Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

ज्ञापनपत्रमा स्थानीय तहले संविधान र प्रचलित कानुनले दिएको अधिकारभित्र रहेर मात्रै कर संकलन गर्न पाउने व्यवस्था रहेको स्मरण गराउँदै इँटा, काठ, कोइला तथा क्लिङ्करजस्ता वस्तुमा स्थानीय कर लगाउनु कानुनी व्यवस्थाविपरीत भएको दाबी गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ६, २०८३
जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

जितपुरसिमरा (बारा), ५ साउन । जीतपुर-सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर उठाइरहेको विषयलाई लिएर उद्योगी–व्यवसायीले आपत्ति जनाएका छन् । उनीहरूले उक्त कर असुली कानुनविपरीत भएको दाबी गर्दै तत्काल कर फिर्ता गर्न र ती वस्तुहरूलाई स्थानीय करको दायराबाट हटाउन माग गरेका छन् ।

यस सम्बन्धमा उद्योगी–व्यवसायीले उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै प्रचलित कानुनविपरीत कर उठाइएको आरोप लगाएका हुन् । हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जडीबुटी, कवाडी तथा जीवजन्तु कर संकलनका लागि दिइएको ठेक्काको दुरुपयोग गर्दै ठेकेदारले कानुनले कर नलाग्ने वस्तुमा समेत शुल्क असुल गरिरहेको उल्लेख गरिएको छ । ज्ञापनपत्रमा स्थानीय तहले संविधान र प्रचलित कानुनले दिएको अधिकारभित्र रहेर मात्रै कर संकलन गर्न पाउने व्यवस्था रहेको स्मरण गराउँदै इँटा, काठ, कोइला तथा क्लिङ्करजस्ता वस्तुमा स्थानीय कर लगाउनु कानुनी व्यवस्थाविपरीत भएको दाबी गरिएको छ ।

उद्योगी–व्यवसायीका अनुसार इँटा उद्योगको मुख्य उत्पादन इँटा, वन क्षेत्रबाट प्राप्त हुने काठ, विदेशबाट आयात हुने कोइला तथा उद्योगको प्रमुख उत्पादन क्लिङ्करमा स्थानीय कवाडी कर लगाउने कुनै कानुनी आधार छैन । यस्ता करले उद्योगको उत्पादन लागत अनावश्यक रूपमा बढ्नुका साथै बजार प्रतिस्पर्धामा असर पुग्ने र समग्र औद्योगिक वातावरण नै प्रभावित हुने उनीहरूको भनाइ छ ।

उनीहरूले नियमविपरीत असुल गरिएको कर सम्बन्धित उद्योगी–व्यवसायीलाई तत्काल फिर्ता गर्न, ती वस्तुहरूलाई स्थानीय करको सूचीबाट हटाउन तथा भविष्यमा यस्ता गैरकानुनी कर असुली दोहोरिन नदिन आवश्यक कदम चाल्न उपमहानगरपालिकासँग माग गरेका छन् । उक्त ज्ञापनपत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय बारामा समेत पठाइएको जनाइएको छ ।

Tags: जितपुरसिमरा उपमहानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

साउन ६, २०८३
कर्मचारी कुटपिट प्रकरणः कालिकामाई गा.पा.-३ का वडाध्यक्ष संजय पटेल १० हजार धरौटीमा रिहा

कर्मचारी कुटपिट प्रकरणः कालिकामाई गा.पा.-३ का वडाध्यक्ष संजय पटेल १० हजार धरौटीमा रिहा

साउन ५, २०८३
तीन दशकदेखि प्रदूषणको शिकार ‘सिर्सिया नदी’: कहिले होला प्रदूषणमुक्त ? रोकिएन उद्योगको अटेरी

सिर्सिया नदी प्रदूषणमा कडाइः वातावरणीय मापदण्ड उल्लंघन गर्ने १२ उद्योगलाई १०-१० लाख जरिवाना

साउन ५, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

कार्यालयमै सेवाग्राही कुटपिट प्रकरणः जाहेरी दिन दबाब, दर्तामा अस्वीकार, प्रहरीको दोहोरो भूमिका !

साउन ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि