Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको अभियानअन्तर्गत पर्सामा कात्तिक ९ गतेदेखि कानुनी सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो । विद्यार्थीलाई कानुनका सैद्धान्तिक विषयमा मात्र सीमित नराखी दैनिक जीवनमा कानुनी ज्ञानको उपयोग गर्न सक्षम बनाउने अभियानको लक्ष्य रहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०८३
पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

वीरगंज (पर्सा), १० कात्तिक । विद्यार्थीलाई संविधान, मौलिक हक र कानुनी व्यवस्थाबारे व्यावहारिक ज्ञान दिँदै अधिकार तथा कर्तव्यप्रति सचेत बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण पर्सा जिल्लाबाट सुरु भएको छ । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) ले सञ्चालन गरेको अभियानको पहिलो दिन चार विद्यालयका २५० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।

मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको अभियानअन्तर्गत पर्सामा कात्तिक ९ गतेदेखि कानुनी सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो । विद्यार्थीलाई कानुनका सैद्धान्तिक विषयमा मात्र सीमित नराखी दैनिक जीवनमा कानुनी ज्ञानको उपयोग गर्न सक्षम बनाउने अभियानको लक्ष्य रहेको छ ।

अभियानको पहिलो दिन टिम पर्साले जिल्लाका चार विद्यालयमा छवटा कानुनी सचेतना सत्र सञ्चालन गरेको थियो । साउथजोन सेकेन्डरी स्कुलमा तीनवटा सत्र सञ्चालन गरिएको थियो भने गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, हिमालयन पिरामिड सेकेन्डरी स्कुल र मेरिगोल्ड सेकेन्डरी स्कुलमा एक–एकवटा सत्र आयोजना गरिएको थियो ।

पहिलो दिनको कार्यक्रममा २५० भन्दा बढी विद्यार्थीलाई कानुनी सचेतना प्रदान गरिएको टिम पर्साका संयोजक रवि मिश्रले जानकारी दिए । कार्यक्रममा टिमका स्रोत व्यक्ति रवि मिश्र, किरण गुप्ता, आदर्श गुप्ता, अलोक शर्मा, जय गुप्ता, सुरज शाह, रोशन यादव र प्रियंका शाहले सहजीकरण गरेका थिए ।

अभियानमार्फत विद्यार्थीलाई नेपालको संविधान, मौलिक हक, प्रचलित कानुनी प्रावधान तथा नागरिकका अधिकार र कर्तव्यबारे जानकारी प्रदान गरिँदै आएको छ । यसका साथै विद्यार्थीको क्षमता अभिवृद्धि, नेतृत्व विकास, संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान दिलाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

कानुनी शिक्षा पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीलाई आफ्ना अधिकार पहिचान गर्न, कानुनी दायित्व बुझ्न र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरित गर्नु अभियानको प्रमुख उद्देश्य हो । कानुनसम्बन्धी आधारभूत ज्ञानले विद्यार्थीलाई सामाजिक तथा सार्वजनिक जीवनमा सचेत निर्णय लिनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पहिलो दिन विद्यार्थीको उत्साहजनक सहभागिता देखिएपछि टिम पर्साले आगामी दिनमा पनि जिल्लाका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरी कानुनी सचेतनाको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ । अभियानले विद्यार्थीमा कानुनी ज्ञानसँगै नेतृत्व क्षमता र लोकतान्त्रिक मूल्यप्रतिको बुझाइ विकास गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: लिगल भ्वाइस क्याम्पेन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

कार्तिक १०, २०८३
पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

कार्तिक १०, २०८३
वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

कार्तिक १०, २०८३
पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

कार्तिक १०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि