Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले थप उपचारका लागि वीरगन्ज रेफर गरेका थिए । तर, वीरगन्ज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चिकित्सकको लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्त तथा स्थानीयवासीले अस्पतालमा पेट्रोल छर्केर आगो लगाउनुका साथै तोडफोड गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८३
गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

बरहथवा (सर्लाही), ७ मंसिर । उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले सर्लाहीको बरहथवास्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेका छन्। घटनामा अस्पतालको इमरजेन्सी कक्षमा ठूलो क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार राति बरहथवा नगरपालिका–५, हातीढुंगा पानीटंकी टोलका रुपेश रामकी करिब २१ वर्षीया श्रीमती सीमा राम देवीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी भएको हो । बिरामी भएपछि सीमालाई आइतबार आफन्तले उपचारका लागि नगर अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले थप उपचारका लागि वीरगन्ज रेफर गरेका थिए । तर, वीरगन्ज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चिकित्सकको लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्त तथा स्थानीयवासीले अस्पतालमा पेट्रोल छर्केर आगो लगाउनुका साथै तोडफोड गरेका थिए । घटनापछि अस्पतालको इमरजेन्सी कक्षमा ठूलो क्षति पुगेको छ ।

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९, सिमराका ४२ वर्षीय भुसेनी महरा र उनका २० वर्षीय छोरा राजन राम रहेका छन् ।

त्यस्तै, अस्पतालमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गर्ने कार्यमा अस्पतालमै कार्यरत ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा पनि संलग्न रहेको प्रहरीको भनाइ छ । उनीहरू घटनापछि फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगजनी तथा तोडफोडबाट अस्पतालमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tags: बरहथवा नगर अस्पताल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

मंसिर ७, २०८३
कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

मंसिर ७, २०८३
गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

मंसिर ७, २०८३
जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

मंसिर ७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि