Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

पीडित पक्षका अनुसार पर्साको जगन्नाथपुर गाउँपालिकाका ममताज अन्सारीलाई चार दिनअघि सामान्य ज्वरो आएपछि उपचारका लागि उक्त अस्पताल लगिएको थियो । उनीहरूको भनाइमा बिरामीको स्वास्थ्य अवस्था गम्भीर नभएपनि अस्पतालले आईसीयूमा भर्ना गरी विभिन्न परीक्षण, औषधि तथा उपचार प्रक्रियाको नाममा ठूलो रकमको बिल तयार गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

वीरगंज (पर्सा), ३० असार । वीरगंजस्थित जिल्ला विकास समिति नजिक रहेको नीलकण्ठ होस्पिटल एन्ड रिसर्च सेन्टर उपचारका क्रममा बिरामीबाट अत्यधिक शुल्क असुलेको आरोपमा विवादमा तानिएको छ । उपचार गराएका एक बिरामीका परिवारले पत्रकार सम्मेलन गर्दै सामान्य ज्वरोका बिरामीलाई अनावश्यक रूपमा आईसीयूमा राखी करिब एक लाख रुपैयाँ बराबरको उपचार खर्च उठाइएको दाबी गरेका छन् ।

पीडित पक्षका अनुसार पर्साको जगन्नाथपुर गाउँपालिकाका ममताज अन्सारीलाई चार दिनअघि सामान्य ज्वरो आएपछि उपचारका लागि उक्त अस्पताल लगिएको थियो । उनीहरूको भनाइमा बिरामीको स्वास्थ्य अवस्था गम्भीर नभएपनि अस्पतालले आईसीयूमा भर्ना गरी विभिन्न परीक्षण, औषधि तथा उपचार प्रक्रियाको नाममा ठूलो रकमको बिल तयार गरेको हो ।

बिरामीका आफन्तले आवश्यकता भन्दा बढी स्वास्थ्य परीक्षण र उपचार गरिएको आरोप लगाउँदै त्यसबाट आफूहरूलाई अनावश्यक आर्थिक भार बेहोर्न बाध्य बनाइएको बताएका छन् । उनीहरूले बिरामीको वास्तविक स्वास्थ्य अवस्थाभन्दा आर्थिक लाभलाई प्राथमिकता दिइएको आरोपसमेत लगाएका छन् ।

पत्रकार सम्मेलनमार्फत पीडित परिवारले सम्बन्धित सरकारी निकायसँग घटनाको निष्पक्ष छानबिन गर्न, अस्पतालको उपचार प्रक्रिया तथा बिलिङ प्रणालीको अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र आरोप पुष्टि भए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

यता, यस विषयमा अस्पतालको धारणा बुझ्न नीलकण्ठ होस्पिटल एन्ड रिसर्च सेन्टरसँग सम्पर्क गर्ने प्रयास गरिएपनि अस्पताल प्रशासनबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन । यस घटनापछि स्थानीयवासी तथा सरोकारवालाहरूले निजी स्वास्थ्य संस्थाको सेवा, उपचारको पारदर्शिता, बिरामीको अधिकार र शुल्क निर्धारण प्रक्रियामाथि सम्बन्धित निकायले गम्भीर छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Tags: नीलकण्ठ होस्पिटल एन्ड रिसर्च सेन्टर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि