Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल जीर्ण अवस्थामा पुगेको थियो । पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि खोला तर्न डुङ्गाको सहारा लिनुपरेको थियो । पुल निर्माणमा देखिएका मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले तीव्रता पाएको प्रमुख महतोले बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २०, २०८३
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम (धनुषा), २० असोज । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन पुललाई आगामी मङ्सिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ भने सुपर ढलान भइरहेको छ । पुलको फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल जीर्ण अवस्थामा पुगेको थियो । पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि खोला तर्न डुङ्गाको सहारा लिनुपरेको थियो । पुल निर्माणमा देखिएका मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले तीव्रता पाएको प्रमुख महतोले बताए । पुलका दुवैतर्फ पुलसम्म पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । सोही निर्माण कम्पनीले अहिले पुलको पुनःनिर्माणको काम गरिरहेको छ । यसैबीच हुलाकी सडकअन्तर्गत सिरहादेखि सलार्हीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको छ । उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कूल ५७ दशमलव ५२ किलोमिटर सडकखण्डमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर सडक निर्माणाधीन छ ।

त्यस्तै धनुषामा कूल ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन रहेको छ । महोत्तरीमा कुल ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने एक दशमलव ९४ किलोमिटर बाँकी छ । सर्लाहीमा कूल १६६ दशमलव २ किलोमिटर सडकखण्डमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १४ दशमलव ५१ किलोमिटर सडक निर्माणाधीन रहेको सूचना अधिकारी रायले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि राजमार्गभित्र परेका घरटहरा हटाउन ढिलाइ, विभिन्न स्थानमा जग्गासम्बन्धी विवादलगायत कारणले केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताउनुभयो । बाँकी काम समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ । नेपालकै पुराना राजमार्गमध्ये एक मानिने पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माण तीव्र रूपमा अघि बढेपछि विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले क्रमशः सहज सडक सञ्जालसँग जोडिँदै गएका छन् ।

हुलाकी सडक निर्माणले स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै मधेस प्रदेशको आर्थिक गतिविधि र विकासले गति लिने तथा हजारौँ युवाका लागि रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । रासस

Tags: कमला नदीको पुल वर्षौंदेखि अधुरैः बजेटमा यस वर्ष पनि परेन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीका किसान ओल खन्न व्यस्त

महोत्तरीका किसान ओल खन्न व्यस्त

अशोज २०, २०८३
प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

अशोज २०, २०८३
दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि