Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्रिय धान दिवसमै पर्सा-बाराका किसान निराश, बेर्ना तयार नहुँदा रोपाइँ ठप्प

विगतका वर्षहरूमा वर्षाको अभावले धान रोपाइँ प्रभावित हुने गरेको यस क्षेत्रमा यसपटक भने समयमै सिँचाइको पानी उपलब्ध भएपनि किसानले समयमा धानको बेर्ना तयार नगर्दा रोपाइँले गति लिन सकेको छैन । प्रत्येक वर्ष पानीको प्रतीक्षामा ढिलो बीउ राख्ने परिपाटीका कारण यस वर्ष पर्याप्त पानी हुँदाहुँदै पनि अधिकांश किसान धान रोप्नबाट वञ्चित भएका हुन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०८३
राष्ट्रिय धान दिवसमै पर्सा-बाराका किसान निराश, बेर्ना तयार नहुँदा रोपाइँ ठप्प
वीरगंज (पर्सा), १५ असार । देशभर आज असार १५ लाई ‘राष्ट्रिय धान दिवस’, ‘दही–च्यूरा खाने दिन’ तथा ‘माना रोपेर मुरी फलाउने दिन’ का रूपमा मनाइँदैछ । तर कृषिप्रधान जिल्ला पर्सा, बारा र रौतहटका अधिकांश किसानका लागि भने यस वर्ष पनि धान दिवस उत्साहभन्दा बढी चिन्ताको विषय बनेको छ । अन्य जिल्लामा धान रोपाइँसँगै दिवस मनाइँदा पर्सा–बाराका अधिकांश खेत अझै खाली छन् । विगतका वर्षहरूमा वर्षाको अभावले धान रोपाइँ प्रभावित हुने गरेको यस क्षेत्रमा यसपटक भने समयमै सिँचाइको पानी उपलब्ध भएपनि किसानले समयमा धानको बेर्ना तयार नगर्दा रोपाइँले गति लिन सकेको छैन । प्रत्येक वर्ष पानीको प्रतीक्षामा ढिलो बीउ राख्ने परिपाटीका कारण यस वर्ष पर्याप्त पानी हुँदाहुँदै पनि अधिकांश किसान धान रोप्नबाट वञ्चित भएका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म मधेश प्रदेशमा कुल धान खेती हुने क्षेत्रफलमध्ये केवल ४.३६ प्रतिशत अर्थात् १६ हजार ९११ हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा कुल ५ लाख ४९ हजार ३५६.३८ हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ । जिल्लागत विवरणअनुसार महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ ४० हजार हेक्टरमध्ये ३ हजार २६६ हेक्टरमा धान रोपिएको छ । धनुषा र बारामा समान ७ प्रतिशत प्रगति भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये ३ हजार ५९ हेक्टर तथा बारामा ४५ हजार १ सय हेक्टरमध्ये ३ हजार २ सय ५० हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
त्यसैगरी सिराहा र सप्तरीमा समान ५ प्रतिशत रोपाइँ भएको छ । सिराहामा ५४ हजार हेक्टरमध्ये २ हजार ७ सय हेक्टर तथा सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३ हजार ४ सय हेक्टरमा धान रोपिएको छ । सर्लाहीमा ४२ हजार ६ सय १५ हेक्टरमध्ये केवल १ हजार ३६ हेक्टर अर्थात् २.५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । यता पर्सा र रौतहटमा भने अहिलेसम्म धान रोपाइँ सुरु नै हुन नसकेको मन्त्रालयका सूचना अधिकारी यज्ञ ज्ञवालीले जानकारी दिए । उनका अनुसार कतिपय स्थानमा चैते धान अझै नकाटिएकाले पनि रोपाइँ सुरु हुन सकेको छैन । मन्त्रालयका अनुसार पर्सामा ५२ हजार ३३८ हेक्टर तथा रौतहटमा ३५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ ।
सूचना अधिकारी ज्ञवालीले यस वर्ष मनसुन सक्रिय भइसकेकाले अबको वर्षासँगै रोपाइँले गति लिने विश्वास व्यक्त गरे । उनका अनुसार हालसम्मको रोपाइँको अवस्था जलवायु परिवर्तन र कृषि चक्रका आधारमा अस्वाभाविक भने होइन । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका तत्कालीन सूचना अधिकारी तथा सेवानिवृत्त इन्जिनियर सुरेश प्रसाद साहका अनुसार यस वर्ष भारतीय पक्षले सम्झौताअनुसार समयमै सिँचाइको पानी उपलब्ध गराएकाले पानीको अभावका कारण रोपाइँ रोकिएको अवस्था छैन । विगतमा पानीको अभाव झेल्ने पर्सा, बारा र रौतहटका किसानले यस पटक भने समयमै बेर्ना तयार नगरेकाले रोपाइँ ढिलो भएको उनले बताए ।
उनका अनुसार भारतको त्रिवेणी–भैसालोटन ब्यारेजबाट भारतीय नहर हुँदै दोन शाखा नहरमार्फत पर्साको जानकीटोला, इनर्वा हुँदै पर्सा, बारा र रौतहटका करिब ३७ हजार ४ सय हेक्टर खेतमा सिँचाइ सुविधा पुग्ने गरेको छ । यस वर्ष असार १० गतेदेखि सम्झौताअनुसार ८५७ क्युसेक पानी नहरमा छाडिएको छ । साहका अनुसार ब्लक नम्बर १ र २ अन्तर्गत बेर्ना तयार भएका किसानहरूले धमाधम धान रोपिरहेका छन् । तर अधिकांश किसानले ढिलो बीउ राखेकाले बेर्ना तयार हुन बाँकी छ । उनले बारा र रौतहटका अधिकांश किसानले असार २५ गतेपछि व्यापक रूपमा धान रोपाइँ सुरु गर्ने बताए ।
उनले यस वर्ष भारतीय पक्षबाट सम्झौताअनुसार नियमित पानी उपलब्ध भइरहेकाले धानबालीका लागि पर्याप्त सिँचाइ हुने र उत्पादनसमेत राम्रो हुने अपेक्षा व्यक्त गरे । पुरानै रुटिङअनुसार आइतबार, सोमबार र मंगलबार पर्साका किसान तथा बुधबारदेखि शनिबारसम्म बारा र रौतहटका किसानले सिँचाइको पानी पाउँदै आएका छन् । यसरी, यस वर्ष पानीको अभाव नभएपनि किसानले विगतको अनुभवका आधारमा ढिलो बेर्ना तयार गरेकाले मधेशका विशेषगरी पर्सा, बारा र रौतहटका अधिकांश किसान राष्ट्रिय धान दिवसका दिनसमेत धान रोप्न नपाई खेत खाली राख्न बाध्य भएका छन् । अबको केही दिनभित्र बेर्ना तयार हुने भएकाले महिनाको अन्त्यतिर रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको छ ।
Tags: सिँचाइको पानी उपलब्ध हुँदाहुँदै धान रोपाईले गति लिन सकेन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि