वीरगन्ज, २७ बैशाख / वीरगञ्ज महानगबाट स्वतन्त्र उप मेयरको उम्मेदवार रम्भा मिश्रलाई जिताउन बौद्धिक वर्ग देखी किसान सम्मको समर्थन बढदै गएको छ । वीरगञ्ज वडा नं १६ स्थित प्रगतीशील महिला कृषक समुहको आयोजनामा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
समुह कि अध्यक्ष गीता वर्माको अध्यक्षतामा सम्मपन उक्त कार्यक्रमको सम्बोन गर्दै रम्भा मिश्रले महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरु आफै अगाडी आउन अनुरोध गर्नु भयो । त्यसको लागी स्थानिय तहको निर्वाचनमा स्थानिय तहमा महिला उम्मेदवारलाई भारी बहुमतले जिताउन आग्रह गर्नु भयो । कार्यक्रममा उपश्थित समुहका महिला तथा स्थानिय महिलाहरुको समुहले यसपाली उप मेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउन प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी प्रचार प्रसारको लागी बाईलट पेपरको नमुना सहीत ५० जना महिलाहरुलाई प्रशिक्षगराई महानगरको विभिन्न वडाहरुमा पररचालित गराईएको छ ।







प्रतिक्रिया दिनुहोस् !