Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गाँजा खेतीलाई कानुनी मान्यता दिने बाटो खुल्योः तीन महिनाभित्र कानून बनाउन सर्वोच्चको परमादेश

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गाँजालाई पूर्ण रूपमा प्रतिबन्धित वस्तुका रूपमा मात्र हेर्न नहुने ठहर गर्दै निश्चित मापदण्ड, निगरानी र सरकारी नियन्त्रणभित्र यसको औषधीय तथा औद्योगिक उपयोग गर्न सकिने व्याख्या गरेको हो । फैसलामा लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ ले गाँजाको खेती, उत्पादन, खरिद, बिक्री वितरण, ओसारपसार, सञ्चय र सेवनलाई निषेध गरेको भए पनि ऐनका अन्य व्यवस्थाले नियन्त्रित प्रयोगको सम्भावना पूर्ण रूपमा बन्द नगरेको उल्लेख छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १५, २०८३
नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, १५ कात्तिक । नेपालमा गाँजा खेतीलाई पूर्ण प्रतिबन्धको दायराबाट बाहिर निकाल्दै औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि नियमनसहित कानुनी रूपमा सञ्चालन गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले आवश्यक कानुनी व्यवस्था गरी अनुमतिपत्रका आधारमा गाँजाको खेती, उत्पादन, प्रशोधन र बिक्री वितरणको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गाँजालाई पूर्ण रूपमा प्रतिबन्धित वस्तुका रूपमा मात्र हेर्न नहुने ठहर गर्दै निश्चित मापदण्ड, निगरानी र सरकारी नियन्त्रणभित्र यसको औषधीय तथा औद्योगिक उपयोग गर्न सकिने व्याख्या गरेको हो । फैसलाको पूर्णपाठअनुसार सरकारले तीन महिनाभित्र लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को मर्म र अन्तर्राष्ट्रिय महासन्धिका प्रावधानसँग नबाझिने गरी गाँजाको नियन्त्रित खेती तथा उत्पादनसम्बन्धी नियमावली, मापदण्ड र कार्यविधि तयार गर्नुपर्नेछ ।

सर्वोच्चले व्यावसायिक प्रयोजनका लागि गाँजाको खेती र उत्पादनदेखि प्रशोधन, भण्डारण, प्रयोग, बिक्री वितरण तथा निकासी–पैठारीसम्मका गतिविधि सञ्चालन गर्न आवश्यक इजाजतपत्र वा अनुमतिपत्र जारी गर्ने कानुनी प्रबन्ध मिलाउनसमेत सरकारलाई आदेश दिएको छ । फैसलामा लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ ले गाँजाको खेती, उत्पादन, खरिद, बिक्री वितरण, ओसारपसार, सञ्चय र सेवनलाई निषेध गरेको भए पनि ऐनका अन्य व्यवस्थाले नियन्त्रित प्रयोगको सम्भावना पूर्ण रूपमा बन्द नगरेको उल्लेख छ ।

अदालतले प्राकृतिक रूपमा उम्रिने जङ्गली गाँजाबाट चरेस उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणका लागि समेत सरकारले अनुमति दिन सक्ने कानुनी आधार रहेको औँल्याएको छ । त्यस्तै, औषधीय उपयोग र वैज्ञानिक अनुसन्धानका लागि गाँजाको खेती, उत्पादन तथा निकासी–पैठारी गर्न सकिने व्यवस्था ऐनमै रहेको व्याख्या गरेको छ ।

सर्वोच्चको अर्को महत्वपूर्ण व्याख्या गाँजालाई अफिम, कोका तथा अन्य लागूऔषधसँग एउटै कानुनी दृष्टिकोणबाट हेर्न नमिल्ने भन्ने छ । ऐनले गाँजालाई अन्य लागूऔषधभन्दा अलग प्रकृतिको रूपमा व्यवहार गरेको र पछिल्ला संशोधनहरूले गाँजाजन्य गतिविधिलाई तुलनात्मक रूपमा कम गम्भीर कसुरका रूपमा वर्गीकरण गरेको फैसलामा उल्लेख छ ।

अदालतले पूर्ण प्रतिबन्ध र राज्यको अनुमतिमा नियमनसहित खेती गर्न दिनु दुई फरक कानुनी व्यवस्था भएको स्पष्ट पारेको छ । यससँगै गाँजाको औषधीय, वैज्ञानिक र औद्योगिक सम्भावनालाई कानुनी दायराभित्र उपयोग गर्न आवश्यक नीति तथा संरचना निर्माण गर्ने जिम्मेवारी अब सरकारको काँधमा आएको छ ।

सर्वोच्चको आदेश कार्यान्वयन भएमा नेपालमा गाँजाको व्यावसायिक खेती तथा उपयोगका लागि नयाँ कानुनी आधार तयार हुनेछ । यद्यपि, यसले तत्काल सबै प्रकारको गाँजा खेती र कारोबार खुला गरेको नभई तोकिएको मापदण्ड र सरकारी अनुमतिअन्तर्गत मात्र सञ्चालन गर्न सकिने व्यवस्था स्थापित गरेको हो ।

Tags: अब नेपालमा अनुमतिपत्र लिएर गाँजा खेती गर्न पाइने
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

कार्तिक १५, २०८३
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

कार्तिक १५, २०८३
पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

कार्तिक १५, २०८३
नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

कार्तिक १५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि