Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अयोध्या-जनकपुरधाम रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह

मुख्यमन्त्री यादवले रेल सेवाको सुरुवातलाई महत्वपूर्ण उपलब्धि मान्दै अब अयोध्या र जनकपुरधामबीच हवाई सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति धन्यवाद व्यक्त गर्छु । तर रेलसँगै अयोध्यादेखि जनकपुरधामसम्म हवाई सेवा पनि सञ्चालन गर्नुपर्छ ।’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०८३
अयोध्या-जनकपुरधाम रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुरधाम (धनुषा), ८ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतको अयोध्या र नेपालको जनकपुरधामबीच रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आग्रह गरेका छन् । अयोध्या–जनकपुरधाम साप्ताहिक रेल सेवा शुभारम्भका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले दुई धार्मिक सहरबीचको आवागमनलाई थप सहज बनाउन हवाई सम्पर्क आवश्यक रहेको बताएका हुन् ।

उनले केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधाम भ्रमण गरेपछि दुई सहरबीचको सम्बन्ध थप प्रगाढ बनेको उल्लेख गरे । अहिले सुरु भएको रेल सेवा पनि त्यही सम्बन्ध र सहकार्यको परिणाम भएको भन्दै उनले भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री आदित्यनाथप्रति आभार व्यक्त गरे ।

मुख्यमन्त्री यादवले रेल सेवाको सुरुवातलाई महत्वपूर्ण उपलब्धि मान्दै अब अयोध्या र जनकपुरधामबीच हवाई सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति धन्यवाद व्यक्त गर्छु । तर रेलसँगै अयोध्यादेखि जनकपुरधामसम्म हवाई सेवा पनि सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रममा उनले सीमा क्षेत्रबाट नेपाल आउने भारतीय पर्यटकका लागि भन्सारसम्बन्धी व्यवस्था सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराए। भारतीय नम्बर प्लेटका निजी तथा पर्यटक सवारीसाधनमार्फत ठूलो संख्यामा भारतीय नागरिक जनकपुरधाम आउने भएकाले उनीहरूलाई कम्तीमा २४ घण्टासम्म भन्सार छुट दिनुपर्ने उनको माग छ ।

सीमावर्ती नागरिक र पर्यटकको आवागमन सहज बनाउन आफूले लामो समयदेखि यस्तो व्यवस्था गर्नुपर्ने आवाज उठाउँदै आएको उनले बताए । रेल सेवाले अयोध्या र जनकपुरधामबीचको धार्मिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई दीर्घकालसम्म जोडिराख्ने विश्वाससमेत मुख्यमन्त्री यादवले व्यक्त गरे ।

यसैबीच, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले अयोध्या–जनकपुरधाम रेल सम्पर्कले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको रेल सेवाले दुवै धार्मिक सहरबीच तीर्थयात्रा सहज बनाउनुका साथै पर्यटन व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने उनले बताए ।

महन्त वैष्णवले रेलमार्गबाट दुई सहर जोडिनु धार्मिक आस्थासँगै आर्थिक समृद्धिका लागि पनि महत्वपूर्ण अवसर भएको उल्लेख गरे । यसले जनकपुरधाम र अयोध्याका स्थानीय बासिन्दाको आर्थिक गतिविधि बढाउन तथा पर्यटनसँग सम्बन्धित व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

उनले रेल सेवाबाट दुवै सहरका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्दै भने, ‘यसले हामीलाई अनन्तकालसम्म एक सूत्रमा बाँधेर यी धार्मिक तथा सांस्कृतिक नगरीको पर्यटन व्यवसायलाई उकास्ने विश्वास लिएका छौँ ।’ भगवान् रामको जन्मभूमि अयोध्यामा दर्शन गरेपछि माता सीताको जन्मभूमि जनकपुरधाम पुगेर धार्मिक यात्रा पूरा गर्ने श्रद्धालुहरूको चाहना अब रेल सेवाका कारण सहज हुने उनले बताए ।

महन्त वैष्णवका अनुसार यो रेल सेवा केवल दुई स्थानबीचको यातायात सुविधा मात्र नभई रामायणकालीन धार्मिक सम्बन्ध, सांस्कृतिक परम्परा र दुई देशका नागरिकबीचको आत्मीयतालाई थप मजबुत बनाउने माध्यमसमेत हो ।

Tags: जनकपुरधाम-अयोध्या रेल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा २२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद, तीनवटा सवारीसाधन प्रहरी नियन्त्रणमा

पर्सामा २२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद, तीनवटा सवारीसाधन प्रहरी नियन्त्रणमा

मंसिर ८, २०८३
बोदेबरसाइन नगरपालिकाले २ करोड ९३ लाखको पोषण कार्यक्रमको ईओआई प्रक्रिया रद्द गर्‍यो

बोदेबरसाइन नगरपालिकाले २ करोड ९३ लाखको पोषण कार्यक्रमको ईओआई प्रक्रिया रद्द गर्‍यो

मंसिर ८, २०८३
दाजुभाइ-दिदीबहिनीको प्रेमको प्रतीक सामा चकेवा पर्व सम्पन्न

दाजुभाइ-दिदीबहिनीको प्रेमको प्रतीक सामा चकेवा पर्व सम्पन्न

मंसिर ८, २०८३
अयोध्या-जनकपुरधाम रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह

अयोध्या-जनकपुरधाम रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्यमन्त्री यादवको आग्रह

मंसिर ८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि