Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि सामान्य परीक्षणका लागि समेत बिरामीहरू निजी क्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा जानुपर्ने बाध्यता सिर्जना भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप ठूलो भएपनि महत्वपूर्ण स्वास्थ्य उपकरण सञ्चालनमा नहुँदा सेवाग्राहीले प्रत्यक्ष मार खेप्नुपरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया (बारा), २५ भदौ । बाराको प्रादेशिक अस्पताल कलैयामा एक्सरे सेवा लामो समयदेखि प्रभावित हुँदा उपचारका लागि अस्पताल पुग्ने दैनिक दर्जनौँ सेवाग्राही समस्यामा परेका छन् । अस्पतालको एक्सरे मेसिन बिग्रिएपछि सामान्य परीक्षणका लागि समेत बिरामीहरू निजी क्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा जानुपर्ने बाध्यता सिर्जना भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप ठूलो भएपनि महत्वपूर्ण स्वास्थ्य उपकरण सञ्चालनमा नहुँदा सेवाग्राहीले प्रत्यक्ष मार खेप्नुपरेको हो ।

विशेषगरी चिकित्सकले एक्सरे गर्न सिफारिस गरेका बिरामीहरू अस्पतालमै सेवा नपाएपछि बाहिरबाट परीक्षण गराउन बाध्य भएका छन् । अस्पताल स्रोतका अनुसार एक्सरे मेसिन बिग्रिनुमा अस्पतालभित्रकै संलग्नता हुन सक्ने आशंका गरिएको छ । स्रोतले मेसिन सञ्चालनमा नरहेको अवस्थामा बिरामीलाई निजी क्लिनिकतर्फ पठाउने र त्यसबाट कमिसन आउने गरेको आरोपसमेत लगाएको छ ।

मेसिन बिग्रियो, प्रशासन मौन
एक्सरे मेसिन बिग्रिएपछि त्यसको तत्काल मर्मत तथा सेवा पुनः सञ्चालनका लागि अस्पताल प्रशासनले प्रभावकारी पहल नगरेको भन्दै प्रश्न उठेको छ । एक्सरे मेसिन मात्र नभई एलएफटी लगायतका विभिन्न परीक्षणमा प्रयोग हुने केमिकल तथा उपकरणको व्यवस्थापनमा समेत अस्पताल प्रशासनको उदासीनता देखिएको आरोप छ ।

आवश्यक उपकरण तथा परीक्षण सामग्री उपलब्ध गराउनेभन्दा समस्या लम्ब्याउने प्रवृत्ति देखिएको भन्दै कमिसनको चलखेल हुन सक्ने आशंका गरिएको छ । अस्पतालभित्रका उपकरण बिग्रिँदा त्यसको प्रत्यक्ष असर बिरामीमाथि पर्ने गरेको छ । सरकारी अस्पतालमा सस्तो तथा सहज रूपमा उपलब्ध हुनुपर्ने परीक्षण सेवा बन्द हुँदा आर्थिक रूपमा कमजोर बिरामीसमेत निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिर्न बाध्य हुने अवस्था बनेको छ ।

हजारौँ बिरामी आउने अस्पताल, सेवा भने कमजोर
प्रादेशिक अस्पताल कलैयामा दैनिक दीर्घरोगीसहित ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेको अस्पतालको तथ्यांकले देखाउँछ । तर बिरामीको चापअनुसार सेवा विस्तार र उपकरण व्यवस्थापन हुन नसक्दा अस्पताल प्रभावकारी स्वास्थ्य सेवा केन्द्रभन्दा ‘भर्ना गर्ने केन्द्र’मा सीमित हुँदै गएको गुनासो बढेको छ ।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध हुन नसकेको र सेवाग्राहीलाई आवश्यक औषधिसमेत सहज रूपमा उपलब्ध गराउन नसकिएको बताएका छन् । उनका अनुसार प्रतिस्पर्धात्मक प्रक्रिया र पर्याप्त सूचना नदिई आफूनिकट व्यक्तिहरूलाई नियुक्त गर्ने प्रवृत्तिले अस्पतालको सेवा प्रणाली कमजोर बन्दै गएको छ ।

औषधि खरिदमा पनि कमिसनको आशंका
अस्पतालको सेवा प्रवाहसँगै औषधि खरिद प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाइएको छ । अस्पतालमा टेन्डर प्रक्रियाबिना आफूअनुकूल आपूर्तिकर्ताबाट औषधि खरिद गर्ने र त्यसमा कमिसनको स्वार्थ जोडिने गरेको आरोप लगाइएको छ । अझ कम समयमै म्याद सकिने औषधि खरिद गर्ने गरिएको दाबीसमेत गरिएको छ ।

अस्पतालको अभिलेखमा औषधि खरिद भएको देखाउने तर छोटो समयमै म्याद सकिने औषधि पुनः खरिद गर्नुपर्ने अवस्था सिर्जना गर्दा आर्थिक चलखेल हुने गरेको आरोप छ । यसरी एउटै औषधि पटक–पटक खरिद गर्ने वातावरण बनाएर कमिसन असुल्ने गरिएको आशंका गरिएको हो । यो केवल प्रशासनिक कमजोरीको विषय नभई बिरामीको स्वास्थ्य र सार्वजनिक रकम दुवैमाथिको गम्भीर खेलबाड हो ।

सरकारी अस्पतालमा उपकरण बिग्रिनु सामान्य प्राविधिक समस्या हुन सक्छ । तर उपकरण बिग्रिएपछि मर्मतमा ढिलाइ हुनु, बिरामीलाई निजी संस्थामा जानुपर्ने अवस्था आउनु र त्यहीबीच कमिसनको आरोप उठ्नु भने सामान्य विषय होइन । प्रादेशिक अस्पताल कलैया प्रदेशकै महत्वपूर्ण स्वास्थ्य संस्था हो । हजारौँ नागरिकको उपचारसँग प्रत्यक्ष जोडिएको अस्पतालमा सेवा प्रभावकारी बनाउन उपकरण नियमित सञ्चालन, आवश्यक परीक्षण सामग्रीको उपलब्धता, औषधि खरिदमा पारदर्शिता र कर्मचारी नियुक्तिमा प्रतिस्पर्धात्मक प्रक्रिया अनिवार्य छ ।

Tags: प्रादेशिक अस्पताल कलैया
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भदौ २५, २०८३
वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

भदौ २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि