Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ‘मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बस’ले सोही दिशामा अघि बढिरहेको ‘म.प्र.०१–००५ प ३४०६ नम्बरको मोटरसाइकल’ लाई ठक्कर दिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

गोलबजार (सिरहा), २५ असार । सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना बुधबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा चोक नजिक भएको हो ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ‘मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बस’ले सोही दिशामा अघि बढिरहेको ‘म.प्र.०१–००५ प ३४०६ नम्बरको मोटरसाइकल’ लाई ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राजमार्गमा गुडिरहेको बस चोहर्वा चोक नजिक पुगेपछि एक्कासि उत्तरतर्फ रहेको गोविन्दपुर सडकखण्डमा मोडिएको थियो । बसले अप्रत्याशित रूपमा दिशा परिवर्तन गरेपछि पछाडिबाट आइरहेको मोटरसाइकल नियन्त्रण गुमाएर बसको बीच भागमा ठोक्किन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको उमेर करिब २५ वर्ष रहेको अनुमान गरिएपनि उनको साथबाट कुनै परिचय खुल्ने कागजात फेला नपरेकाले हालसम्म पहिचान हुन सकेको छैन । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मिर्चैया नगरपालिका–५ निवासी २४ वर्षीय शङख रिहान र १९ वर्षीय यनतियाज राइन गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय भूमिजा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय गोलबजारले दुर्घटनामा संलग्न स्कुल बस र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण तीव्र गति, बसको अचानक मोडाइ वा अन्य प्राविधिक पक्षमध्ये कुन हो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले दुर्घटनाका सम्बन्धमा प्रत्यक्षदर्शीको बयान संकलन गर्नुका साथै घटनास्थलको प्राविधिक परीक्षणसमेत गरिरहेको जनाएको छ ।

प्रारम्भिक रूपमा बस चालकको लापरबाही दुर्घटनाको प्रमुख कारण हुन सक्ने आशंका गरिएपनि अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।

Tags: स्कुलबस दुर्घटनाः एकको मृत्यु
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरियाका तत्कालीन अधिकृत पाण्डेसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि