Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सप्तकोशीको बाढीले गोबरगाढा डुबानमा, स्थानीयलाई अग्लो स्थानमा सारिँदै

नगर प्रमुख वीरेन्द्र माझीका अनुसार आइतबार १० वटा ‘वाटरप्रुफ टेन्ट हाउस’ पठाइएकामा आठ वटा टेन्ट जडान गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । ‘हामीले प्रयास गर्दा पनि त्यहाँका अधिकांश परिवार पशुपालन गरिरहेका कारण बाहिर निस्किन मानेनन्,’ उनले भने, ‘बाध्य भएर त्यहीँ व्यवस्थापन गर्नुपर्‍यो ।’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०८३
सप्तकोशीको बाढीले गोबरगाढा डुबानमा, स्थानीयलाई अग्लो स्थानमा सारिँदै

जनकपुरधाम (धनुषा), २२ भदौ । सप्तकोशी नदीको बाढीले बस्ती डुबानमा परेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका स्थानीयलाई अग्लो स्थानमा सार्न थालिएको छ । पशुपालन गरेर दैनिकी चलाउँदै आएका स्थानीयले तत्काल बस्ती छाड्न नमानेपछि उनीहरूलाई बस्तीबाट करिब डेढ किलोमिटर पश्चिमतर्फ रहेको अग्लो स्थानमा सार्न थालिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख वीरेन्द्र माझीका अनुसार आइतबार १० वटा ‘वाटरप्रुफ टेन्ट हाउस’ पठाइएकामा आठ वटा टेन्ट जडान गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । ‘हामीले प्रयास गर्दा पनि त्यहाँका अधिकांश परिवार पशुपालन गरिरहेका कारण बाहिर निस्किन मानेनन्,’ उनले भने, ‘बाध्य भएर त्यहीँ व्यवस्थापन गर्नुपर्‍यो ।’ नगरपालिकाले प्रभावित परिवारका लागि २५ वटा वाटरप्रुफ टेन्ट हाउस खरिद गरेको छ । नगर प्रमुख माझीका अनुसार सोमबार १० वटा टेन्टका सामग्री पठाएर करिब २५ देखि ३० परिवारलाई अग्लो स्थानमा सारिएको छ ।

प्रभावित क्षेत्रमा थप त्रिपाल पठाउने तथा खानेपानीका लागि दुई वटा ट्युबवेल जडान गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । गोबरगाढामा गरिएको विवरण संकलनमा ९५ परिवार रहेको पाइएको छ । उनीहरूका लागि चामल, त्रिपाल, तेल, दाललगायतका सामग्री समेटिएको राहत प्याकेज सोमबार नै पठाउने तयारी रहेको नगर प्रमुख माझीले बताए ।

गत वर्ष असोजको दोस्रो साता सप्तकोशी नदीमा पानीको बहाव ५ लाख ३३ हजार ५ सय क्युसेक पुगेपछि मात्रै गोबरगाढा बस्तीमा यस स्तरको बाढी पसेको थियो । तर, यस वर्ष नदीको बहाव बढ्दै जाँदा अहिले नै घर–घरमा बाढी पसेपछि स्थानीय त्रासमा छन् ।

Tags: गोबरगाढा डुबानमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

भदौ २२, २०८३
बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

भदौ २२, २०८३
रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

भदौ २२, २०८३
वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

भदौ २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि