Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाराको ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

पूर्व–पश्चिम राजमार्गमा बिहीबार दिउँसो करिब १२ः०५ बजे वीरगंजबाट काठमाडौं जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आइरहेको बा.०२–०३७ प ८५२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ३, २०८३
बाराको ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

जितपुरसिमरा (बारा), ३ मंसिर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरको पछाडि सवार उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।

पूर्व–पश्चिम राजमार्गमा बिहीबार दिउँसो करिब १२ः०५ बजे वीरगंजबाट काठमाडौं जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आइरहेको बा.०२–०३७ प ८५२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईभीको ठक्करबाट स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी करिब ६० वर्षीय निरबहादुर वाइबा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले दिउँसो १ः२१ बजे उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा वाइबासँगै स्कुटरमा सवार उनकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङसमेत घाइते भएकी छन् । उनको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ । उनलाई उपचारका लागि हेटौँडा अस्पताल भर्ना गरिएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार ईभी झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी करिब ५० वर्षीय रमेश प्रसाईँले चलाएका थिए । दुर्घटनामा संलग्न ईभी र स्कुटर दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जले आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता घलेले बताए ।

Tags: जिल्ला प्रहरी कार्यालय बारा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गोलीले क्षतविक्षत बनाएको शरीरः चिकित्सकको प्रयासले आदित्यले पाए नयाँ जीवन, फर्कियो होस

नेशनल मेडिकल कलेजमा शिशु मृत्यु प्रकरणः अक्सिजन अभावले मृत्यु भएको दाबी अस्वीकार !

मंसिर ३, २०८३
बाराको ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

बाराको ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

मंसिर ३, २०८३
२० वर्ष नपुगी विवाह गर्न नपाइने, पटेर्वा सुगौलीमा उमेर प्रमाणीकरण अनिवार्य

२० वर्ष नपुगी विवाह गर्न नपाइने, पटेर्वा सुगौलीमा उमेर प्रमाणीकरण अनिवार्य

मंसिर ३, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

पर्सामा अपराधको चाङः एक महिनामै ११८ घटना, प्रहरीको तथ्यांकले देखायो चुनौतीपूर्ण अवस्था !

मंसिर २, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि