Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

मधेश प्रदेशको शैक्षिक अवस्थालाई विशेष रूपमा इङ्कित गर्दै मन्त्री पोखरेलले भने, ‘मधेश प्रदेशमा शिक्षा निकै पछि परेको सन्दर्भमा ग्राउन्डको वास्तविक आवाजले सुधारमा ठूलो सहयोग पुग्छ । हामी अहिले नीतिगत सुधारमा सक्रिय रूपमा काम गरिरहेका छौँ, नयाँ ऐन निर्माण, पाठ्यक्रम प्रारूप परिमार्जनको चरणमा छौँ तथा सम्पूर्ण विश्वविद्यालयहरूको ऐन निर्माणमा जुटेका छौँ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

सिमरा (बारा), २० असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमा भइरहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ ऐन निर्माणसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूपको कामलाई पनि सँगसँगै अघि बढाइएको स्पष्ट पारे ।

मधेश प्रदेशको शैक्षिक अवस्थालाई विशेष रूपमा इङ्कित गर्दै मन्त्री पोखरेलले भने, ‘मधेश प्रदेशमा शिक्षा निकै पछि परेको सन्दर्भमा ग्राउन्डको वास्तविक आवाजले सुधारमा ठूलो सहयोग पुग्छ । हामी अहिले नीतिगत सुधारमा सक्रिय रूपमा काम गरिरहेका छौँ, नयाँ ऐन निर्माण, पाठ्यक्रम प्रारूप परिमार्जनको चरणमा छौँ तथा सम्पूर्ण विश्वविद्यालयहरूको ऐन निर्माणमा जुटेका छौँ । यहाँबाट आएका सम्पूर्ण रायसुझावलाई आगामी नीतिहरूमा समेटिनेमा हामी पूर्ण विश्वस्त छौँ ।’

उनले काठमाडौँको कोठामा मात्र बसेर नीति बनाउँदा स्थानीय आवश्यकता छुट्ने भएकाले जनप्रतिनिधि र सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गरेर धरातलीय यथार्थ बुझ्न यो कार्यक्रम महत्वपूर्ण रहेको दोहोर्‍याए । विश्वविद्यालयहरूको सञ्चालन, विस्तार र विशिष्टीकरणको सन्दर्भमा मन्त्री पोखरेलले गम्भीर प्रश्न उठाउँदै भने, ‘धेरै विश्वविद्यालय खोलेर मात्रै हुँदैन, विशिष्टीकृत विश्वविद्यालय बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्छ । १५ वटा विश्वविद्यालय हुँदा पनि सबैले उही पुराना विषय मात्र पढाउने हो भने विश्वविद्यालय खुल्नुको अर्थ रहँदैन ।’

‘सम्बन्धन बाँडेर र जथाभावी विद्यार्थीको संख्या मात्र बढाएर नतिजा सुधार हुँदैन । त्यसैले शैक्षिक गुणस्तर, सीपमा आधारित प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिनुपर्ने खाँचो छ’, उनले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार्नुपर्नेमा जोड दिँदै भने, ‘विश्वविद्यालयहरूले विद्यार्थीको आकर्षण बढाउन तथा उच्च शिक्षामा विदेशी विद्यार्थीहरूलाई समेत आकर्षण गर्ने किसिमका विशेष प्याकेज कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।’

प्राविधिक शिक्षा र विद्यालय तहको रूपान्तरणबारे बोल्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीको चाहना अनुरूप मधेशमा विश्वस्तरीय विद्यालयहरूको अवधारणा अघि सारिएको बताए । उनले भने, ‘ग्राउन्डले मागेको शिक्षालाई जग मानेर शिक्षा क्षेत्रको विकासमा हामी सक्रिय हुनुपर्छ । मधेश प्रदेशमा माध्यमिक तहसम्मका कम्तीमा १०० वटा विश्वस्तरीय विद्यालयहरू निर्माण वा रूपान्तरण गर्ने गरी भूगोल, जनसंख्या र विद्यार्थी–शिक्षक अनुपातलाई ध्यान दिएर काम गरिरहेका छौँ ।’

सिटिइभिटी र नर्सिङ शिक्षामा देखिएका भ्रम तथा समस्याहरूको चर्चा गर्दै उनले भारतमा कक्षा १० पछि नर्सिङ मान्यता नभएको यथार्थ स्पष्ट पारे । र नेपालमा यसको कोटा तथा सम्बन्धनसम्बन्धी समस्याहरू नयाँ नेतृत्व र बन्ने नयाँ ऐनमार्फत छिट्टै समाधान हुने विश्वास दिलाए । पाठ्यक्रम र नीति निर्माणको प्रक्रियाबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले भने, ‘हामीले केवल ऐन र कागजात पुर्‍याउनका लागि मात्रै कानुन ल्याउने होइन, पुरानै परिपाटीलाई फेरेर वास्तविक समस्याको नीतिगत समाधान खोज्नुपर्छ । मुगुको आवश्यकता र बाराको आवश्यकता फरक हुन्छ, त्यसैले स्थानीय बजार, संस्कृति र समाजको रूपान्तरण खोज्ने खालको पाठ्यक्रम बन्नुपर्छ ।’ रासस

Tags: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीका किसान ओल खन्न व्यस्त

महोत्तरीका किसान ओल खन्न व्यस्त

अशोज २०, २०८३
प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

अशोज २०, २०८३
दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि