम्मा ३ लाख ३९ हजार ८ सय ३६ जना मतदाताहरु रहेका छन् ।

छिपहरमाई गाउँपालिका स्थित मतदान केन्द्रमा विवाद
छिपहरमाई गाउँपालिका वडा नं. १ महादेव माध्यमिक विद्यालय मिर्जापुर मतदान केन्द्रमा नेकपा एमाले तथा जसपाका कार्यकर्ताबीच झडप भएपछि विवाद उत्पन्न भएको थियो । नेकपा एमालेका सचिव समेत रहेको निवर्तमान मेयर तथा गाउँपालिकाका मेयरका उम्मेदवार मनोज गुप्ताले मतदान केन्द्रको अनुगमन गर्न जाने क्रममा जसपाका कार्यकर्ताहरुले विवाद गरेपछि दुबै पक्षबीच झडप भएको थियो ।
झडपलाई नियन्त्रण गर्नका लागि प्रहरीले ६ राउण्ड आश्रु ग्याँस समेत प्रहार गरेको थियो । विवाद भई झडप भएपनि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएर निर्वाचन सम्पन्न गराएको थियो । विवादको क्रममा उनीहरुले निर्वाचन रद्द गर्नुपर्ने माग समेत गरेका थिए ।

वर्षाले ठोरी गाउँपालिमा केहीबेर मतदान प्रभावित
मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएअनुसार पूर्व तयारी नगरेले वर्षाको कारण ठोरीमा केहीबेर मतदान प्रभावित बनेको थियो । मतदान स्थलको उचित व्यवस्थापन नगरेको कारण वर्षा हुन थालेपछि केहीबेर मतदान रोकिएको थियो भने वर्षा बन्द भएपछि पुनः मतदान सुचारु भएको थियो ।

मतदान अधिकृतले धाँधली गरेको भन्दै पोखरीयामा पनि विवाद
मतदान केन्द्रमा मतदान अधिकृतले नै धाँधली गरेको भन्दै पोखरीया नगरपालिका वडा नम्बर १ बनकटवा विवाद भएको छ । बनकटवा स्थित राधाकृष्ण प्रा.वि. मतदान केन्द्रको मतपेटिकामा मतदान अधिकृतले रेजा लगाएको भन्दा बढि संख्यामा मतपत्र खसेको भेटिएपछि विवाद भएको हो ।
मतदान अधिकृत चन्देश्वर चौहानले कुल ५ सय ८८ वटा मतपत्रमा रेजा लगाएको तर मतपेटिकामा भने ६ सय २ वटा मतपत्र खसेको भेटिएपछि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका थिए । मतदान अधिकृतले रेजा लगाएको संख्या भन्दा १४ वटा बढि मतपत्र, मतपेटिकामा खसेको भेटिएपछि त्यहा शुक्रबार भएको मतदान रद्द गरि पुनः अर्को निर्वाचन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

मतदान केन्द्रमा सञ्चारकर्मीलाई रोक
पर्सा जिल्ला स्थित मतदान केन्द्रहरुमा सञ्चारकर्मीहरुलाई तस्विर तथा भिडियो लिनमा रोक लगाइएको थियो । अधिकाँश मतदान केन्द्रमा खटेका सुरक्षाकर्मीहरुले सञ्चारकर्मीहरुलाई टाँढै तथा बाहिरबाट नै तस्विर लिन लगाएका थिए । सञ्चारकर्मीहरुलाई तस्विर तथा भिडियो खिच्नमा प्रहरीले रोक लगाएपनि विभिन्न सामाजिक सञ्जालमा मतदाताहरुको फोटो तथा भिडियो सार्वजनिक भएपछि पर्सेली सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल मार्फत विरोध समेत जनाएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि