Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१८ करोड खर्चिएर बनाइएको मणिमण्डप सञ्चालनविहीनः विवाहस्थल बनाउने योजना अलपत्र !

जनकपुरधाम उपमहानगरपालिका–१३, रानी बजारमा रहेको मणिमण्डपलाई धार्मिक पर्यटनसँगै विवाह तथा अन्य कार्यक्रमको केन्द्र बनाउने लक्ष्यसहित विभिन्न संरचना निर्माण गरिएको हो । तर, निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनको जिम्मेवारी कसले लिने र व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो लागेको छैन । यही अन्योलका कारण संरचनाहरू प्रयोगमा आउन सकेका छैनन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०८३
१८ करोड खर्चिएर बनाइएको मणिमण्डप सञ्चालनविहीनः विवाहस्थल बनाउने योजना अलपत्र !

जनकपुरधाम (धनुषा), ९ मंसिर । त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको धार्मिक मान्यता बोकेको जनकपुरधामस्थित मणिमण्डपमा करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बनाइएका भवन तथा पूर्वाधार सञ्चालनको योजना नबन्दा अहिले मणिमण्डप घुम्न आउनेहरूका लागि फोटो खिच्ने र केही समय बिताउने स्थलमा सीमित भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३, रानी बजारमा रहेको मणिमण्डपलाई धार्मिक पर्यटनसँगै विवाह तथा अन्य कार्यक्रमको केन्द्र बनाउने लक्ष्यसहित विभिन्न संरचना निर्माण गरिएको हो । तर, निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनको जिम्मेवारी कसले लिने र व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो लागेको छैन । यही अन्योलका कारण संरचनाहरू प्रयोगमा आउन सकेका छैनन् ।

विशेषगरी मणिमण्डपलाई विवाहस्थलका रूपमा विकास गर्ने उद्देश्यले जानकी मन्दिरको स्वरूप झल्किने गरी जन्ती र बेहुली पक्षका लागि छुट्टाछुट्टै भवन तथा बीचमा विवाहमण्डप बनाइएको छ । धार्मिक महत्व बोकेको यस स्थानमा विवाह गर्न चाहनेहरूका लागि आवश्यक पूर्वाधार तयार भए पनि व्यवस्थापनको अभावमा सर्वसाधारणले त्यसको उपयोग गर्न पाएका छैनन् ।

चार बिघा १६ धुर क्षेत्रफलमा फैलिएको मणिमण्डप परिसरमा दुईतले जनक दरबार, धर्मशाला, प्यालेस, स्वयंवर मण्डप, मन्दिर र पसललगायतका संरचना छन् । जनक दरबारलाई मुगल शैलीका कलात्मक बुट्टाले सजाइएको छ । सीतापुष्पवाटिका (मणिमण्डप) नाममा सञ्चालित आयोजनाअन्तर्गत सुविधासम्पन्न प्यालेस भवन, दुई धर्मशाला र दुई पवेलियन निर्माण गरिएका छन् । प्यालेस भवनमा ७० जना क्षमताको सभाकक्ष, १६ वटा आवासीय कोठा, भोजन कक्ष, भान्सा, संग्रहालय, कार्यालय, टिकट काउन्टर र दुई भण्डार कोठा छन् ।

त्यस्तै, दुई धर्मशालामा गरी १३ वटा आवासीय कोठा, भोजन कक्ष र भान्साको व्यवस्था गरिएको छ। परिसरमा विवाहमण्डप र १० कोठे पसलसमेत निर्माण गरिएको छ । यी सबै संरचना बनाउन हालसम्म १८ करोड ५३ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको छ । ७ साउन २०८२ मा तत्कालीन सहरी विकास तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले मणिमण्डपको उद्घाटन गरेका थिए । तर, उद्घाटनपछि पनि सञ्चालनको कार्ययोजना नबन्दा करोडौँको लगानीबाट बनेका संरचना उपयोगविहीन छन् ।

स्थानीय व्यवसायीहरूका अनुसार मणिमण्डपलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके आम्दानी र रोजगारीको राम्रो सम्भावना छ । विवाहका लागि जनकपुरधाम आउने कतिपयले होटलमा कार्यक्रम आयोजना गर्नुपर्ने बाध्यता छ । मणिमण्डप सञ्चालनमा आए उनीहरूलाई सहज हुने र स्थानीय व्यवसायले समेत लाभ लिन सक्ने उनीहरूको भनाइ छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह मणिमण्डपलाई विवाहस्थलका रूपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउँछन् । उनका अनुसार धार्मिक आस्थाका कारण पनि धेरै मानिस यसै स्थानमा विवाह गर्न चाहन्छन् । “जुन ठाउँमा सीतारामको विवाह भएको धार्मिक मान्यता छ, त्यही ठाउँमा सर्वसाधारणले विवाह गर्न चाहन्छन् । त्यसका लागि आवश्यक संरचना पनि निर्माण भइसकेका छन् । सञ्चालनमा ल्याउन सके रोजगारी सिर्जना हुनुका साथै सर्वसाधारणलाई पनि सहज हुन्छ,” साह भन्छन् ।

उनले राज्यको ठूलो लगानीबाट बनेका संरचनालाई लामो समयसम्म निष्क्रिय राख्न नहुने बताए । उनका अनुसार मणिमण्डपलाई तत्काल सञ्चालनमा ल्याएर धार्मिक तथा पर्यटकीय गतिविधिसँग जोड्न आवश्यक छ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह पनि मणिमण्डपको धार्मिक र पर्यटकीय महत्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने बताउँछन् । यसको पहिचानलाई देश तथा विदेशसम्म पुर्‍याउन सके पर्यटकको आगमन बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

यता, मणिमण्डप संरक्षण समितिले परिसरको सरसफाइ र संरक्षणका काम गर्दै आएको छ । स्थानीय किशन साहका अनुसार स्थानीयवासीको पहलमा समिति गठन गरिएको हो । समितिले नियमित सरसफाइ गरे पनि निर्माण गरिएका भवन र अन्य संरचना सञ्चालनका लागि ठोस व्यवस्थापन हुन सकेको छैन । यसका लागि पहल भइरहेको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले मणिमण्डप सञ्चालनका लागि स्थानीय तह आवश्यक समन्वय गर्न तयार रहेको बताएका छन् । तर, सञ्चालनको जिम्मेवारी र व्यवस्थापनको स्वरूपबारे सम्बन्धित निकायबीच सहमति हुन सकेको छैन ।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख विनोद सिंहका अनुसार संरचना सञ्चालन गर्ने विषयमा विभागसँग राय मागिएको छ । मणिमण्डपको जग्गा छुट गुठीअन्तर्गत रहेकाले स्थानीय तहलाई हस्तान्तरण गर्ने विषयमा कानुनी तथा व्यवस्थापकीय जटिलता आउन सक्ने उनले बताए ।

“गुठी, भवन विभाग र स्थानीय निकायबीच कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। केही महिनाभित्रै सञ्चालनको विधि र खाका तय गर्ने विषयमा काम भइरहेको छ,” सिंह भन्छन् ।

धार्मिक आस्था र ऐतिहासिक पहिचान
धार्मिक मान्यताअनुसार त्रेता युगमा भगवान् राम र सीताको विवाह यही स्थानमा भएको थियो । विवाहका बेला मणि तथा विभिन्न रत्नबाट मण्डप निर्माण गरिएको विश्वासका आधारमा यस ठाउँको नाम मणिमण्डप रहन गएको मानिन्छ ।

यस क्षेत्रको महत्व धार्मिक आस्थामा मात्र सीमित छैन । करिब एक दशकअघि पुरातत्व विभागले गरेको उत्खननका क्रममा यहाँ प्राचीन बस्तीका अवशेष फेला परेका थिए । उत्खननबाट माटाका भाँडा, पुराना चुल्हो, खरानीलगायतका सामग्री प्राप्त भएका थिए । यसले मणिमण्डप क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वसमेत उजागर गरेको छ ।

परिसरमा रहेका दुई पोखरीलाई पनि रामसीताको विवाहसँग सम्बन्धित धार्मिक गतिविधिसँग जोडेर हेर्ने गरिन्छ। केही वर्षअघिसम्म विभिन्न हिन्दुवादी संगठनको आयोजनामा यहाँ सामूहिक विवाह कार्यक्रमसमेत हुँदै आएका थिए ।

विवाहमण्डप, वेदी र अन्य धार्मिक संरचना रहेको मणिमण्डपमा वर्षभरि श्रद्धालु तथा पर्यटक पुग्ने गरेका छन् । विशेषगरी मंसिरमा आयोजना हुने विवाहपञ्चमीका बेला यहाँ भक्तजनको चहलपहल बढ्ने गर्छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको मणिमण्डपमा करोडौँ रुपैयाँ खर्चेर आवश्यक संरचना निर्माण भइसकेका छन् । तर, सञ्चालनको जिम्मेवारी र व्यवस्थापनको मोडालिटी तय नहुँदा ती संरचना उपयोगमा आउन सकेका छैनन् । अब चुनौती थप संरचना बनाउनु होइन, निर्माण भइसकेका पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु हो ।

Tags: राम-सीताको विवाहस्थल मणिमण्डपमा १८ करोड स्वाहा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

मंसिर ९, २०८३
पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

मंसिर ९, २०८३
१८ करोड खर्चिएर बनाइएको मणिमण्डप सञ्चालनविहीनः विवाहस्थल बनाउने योजना अलपत्र !

१८ करोड खर्चिएर बनाइएको मणिमण्डप सञ्चालनविहीनः विवाहस्थल बनाउने योजना अलपत्र !

मंसिर ९, २०८३
मालपोत र नापीको झन्झटबाट नागरिकलाई मुक्तिः जितपुरसिमरामा पालिकाबाटै लालपूर्जा वितरण सुरु

मालपोत र नापीको झन्झटबाट नागरिकलाई मुक्तिः जितपुरसिमरामा पालिकाबाटै लालपूर्जा वितरण सुरु

मंसिर ९, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि