Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

सिँचाइ नहरमा पनि अहिलेसम्म पानी नछोडिएकाले १० प्रतिशत भन्दा बढी क्षेत्रमा रोपाइँ हुन सकेको छैन । यस वर्ष मनसुन राम्रो हुने अनुमान गरिएपनि जिल्लामा धान खेतीका लागि आवश्यक मात्रामा वर्षा हुन सकेनन । गत वर्ष जिल्लामा करिब ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०८३
धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

गौर (रौतहट), १५ असार । देशभर २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहका साथ मनाइरहँदा रौतहटका अधिकांश खेत भने बाँझै रहेका छन् । असारको आधा महिना बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा जिल्लामा करिब १० प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएका हुन् । समयमै पानी नपर्दा किसानहरुमा निराशा र चिन्ता बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा करिब ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा खेती हुने अनुमान गरिएपनि पर्याप्त वर्षा नहुँदा रोपाइँले अपेक्षित गति लिन सकेको छैनन । “रौतहटका अधिकांश किसान अकाशे पानीको भरमा खेती गर्छन् ।

सिँचाइ नहरमा पनि अहिलेसम्म पानी नछोडिएकाले १० प्रतिशत भन्दा बढी क्षेत्रमा रोपाइँ हुन सकेको छैन,“ मण्डलले बताए । उनका अनुसार यस वर्ष मनसुन राम्रो हुने अनुमान गरिए पनि जिल्लामा धान खेतीका लागि आवश्यक मात्रामा वर्षा हुन सकेनन ।
विगत चार दिनयता जिल्लाका विभिन्न स्थानमा हल्का खण्ड वृष्टि भए पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामले खेतबारी सुकाएको थियो । अहिलेको वर्षाले केही चिस्यान बढाए पनि व्यापक रूपमा रोपाइँ गर्न पर्याप्त नभएको गढीमाई नगरपालिका–४ का किसान नरेन्द्र ठाकुर बताउँछन् ।

त्यस्तै दुर्गा भगवती–२ का किसान उमेश झाले वर्षाको अभावमा खेती नै संकटमा परेको गुनासो गरे । पम्पसेटबाट कति सिंचाई गर्ने भने उनलाई चिन्ता सताएको छ । “हामी वर्षाको भरमा खेती गर्छौं । लामो समयसम्म पानी नपर्दा खेत सुक्यो । पम्पसेटबाट सिँचाइ गर्दा खर्च धेरै लाग्छ, सबै किसानका लागि सम्भव हुँदैन । अहिले केही पानी परेको छ, तर निरन्तर वर्षा भए मात्रै रोपाइँले गति लिन्छ । ढिलो रोपाइँ हुँदा उत्पादन घट्ने चिन्ता छ ।” किसानहरूका अनुसार निजी पम्पसेटबाट सिँचाइ गर्दा डिजेल, मजदुरी र अन्य खर्च अत्यधिक हुने भएकाले अधिकांश किसान अकाशे वर्षामै निर्भर छन् । तर सिँचाइ नहरमा हालसम्म पानी नछोडिएकाले समस्या थप जटिल बनेको उनीहरूको गुनासो छ ।

गढीमाई नगरपालिका–४ का किसान अनुठा राउतका अनुसार असार भित्रै धान रोपाइँ सम्पन्न हुनुपर्ने भए पनि वर्षा ढिलो हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको छ । समयमै रोपाइँ हुन नसके बिरुवाको वृद्धि कमजोर हुने र अन्ततः उत्पादन घट्ने उनले भने । रौतहटमा धान प्रमुख अन्न बाली भएकाले जिल्लाको ठूलो जनसंख्या प्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर रहेको छ । रोपाइँमा भइरहेको ढिलाइले किसानको आम्दानी मात्र होइन, जिल्लाको समग्र कृषि उत्पादन र खाद्य सुरक्षामा समेत असर पार्ने देखिएको छ । कृषि ज्ञान केन्द्रले मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिन भित्र रोपाइँले गति लिने अपेक्षा गरेको छ । यता किसानहरूले पर्याप्त वर्षाका साथै सिँचाइ नहरमा तत्काल पानी छोड्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Tags: राष्ट्रिय धान दिवसः रौतहटका अधिकाँश खेत बाँझै
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि