वीरगंज (पर्सा), २० असोज । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा दुई लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारिखमा रिहा भएका छन् । मंगलवार पर्सा जिल्ला अदालत ११ नं. इजलासका न्यायधिश देवीकुमारी चौधरीको एकल इजलासले शर्मालाई २ लाख रुपैयाँ धरौटी राखी साधरण तारेखमा रिह गर्न आदेश दिएको हो ।
सो अनुसार शर्मा मंगलवार साँझ धरौटी दाखिला गरि रिहा भएका हुन् । तत्कालिन लक्ष्मी सनराइज बैंकको प्रमुख कर्जा अधिकृत रहेका शर्माले मंगलवार विहान पर्सा जिल्ला अदालतमा आत्म समर्पण गरेका थिए । शर्माविरुद्ध तत्कालीन सनराइज बैंकमा रहँदा कर्जा स्वीकृत गरेर पनि ऋण नदिएको बरु उल्टै धितो लिलाम गरेको आरोप छ । उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
अंजली इन्टरनेशनलकी सञ्चालक निर्मला देवीको जाहेरीका आधारमा शर्मासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । सोही मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शर्माले मंगलबार आत्मसमर्पण पछि रिहा भएका हुन् ।

















प्रतिक्रिया दिनुहोस् !