Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘अर्नब’ चक्रवातको त्रासः मधेशसहित पाँच प्रदेशमा वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात बुधबार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासका भू–भागमा पुग्ने सम्भावना छ । यसको प्रभाव नेपालमा बिहीबारदेखि देखिन सक्ने अनुमान गरिएको छ । कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०८३
‘अर्नब’ चक्रवातको त्रासः मधेशसहित पाँच प्रदेशमा वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज (पर्सा), १० कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपातको जोखिम बढेको छ । चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात बुधबार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासका भू–भागमा पुग्ने सम्भावना छ । यसको प्रभाव नेपालमा बिहीबारदेखि देखिन सक्ने अनुमान गरिएको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने देखिएको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका केही भूभागमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षासँगै एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ । सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै महाशाखाले उच्च हिमाली क्षेत्रमा पर्यटकलाई भ्रमण नगर्न र त्यहाँ पुगिसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

पर्सामा तीन दिन विशेष सतर्कता अपनाउन प्रशासनको आग्रह
चक्रवातको सम्भावित प्रभावबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले कात्तिक १२ देखि १४ गतेसम्म विशेष सावधानी अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । मंगलबार जारी सूचनामा विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसमसम्बन्धी पूर्वानुमानलाई उद्धृत गर्दै मधेश प्रदेशलगायतका क्षेत्रमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि केही स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख गरिएको छ ।

प्रशासनले पाकेको धानबाली काट्ने र भित्र्याउने काम बिहीबारअघि नै सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ । निर्धारित समयभित्र कृषि कार्य पूरा गर्न नसकिए जोखिमपूर्ण मौसमको अवधिमा त्यस्ता काम स्थगित गर्न सुझाव दिइएको छ ।

त्यस्तै, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र बाहिर निस्कनैपर्ने अवस्थामा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ । सम्भावित वर्षाले नदी तथा खोलामा पानीको सतह बढाउन सक्ने भएकाले साना–ठूला नदीका तटीय क्षेत्र, खहरे खोला र बाढीको जोखिम भएका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन भनिएको छ ।

हिमाली क्षेत्रमा हिमपहिरोको जोखिम, सडक यात्रामा पनि सावधानी
चक्रवातको प्रभावले वर्षा र हिमपात तीव्र भएमा जोखिमयुक्त सडक तथा पहिरो जान सक्ने क्षेत्रमा आवागमन प्रभावित हुन सक्ने सम्भावना छ । त्यसैले सम्बन्धित निकायले जारी गर्ने पूर्वसूचनालाई बेवास्ता नगर्न र जोखिम देखिएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।

मौसमको प्रतिकूल अवस्थाबाट हुन सक्ने जनधनको क्षति रोक्न प्रशासनले आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सुरक्षा उपाय अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ ।

आपत्कालीन जानकारीका लागि सम्पर्क नम्बर सार्वजनिक
सम्भावित विपद्को समयमा आवश्यक सूचना तथा सहयोग प्राप्त गर्न प्रशासनले विभिन्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ । वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्सम्बन्धी सूचनाका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

चक्रवातको सम्भावित प्रभावबाट बच्न मौसमको पूर्वानुमानलाई गम्भीरतापूर्वक लिन, जोखिमयुक्त गतिविधिबाट टाढा रहन र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रशासनले सबै जिल्लावासीलाई आग्रह गरेको छ ।

Tags: चक्रवात ‘अर्नब’को जोखिम: भारी वर्षा र हिमपातको चेतावनी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

कार्तिक १०, २०८३
पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

कार्तिक १०, २०८३
वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

कार्तिक १०, २०८३
पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

कार्तिक १०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि