Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि पार्टीले उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारेको जानकारी दिए । यी प्रक्रियाअन्तर्गत प्रशिक्षित, परीक्षित र योग्य ठहरिएका व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ७, २०८३
रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

वीरगंज (पर्सा), ७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधिसम्मत प्रक्रिया पूरा गर्ने योग्य व्यक्तिले मात्रै उम्मेदवारीको टिकट पाउने स्पष्ट पारेका छन् । पार्टीभित्र पद, पहुँच र नातेदारीका आधारमा टिकट वितरण नहुने भन्दै उनले योग्य नेता–कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन् ।

शुक्रबार राति स्थानीय क्लासिक ब्याङ्क्‌वेटमा आयोजित बडादशैंको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा सम्बोधन गर्दै सभापति पन्तले पार्टीको निर्धारित विधि र मापदण्डभन्दा बाहिर गएर कसैले पनि उम्मेदवारीको टिकट पाउन नसक्ने बताएका हुन् ।

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि पार्टीले उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारेको जानकारी दिए । यी प्रक्रियाअन्तर्गत प्रशिक्षित, परीक्षित र योग्य ठहरिएका व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो ।

‘नेतासँगको निकटता वा नातेदारीले टिकट पाइँदैन’
सभापति पन्तले जिल्ला सभापति, प्रदेश सभापति वा कुनै सांसदसँग निकट सम्बन्ध भएकै आधारमा उम्मेदवारीको टिकट पाउने अवस्था पार्टीमा नरहेको स्पष्ट पारे । नेताको नजिक भएको वा कुनै माननीयको नातेदार भएकै कारण टिकट पाइने परम्परालाई निरुत्साहित गर्दै पार्टीले योग्यता र निर्धारित प्रक्रियालाई प्राथमिकता दिने उनले बताए ।

विधिसम्मत प्रक्रियाबाट अघि बढ्ने योग्य व्यक्तिले अवसरबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उल्लेख गर्दै पन्तले पार्टीको मापदण्डअनुसार अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टीको आधिकारिक उम्मेदवार बन्न व्यक्तिगत पहुँचभन्दा पनि योग्यता, प्रतिस्पर्धा र निर्धारित प्रक्रियाको पालना महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

जिल्ला संगठन विभागका प्रमुख कृष्ण पासवानले सहजीकरण गरेको कार्यक्रममा सभापति पन्तले उपस्थित मान्यजनबाट टीका ग्रहण गर्नुका साथै सहभागीहरूलाई टीका लगाएर दशैंको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा जिल्लास्तरीय नेताहरू तुलसा पौडेल, सुदिश प्रजापति र परवेज अख्तरसहित विभिन्न क्षेत्रका सभापति, पालिका सभापति, वडा सभापति तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले उम्मेदवार छनोटमा विधि, योग्यता, प्रतिस्पर्धा र समावेशितालाई प्राथमिकता दिने सन्देश दिएको यस कार्यक्रमले पार्टीभित्र उम्मेदवारीका आकांक्षीहरूलाई निर्धारित प्रक्रियाप्रति स्पष्ट रहन संकेत गरेको छ ।

Tags: राष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

नगवामा रास्वपाको जनसम्वाद, नागरिकका समस्या सुन्दै चुनावी उपस्थितिको संकेत

कार्तिक ७, २०८३
रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

रास्वपामा पहुँच र नातेदारीका आधारमा टिकट पाइँदैनः सभापति पन्त

कार्तिक ७, २०८३
जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

जनमत पार्टी पर्साद्वारा केन्द्रीय नेताहरू सम्मानित, चियापानमा जुटे राजनीतिक दलका प्रतिनिधि

कार्तिक ७, २०८३
ट्रिभिया डिजिटल स्कूप प्रा.लि.को चौथो बार्षिकोत्सव सम्पन्न

ट्रिभिया डिजिटल स्कूप प्रा.लि.को चौथो बार्षिकोत्सव सम्पन्न

कार्तिक ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि