Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी कार्कीले युवामा अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व क्षमताको विकास गर्नु एनसीसीको प्रमुख उद्देश्य रहेको बताए । उनले एनसीसी तालिमले युवालाई जिम्मेवार, अनुशासित र देशप्रति समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । 

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ७, २०८३
हरिखेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

वीरगंज (पर्सा), ७ भदौ । वीरगंजस्थित हरिखेतान बहुमुखी कलेजमा राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनअन्तर्गतको संस्थागत तालिम औपचारिक रूपमा सुरु भएको छ । एनसीसी सिनियर क्याडेट तालिमका लागि छनोट भएका कलेजका ३० जना छात्र–छात्राको सहभागितामा तालिम शुभारम्भ गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख सेनानी लोकेन्द्र कार्कीले प्रथम प्रवचन दिँदै तालिमको औपचारिक सुरुवात गरेका थिए । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान, क्याम्पस प्रमुख किशोरी राय, उपसेनानी विकास मरहट्टा, शिक्षक, नेपाली सेनाका अधिकृत तथा एनसीसी प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी कार्कीले युवामा अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व क्षमताको विकास गर्नु एनसीसीको प्रमुख उद्देश्य रहेको बताए । उनले एनसीसी तालिमले युवालाई जिम्मेवार, अनुशासित र देशप्रति समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनका अनुसार विपद्का समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष र जिम्मेवार जनशक्ति तयार पार्न एनसीसी तालिम उपयोगी हुनेछ । तालिमबाट विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, शारीरिक तथा मानसिक दक्षता र सामाजिक उत्तरदायित्वको भावना विकास हुने अपेक्षा गरिएको छ ।

कुल १०० दिन सञ्चालन हुने तालिममा ८९ दिन संस्थागत (इन–हाउस) तालिम र ११ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिनेछ । तालिम अवधिमा क्याडेटहरूलाई एफसीबीसी (FCBC), नक्सा अध्ययन, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोबिक्सलगायत विभिन्न साहसिक तथा व्यावहारिक गतिविधिसम्बन्धी प्रशिक्षण दिइनेछ । तालिममा सहभागी विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा समेत सहभागी गराइने भएकाले उनीहरूको शारीरिक क्षमता, अनुशासन, नेतृत्व कौशल तथा आपत्कालीन अवस्थामा काम गर्ने क्षमतामा अभिवृद्धि हुने विश्वास गरिएको छ ।

हरि खेतान बहुमुखी कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले एनसीसी कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ । तालिम पूरा गरेपछि क्याडेटहरूमा राष्ट्रसेवा, सामाजिक सेवा तथा विपद् व्यवस्थापनमा योगदान पुर्‍याउने क्षमता थप विकास हुने अपेक्षा गरिएको छ ।

Tags: हरिखेतान बहुमुखी क्याम्पसमा विवाद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

मौसमका कारण नेकपा पर्साको जिल्ला एकता कार्यक्रम असोज १४ गते सर्‍यो

अशोज ६, २०८३
नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

नेका वडा नं. १२ को अधिवेशन सम्पन्न

अशोज ६, २०८३
सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइयो

अशोज ६, २०८३
दसैँमा वीरगंज बजार सुनसान, रक्सौलमा गुल्जार ! सडक फुटपाथमा भीडभाड, सपिङ सेन्टर सुनसान

दुई दशकअघि वीरगंज विश्वविद्यालयका लागि दिएको एक दिनको तलब, अनुसन्धानको घेरामा !

अशोज ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि