Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब स्थापना, विद्यार्थी नेतृत्व विकासमा जोड

नवगठित कार्यसमितिको चार्टर अध्यक्षमा अनुकम्पा गुप्ता, सचिवमा श्रुति गुप्ता तथा कोषाध्यक्षमा कृष्ण कर्ण चयन भएका छन् । उनीहरूले विद्यार्थी सहभागितामा आधारित सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै विद्यालय र समुदायबीच सहकार्यको वातावरण सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १६, २०८३
मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब स्थापना, विद्यार्थी नेतृत्व विकासमा जोड

वीरगंज (पर्सा), १६ असार । रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा स्थापना गरिएको इन्टरएक्ट क्लब अफ मिनिल्याण्ड स्कुलको औपचारिक चार्टर (स्थापना) समारोह वीरगंजस्थित त्रिशला होटलमा सम्पन्न भएको छ । विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, स्वयंसेवा र व्यक्तित्व विकासको संस्कार प्रवद्र्धन गर्ने लक्ष्यसहित आफ्नो औपचारिक यात्रा सुरु गरेको हो ।

समारोहका अवसरमा क्लबको पहिलो कार्यसमिति पनि घोषणा गरिएको छ । नवगठित कार्यसमितिको चार्टर अध्यक्षमा अनुकम्पा गुप्ता, सचिवमा श्रुति गुप्ता तथा कोषाध्यक्षमा कृष्ण कर्ण चयन भएका छन् । उनीहरूले विद्यार्थी सहभागितामा आधारित सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै विद्यालय र समुदायबीच सहकार्यको वातावरण सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रो. सञ्जय जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालबाबु पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा प्याब्सन वीरगंजका कोषाध्यक्ष सुरज पटेल, रो. सौरभ बर्नवाल, रो. अनिल जैसवाल, मानवसेवा आश्रम वीरगंजका देवेश गुप्ता, एलाइड युथ सोसाइटीकी चार्टर अध्यक्ष ओम झा, नेपालिज यंग इन्टरप्रेनर्स फोरम (एनवाइईएफ) वीरगंज च्याप्टरका अध्यक्ष चन्दन सिंह, अमित शर्मा लगायत विभिन्न सामाजिक, शैक्षिक तथा सेवामूलक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि लालबाबु पटेलले विद्यालय तहबाटै नेतृत्व विकास र सामाजिक सेवाको संस्कार निर्माण गर्न इन्टरएक्ट क्लब प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे । अध्ययनसँगै समाजप्रति जिम्मेवार नागरिक बन्न विद्यार्थीहरूलाई प्रेरित गर्दै उनले सेवा, अनुशासन र सकारात्मक सोचलाई जीवनको अभिन्न हिस्सा बनाउन आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष रो. सञ्जय जोशीले रोटरीको मूलमन्त्र ‘सर्भिस एबोभ सेल्फ’ लाई व्यवहारमा उतार्ने माध्यमका रूपमा इन्टरएक्ट क्लबलाई व्याख्या गर्दै यसले विद्यार्थीहरूमा नेतृत्व, सहकार्य, मित्रता र स्वयंसेवाको भावना विकास गर्ने बताए । समाज रूपान्तरणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यार्थीहरूले सानैदेखि सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयस्तरमा इन्टरएक्ट क्लबको स्थापना विद्यार्थीहरूको व्यक्तित्व विकास, सामाजिक चेतना, सामूहिक रूपमा काम गर्ने क्षमता तथा समुदायप्रतिको उत्तरदायित्व अभिवृद्धि गर्ने प्रभावकारी पहल भएको धारणा राखे । नवगठित क्लबले शिक्षा, वातावरण संरक्षण, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा पनि व्यक्त गरिएको थियो ।

समारोहमा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, रोटरी तथा लायन्स क्लबका सदस्य, प्याब्सनका पदाधिकारी र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उपस्थित वक्ताहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई सेवाभावी, उत्तरदायी र सक्षम नेतृत्वका रूपमा अघि बढ्न प्रेरित गरेका थिए ।

Tags: मिनिल्याण्ड स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि