Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अग्रगामी मोर्चा सत्ता ढाल्न होइन, देशलाई संकटबाट निकास दिन बनेको होः प्रभु साह

मुलुकलाई संकटबाट जोगाउँदै नयाँ राजनीतिक निकास दिने उद्देश्यले मोर्चालाई अगाडि बढाइएको हो । साहले देशको समस्या केवल सरकार र सत्ताको दृष्टिकोणबाट हेरेर समाधान हुन नसक्ने बताए । राजनीतिक संकटसँगै आर्थिक तथा सामाजिक असन्तुलन, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले समेत मुलुकलाई गम्भीर चुनौतीतर्फ धकेलिरहेको उनको भनाइ थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८३
अग्रगामी मोर्चा सत्ता ढाल्न होइन, देशलाई संकटबाट निकास दिन बनेको होः प्रभु साह

जनकपुरधाम (धनुषा), २७ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुक यतिबेला राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको चपेटामा परेको भन्दै त्यसबाट निकास दिन अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् । जनकपुरमा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चाको उद्देश्य सरकार गिराउने वा सत्ता परिवर्तनको खेल खेल्नु नभएको स्पष्ट पारे ।

उनका अनुसार मुलुकलाई संकटबाट जोगाउँदै नयाँ राजनीतिक निकास दिने उद्देश्यले मोर्चालाई अगाडि बढाइएको हो । साहले देशको समस्या केवल सरकार र सत्ताको दृष्टिकोणबाट हेरेर समाधान हुन नसक्ने बताए । राजनीतिक संकटसँगै आर्थिक तथा सामाजिक असन्तुलन, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले समेत मुलुकलाई गम्भीर चुनौतीतर्फ धकेलिरहेको उनको भनाइ थियो । कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।’

उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संगठनभित्रको एकता, कार्यकर्ताको मनोबल र आपसी विश्वासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । अग्रगामी मोर्चाको लक्ष्य देशलाई विभाजित होइन, जोड्ने रहेको साहले बताए । उनले विगतका उपलब्धिको संरक्षण गर्दै जनताले प्राप्त गर्न बाँकी अधिकार सुनिश्चित गर्ने, संकटबाट मुलुकलाई सुरक्षित निकाल्ने र नयाँ राजनीतिक बाटो निर्माण गर्ने मोर्चाको प्राथमिकता रहेको उल्लेख गरे । मोर्चामा सहभागी राजनीतिक नेतृत्व तथा शक्तिहरूको विगतको संघर्ष र योगदानको चर्चा गर्दै साहले उनीहरूले विभिन्न कालखण्डमा समाज तथा देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । विगतमा अपनाइएका विकासका विभिन्न मोडलबाट प्राप्त सकारात्मक अनुभवलाई समेत वर्तमान संकट समाधानमा प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।

सरकारको गतिविधिमाथि टिप्पणी गर्दै साहले अग्रगामी मोर्चालाई सरकार ढाल्ने अभियानका रूपमा बुझ्न नहुने दोहोर्‍याए । ‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ उनले भने । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोप लगाउँदै सत्ता केन्द्रित राजनीतिक गतिविधिले जनताले भोगिरहेका वास्तविक समस्या समाधान गर्न नसक्ने दाबी गरे । साहले आगामी दिनमा मोर्चालाई देशव्यापी रूपमा थप सुदृढ बनाउँदै कार्यकर्ता र जनताबीचको सम्बन्ध मजबुत बनाउने अभियान सञ्चालन गरिने बताए । त्यसका लागि विचार, संगठन र संघर्षको तयारीलाई एकसाथ अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

मधेश प्रदेशमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमार्फत संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि र आगामी राजनीतिक संघर्षका लागि आवश्यक तयारीलाई तीव्र बनाइने साहले जानकारी दिए । मुलुकलाई वर्तमान बहुआयामिक संकटबाट बाहिर निकाल्न जनताको सहभागिता, राजनीतिक एकता र संगठित संघर्ष अपरिहार्य रहेको उनको निष्कर्ष थियो ।

Tags: आम जनता पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

भदौ २७, २०८३
वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

भदौ २७, २०८३
प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

भदौ २७, २०८३
करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

भदौ २७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि