Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका सोनु कुमार सोनी, उनकी जेठी बहिनी संगिता सर्राफ र कान्छी बहिनी रबिता कुमारी सोनी सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन् । सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका तीनै दाजुबहिनीले निजामती सेवामा आफ्नो स्थान बनाउँदै परिवारसँगै गाउँको प्रतिष्ठासमेत बढाएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८३
किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

वीरगंज (पर्सा), ७ मंसिर । सीमित आर्थिक स्रोत, सामान्य किसान परिवारको पृष्ठभूमि र ग्रामीण परिवेश । तर दृढ इच्छाशक्ति, निरन्तर मेहनत र अध्ययनप्रतिको लगावले पर्साको एउटा परिवारका तीनै सन्तानलाई निजामती सेवासम्म पुर्‍याएको छ ।

पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका सोनु कुमार सोनी, उनकी जेठी बहिनी संगिता सर्राफ र कान्छी बहिनी रबिता कुमारी सोनी सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन् । सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका तीनै दाजुबहिनीले निजामती सेवामा आफ्नो स्थान बनाउँदै परिवारसँगै गाउँको प्रतिष्ठासमेत बढाएका छन् ।

तीन सन्तानमध्ये दाजु सोनु कुमार सोनी लेखापाल पदमा कार्यरत छन् । उनी हाल पर्साकै धोबिनी गाउँपालिकामा जिम्मेवारी सम्हालिरहेका छन् । जेठी बहिनी संगिता सर्राफले सहलेखापाल पदमा सरकारी सेवामा प्रवेश गरेकी हुन् ।

यसैक्रममा कान्छी बहिनी रबिता कुमारी सोनीले पनि पछिल्लो पटक खरिदार पदमा नाम निकाल्न सफल भएकी छन् । रबिताको सफलतासँगै एउटै किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा आबद्ध भएका छन् ।

आर्थिक अवस्था सामान्य भए पनि लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तर प्रयासले सफलता सम्भव हुन्छ भन्ने उदाहरण उनीहरूले प्रस्तुत गरेका छन् । ग्रामीण परिवेशमा हुर्किएर सरकारी सेवाको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्नु उनीहरूको व्यक्तिगत उपलब्धि मात्र नभई परिवारका लागि पनि ठूलो खुसीको विषय बनेको छ ।

तीनै दाजुबहिनीको सफलताले धोरे गाउँमा समेत सकारात्मक चर्चा पाएको छ । सीमित अवसर र स्रोतसाधनका बीच पनि लगनशील भएर अध्ययन गरे लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सन्देश उनीहरूको उपलब्धिले ग्रामीण क्षेत्रका विद्यार्थी तथा युवायुवतीमाझ प्रवाह गरेको छ ।

सामान्य किसान परिवारबाट निजामती सेवामा तीन सन्तानको एकसाथ उपस्थिति आफैँमा प्रेरणादायी उपलब्धि बनेको छ । उनीहरूको यात्राले सफलता हासिल गर्न आर्थिक सम्पन्नताभन्दा मेहनत, धैर्य र लक्ष्यप्रतिको निरन्तर समर्पण महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ ।

Tags: पकहाँमैनपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

मंसिर ७, २०८३
कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

मंसिर ७, २०८३
गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

मंसिर ७, २०८३
जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

मंसिर ७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि