Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ह्याचरीको दुर्गन्धले आक्रान्त बस्तीः शिवम् लेयर्स फार्म तत्काल बन्द गर्न नेता पाण्डेको माग

शिवम् लेयर्स फार्ममाथि स्थानीयस्तरबाट अहिले मात्र प्रश्न उठेको भने होइन । स्थानीय बासिन्दाको निरन्तर दबाब तथा सञ्चारमाध्यममा प्रकाशित समाचारपछि पटेर्वासुगौली गाउँपालिकाले यसअघि नै उद्योग बन्द गर्न निर्देशन दिइसकेको थियो । गाउँपालिकाको २०७९ चैत ८ गते बसेको कार्यपालिका बैठकले उद्योगलाई १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०८३
ह्याचरीको दुर्गन्धले आक्रान्त बस्तीः शिवम् लेयर्स फार्म तत्काल बन्द गर्न नेता पाण्डेको माग

वीरगंज (पर्सा), २३ भदौ । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा सञ्चालित शिवम् लेयर्स फार्म प्रालिको ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध र अत्यधिक झिँगाका कारण आसपासका बस्तीको जनजीवन प्रभावित भएको भन्दै नेकपा (एमाले) का नेता रुपेश पाण्डेले कडा आपत्ति जनाएका छन् । ह्याचरीबाट उत्पन्न प्रदूषणका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको दाबी गर्दै नेता पाण्डेले उद्योग तत्काल बन्द गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्रबाट निर्वाचनसमेत लडेका पाण्डेले वीरगंज महानगरपालिका–१० का चामल व्यवसायी शिवजी कलवारद्वारा सञ्चालित उक्त फार्मले स्थानीय नागरिकको स्वास्थ्य र वातावरणप्रति गम्भीर लापरवाही गरेको आरोप लगाए । उनका अनुसार उद्योगबाट निस्कने फोहोर र दुर्गन्धका कारण आसपासका बस्तीमा बस्नसमेत कठिन हुने अवस्था सिर्जना भएको छ । ह्याचरीका कारण झिँगाको प्रकोप बढेको र यसले स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष जोखिम निम्त्याएको उनको दाबी छ ।

‘पैसा कमाउने नाममा नागरिकको स्वास्थ्यसँग खेलवाड गर्न पाइँदैन । शिवम् लेयर्स फार्मको ह्याचरीका कारण आसपासका बस्तीका जनताको उठीबास हुने अवस्था आएको छ,’ पाण्डेले भने ।

‘फार्म बन्द नगरे ठूलो क्षति हुन सक्छ’
पाण्डेले समस्या तत्काल समाधान नगरे स्थानीयस्तरमा आक्रोश थप बढ्न सक्ने चेतावनी दिएका छन् । उनले फार्म तत्काल बन्द नगरे आगामी दिनमा स्थानीय बासिन्दाबाट उद्योगमा ठूलो क्षति हुन सक्ने भन्दै त्यस्तो अवस्था सिर्जना भए त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक शिवजी कलवारले लिनुपर्ने बताएका छन् । उनका अनुसार स्थानीय नागरिकको स्वास्थ्य, वातावरणीय प्रभाव र बस्तीको संवेदनशीलतालाई बेवास्ता गरेर उद्योग सञ्चालन गर्न दिनु उचित हुँदैन । सम्बन्धित सरकारी निकायले तत्काल स्थलगत अनुगमन गरी आवश्यक कानुनी कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् ।

गाउँपालिकाले तीन वर्षअघि नै बन्द गर्न दिएको थियो निर्देशन
शिवम् लेयर्स फार्ममाथि स्थानीयस्तरबाट अहिले मात्र प्रश्न उठेको भने होइन । स्थानीय बासिन्दाको निरन्तर दबाब तथा सञ्चारमाध्यममा प्रकाशित समाचारपछि पटेर्वासुगौली गाउँपालिकाले यसअघि नै उद्योग बन्द गर्न निर्देशन दिइसकेको थियो । गाउँपालिकाको २०७९ चैत ८ गते बसेको कार्यपालिका बैठकले उद्योगलाई १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाका अनुसार उद्योगको सञ्चालनबाट प्रभावित भएको भन्दै विभिन्न समयमा एक सयभन्दा बढी स्थानीयले उजुरी दिएका थिए । स्थानीयको उजुरी तथा उद्योग सञ्चालनका क्रममा देखिएका समस्यामाथि अनुगमनसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

‘सर्त पालना गर्न पटक–पटक भन्यौँ, अटेर भयो’
गाउँपालिकाले उद्योग सञ्चालनको अनुमति दिने निकायबाट तोकिएका सर्तहरू पालना गर्न सञ्चालक पक्षलाई पटक–पटक जानकारी गराएको जनाएको छ । तर, निर्देशन तथा जानकारीका बाबजुद सञ्चालकले अटेर गरेको निष्कर्षमा पुगेपछि उद्योग बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाको भनाइ छ ।

नेता पाण्डेका अनुसार गाउँपालिकाको अनुगमन समितिले तयार पारेको प्रतिवेदनमाथि कार्यपालिकामा छलफल भएको थियो । त्यसपछि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार उद्योगलाई १५ दिनभित्र बन्द गर्न पत्राचार गर्ने र सम्बन्धित सरकारी निकायलाई समेत जानकारी गराउने निर्णय गरिएको थियो । तर गाउँपालिकाले वर्षौंअघि नै बन्द गर्न निर्देशन दिएको भनिएको उद्योगमाथि अहिले पुनः प्रश्न उठेपछि त्यो निर्णय कार्यान्वयन किन भएन ? भन्ने विषयसमेत गम्भीर बनेको छ ।

निर्देशनपछि पनि सञ्चालन, नियमनमाथि प्रश्न
स्थानीय तहले बन्द गर्न निर्देशन दिएको तीन वर्षभन्दा बढी समयपछि पनि ह्याचरीका कारण बस्ती प्रभावित भएको गुनासो दोहोरिनुले नियमनकारी निकायको भूमिकामाथि प्रश्न उठाएको छ । उद्योग सञ्चालन गर्न पाउने अधिकार भए पनि त्यसका कारण स्थानीय नागरिकको स्वास्थ्य, वातावरण र बाँच्ने अधिकारमा प्रतिकूल असर पर्न नहुने स्पष्ट मान्यता हो । उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन, दुर्गन्ध नियन्त्रण तथा वातावरणीय मापदण्ड पालना गर्नु सञ्चालकको दायित्व हो ।

त्यसैले अहिलेको विवाद केवल एउटा उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा सीमित छैन । यो उद्योग सञ्चालनका नाममा स्थानीय नागरिकले प्रदूषण र दुर्गन्ध सहनुपर्ने कि कानुनअनुसार वातावरणीय मापदण्ड पालना गराउन राज्यले आफ्नो जिम्मेवारी पूरा गर्ने ? भन्ने प्रश्नसँग जोडिएको छ । स्थानीयको उजुरी, गाउँपालिकाको पुरानो निर्णय र अहिले पुनः उठेको विरोधलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने देखिन्छ ।

स्थानीयको स्वास्थ्य जोखिममा पारेर कुनै पनि उद्योग सञ्चालन गर्न दिन नहुने भन्दै उठेको आवाजलाई बेवास्ता गरिए समस्या झनै जटिल बन्न सक्ने देखिन्छ । अब सरोकारवाला निकायले शिवम् लेयर्स फार्मले वातावरणीय तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेको छ कि छैन, गाउँपालिकाको पुरानो बन्द आदेश किन कार्यान्वयन भएन र स्थानीयले लगाउँदै आएका आरोपबारे निष्पक्ष छानबिन गरी स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ ।

Tags: शिवम् लेयर्स फार्म तत्काल बन्द गर्न चेतावनी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

अशोज ६, २०८३
नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

अशोज ६, २०८३
सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

अशोज ६, २०८३
दसैँमा वीरगंज बजार सुनसान, रक्सौलमा गुल्जार ! सडक फुटपाथमा भीडभाड, सपिङ सेन्टर सुनसान

दुई दशकअघि वीरगंज विश्वविद्यालयका लागि दिएको एक दिनको तलब, अनुसन्धानको घेरामा !

अशोज ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि