Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जितपुरसिमरा–१४ का ५७९ परिवारले लालपुर्जा पाउने प्रक्रिया अघि बढ्यो

उपमहानगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखा र राजस्व शाखाका प्रतिनिधिसहित वडाध्यक्ष चयन गुरुङको टोलीले बिहीबार कार्यालयका कर्मचारी मनोहर मिश्रालाई लाभग्राहीका फाइल हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकको निर्णयअनुसार भूमिसम्बन्धी समस्या समाधानका लागि विवरण बुझाइएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १३, २०८३
जितपुरसिमरा–१४ का ५७९ परिवारले लालपुर्जा पाउने प्रक्रिया अघि बढ्यो

जितपुरसिमरा (बारा), १३ कात्तिक । वर्षौंदेखि जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ का ५७९ परिवारले लालपुर्जा पाउने प्रक्रिया अघि बढेको छ । उपमहानगरपालिकाले उनीहरूको आवश्यक कागजातसहितको फाइल नापी तथा मालपोत कार्यालय कलैयामा बुझाएको छ ।

उपमहानगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखा र राजस्व शाखाका प्रतिनिधिसहित वडाध्यक्ष चयन गुरुङको टोलीले बिहीबार कार्यालयका कर्मचारी मनोहर मिश्रालाई लाभग्राहीका फाइल हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकको निर्णयअनुसार भूमिसम्बन्धी समस्या समाधानका लागि विवरण बुझाइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार फाइल बुझाइएका ५७९ जनामध्ये १४ जना भूमिहीन दलित, १३६ जना भूमिहीन सुकुम्बासी र ४२९ जना अव्यवस्थित बसोबासी छन् ।

यसअघि उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र २१ का लाभग्राहीको विवरण पनि सम्बन्धित कार्यालयमा बुझाइसकिएको छ । वडा नम्बर १४ को प्रक्रिया अघि बढेसँगै अब उपमहानगरपालिकाका पाँचवटा वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासी लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा पुगेका छन् ।

वर्षौंदेखि बसोबास गरेको जग्गाको कानुनी प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका परिवारका लागि यो कदमले स्वामित्व प्राप्तिको बाटो खोलेको छ । तर, फाइल हस्तान्तरण हुँदैमा लालपुर्जा सुनिश्चित हुने अवस्था भने होइन । सम्बन्धित निकायबाट जग्गाको विवरण, कागजात तथा अन्य कानुनी पक्षको जाँचबुझपछि मात्रै स्वामित्व हस्तान्तरणको प्रक्रिया टुंगिनेछ ।

वडाध्यक्ष गुरुङले लाभग्राहीलाई जग्गाको कानुनी स्वामित्व दिलाउन नापी तथा मालपोत कार्यालयसँग समन्वय भइरहेको बताउँदै आवश्यक प्रक्रिया शीघ्र पूरा गराउन पहल गरिने जनाए । लामो समयदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका लाभग्राहीले पनि जाँचबुझ र कानुनी प्रक्रिया छिटो टुंग्याएर लालपुर्जा वितरण गर्न माग गरेका छन् ।

Tags: जितपुरसिमरा उपमहानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जोगीको भेषमा गाँजा ओसारपसार, भारतीय नागरिकसहित दुईजना पक्राउ

जोगीको भेषमा गाँजा ओसारपसार, भारतीय नागरिकसहित दुईजना पक्राउ

कार्तिक १३, २०८३
जितपुरसिमरा–१४ का ५७९ परिवारले लालपुर्जा पाउने प्रक्रिया अघि बढ्यो

जितपुरसिमरा–१४ का ५७९ परिवारले लालपुर्जा पाउने प्रक्रिया अघि बढ्यो

कार्तिक १३, २०८३
डिजेल ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

डिजेल ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

कार्तिक १३, २०८३
फरार प्रतिवादी खोज्न खटिएका प्रहरी जवानको दुर्घटनामा मृत्यु, श्रीमती आईसीयूमा

फरार प्रतिवादी खोज्न खटिएका प्रहरी जवानको दुर्घटनामा मृत्यु, श्रीमती आईसीयूमा

कार्तिक १३, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि