Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

चाडपर्वका बेला शान्ति सुरक्षामा चुनौती सिर्जना गर्न सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा सम्भावित घटना हुन नदिन प्रहरीले निगरानी, गस्ती र चेकजाँचलाई प्रभावकारी बनाउने जनाएको छ । बजार, व्यापारिक केन्द्र, सार्वजनिक यातायात तथा धार्मिक र सांस्कृतिक गतिविधि हुने क्षेत्रमा सुरक्षा उपस्थितिसमेत बढाइने प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

वीरगंज (पर्सा), २१ असोज । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा बढ्ने आवतजावत, भीडभाड तथा सम्भावित आपराधिक गतिविधिलाई ध्यानमा राख्दै प्रहरीले आजदेखि सुरक्षा व्यवस्था थप कडा बनाएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित र उल्लासमय वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।

चाडपर्वका बेला शान्ति सुरक्षामा चुनौती सिर्जना गर्न सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा सम्भावित घटना हुन नदिन प्रहरीले निगरानी, गस्ती र चेकजाँचलाई प्रभावकारी बनाउने जनाएको छ । बजार, व्यापारिक केन्द्र, सार्वजनिक यातायात तथा धार्मिक र सांस्कृतिक गतिविधि हुने क्षेत्रमा सुरक्षा उपस्थितिसमेत बढाइने प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा हुने भीडभाडलाई अपराधीले फाइदा उठाउन सक्ने भएकाले प्रहरीले विशेष निगरानी बढाएको हो । सार्वजनिक स्थानमा हुने गतिविधि, यात्रुको आवतजावत र संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको परिचालनलाई प्राथमिकतामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सवारी चालकलाई ‘मादक पदार्थ सेवन गरेर सवारी नचलाउन’ आग्रह गरेको छ । त्यस्तै, जुवातास खेल्ने तथा खेलाउने गतिविधिबाट टाढा रहन र आतसबाजी नगर्नसमेत प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले चाडपर्व सुरक्षित बनाउन प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भन्दै नागरिकको सहयोग आवश्यक रहेको जनाएको छ । आपराधिक गतिविधि वा शंकास्पद क्रियाकलापबारे समयमै प्रहरीलाई जानकारी गराएर सुरक्षित समाज निर्माणमा सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ । प्रहरीका अनुसार चाडपर्वका क्रममा हुने मानिसको आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा बढ्ने भीड, सार्वजनिक यातायातमा पर्ने अतिरिक्त चाप र धार्मिक तथा सांस्कृतिक गतिविधिलाई मध्यनजर गर्दै विशेष निगरानी, नियमित गस्ती तथा चेकजाँचलाई थप सुदृढ र जनमैत्री बनाइएको छ ।

प्रहरीले सबै नागरिकलाई संयमित र सुरक्षित ढंगले चाडपर्व मनाउँदै आफू, आफ्नो परिवार र समुदायको सुरक्षाप्रति समेत सचेत रहन आग्रह गरेको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

अशोज २१, २०८३
पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

अशोज २१, २०८३
पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि